Sunday, June 14

समाचार

नयाँ बानेश्वरबाट ३० लाख नगदसहित क्रिप्टो र हुण्डी कारोबारी पक्राउ
प्रशासन, समाचार

नयाँ बानेश्वरबाट ३० लाख नगदसहित क्रिप्टो र हुण्डी कारोबारी पक्राउ

नेपालअखबार, काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रलाई केन्द्र बनाएर अवैध रूपमा क्रिप्टो करेन्सी र हुण्डीको कारोबार गरिरहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाको आधारमा आइतबार साँझ चार जनालाई ३० लाख रुपैयाँ नगद र कारोबारमा प्रयोग हुने विद्युतीय उपकरणसहित नियन्त्रणमा लिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत अभौतिक मुद्रा र अवैध वित्तीय कारोबार गरेको आरोपमा उनीहरूमाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरूमा चितवन घर भई हाल झम्सिखेल बस्ने ३२ वर्षीय सवन अधिकारी, तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी, ठमेल बस्ने ३२ वर्षीय रबिन जि.आर र इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन् । उनीहरूले क्रिप्टो करेन्सीको खरिदबिक्री र हुण्डीमार्फत ठुलो रकम ओसारपसार गर्ने गरेको प्रहरीको प्रारम्भ...
नागरिक क्षेत्रमा आक्रमण भए थप विनाशकारी प्रतिकार गर्ने इरानको चेतावनी
राजनीति, विश्व, समाचार

नागरिक क्षेत्रमा आक्रमण भए थप विनाशकारी प्रतिकार गर्ने इरानको चेतावनी

नेपालअखबार, तेहरान । अमेरिका र इजरायलले नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण दोहोर्‍याए अझ धेरै विनाशकारी प्रतिकार गर्ने चेतावनी इरानले दिएको छ । सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकाष्टिङमा प्रकाशित वक्तव्यमा इरानको उच्च सैन्य कमान्ड खतम अल–अबिया केन्द्रीय मुख्यालयका प्रवक्ताले भनेका छन्, ‘यदि नागरिक लक्ष्यहरूमा आक्रमण दोहोरिन्छ भने, हाम्रो आगामी आक्रामक तथा प्रतिकारात्मक कारबाही झन् व्यापक र विनाशकारी हुनेछ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारसम्म इरानले स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन नगरे विद्युत् केन्द्र र पुलहरूमा आक्रमण गर्न सकिने धम्की दिएको समयमा यो प्रतिक्रिया आएको हो ।...
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
समाचार, समाज

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

नेपालअखबार,काठमाडौँ । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ । हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिइन् । “हुलाक वस्तु द्रुतमार्गबाट जाँदा बढी सुरक्षित र भरपर्दो हुन्छ । यसका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । पछिल्लो समय मन्त्रालयबाट पनि चासो र निर्देशन आएपछि यो कार्यान्वयन प्रक्रिया अघि बढेको हो,” उनले भनिन् । महानिर्देशक पङ्गेनीका अनुसार अब हुलाक कुरियरका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेडिकेटेड’ जाँचपास प्रणाली बनाइनेछ । त्यस्तै, सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने...
टुँडिखेलमा घाँसे मैदान निर्माणको काम सुरु
प्रशासन, समाचार, समाज

टुँडिखेलमा घाँसे मैदान निर्माणको काम सुरु

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण कार्य अगाडी बढाएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गरी  चैत ८ गतेदेखि निर्माण कार्य सुरु गरेको हो । महानगरपालिकाको आर्थिक वर्ष २०८२(८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो । महानगरले भ्याट सहित २ करोड ४२ लाख ५१ हजार १३१ रुपैयाँमा न्यू बेन्जामिन सुस्मन (आर.के.जेभी)  सँग  एक वर्ष भित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको हो । हाल  टुँडिखेलमा धरहरा निर्माणको समयमा राखिएको माटो हटाउने, चार कुनामा बोरिङ खन्ने काम भइरहेको छ । निर्माण कार्य सुरु भएपछि सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ । तस्बिर : नेपाल फोटो...
तोलामा २ हजार ६ सय रुपैयाँ घट्यो सुन
कर्पोरेट, समाचार

तोलामा २ हजार ६ सय रुपैयाँ घट्यो सुन

नेपालअखबार, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ७ हजार ९ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।...
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
कृषि, समाचार, समाज

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

नेपालअखबार, मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने आक्रमणमा परी सात भेडाच्याङ्ग्रा घाइते भएको छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार लोमान्थाङ –४ न्याम्डोका स्थानीय पशुपालक किसान घ्याचो गुरुङको लोमान्थाङ–४ चुमजुङमा रहेको च्याङ्ग्रा खोरमा गत शनिबार राति हिमचितुवाले पशुचौपयामाथि आक्रमण गरेको थियो । एक्याप प्रमुख उमेश पौडेलका अनुसार चितुवाको आक्रमणबाट १० च्याङ्ग्रा र ११ भेडा मरेका हुन् । खोरमा तीन सय १५ वटा भेडाच्याङ्ग्रा रहेका थिए । हिमचितुवाको आक्रमणबाट भेडाच्याङ्ग्रा मरेका सूचनापछि एक्याप लोमान्थाङका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र लोमान्थाङ गाउँपालिकाका पशु प्राविधिकलगायतको टोली आइतबार बिहान घटनास्थलमा पुगेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार...
वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो
अर्थ, समाचार

वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

नेपालअखबार,पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको सोही अवधिमा भने रु ४३ करोड एक लाख मूल्य पर्ने एक सय ६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले रु ३५ करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सात महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । चालु आवको सात महिनामा रु ८० करोड ५७ लाखका मूल्यका हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु ४४ करोड तीन लाख मूल्यका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो । च...
ट्रम्पले दिए इरानलाई ४८ घन्टाको अल्टिमेटम
विश्व, समाचार

ट्रम्पले दिए इरानलाई ४८ घन्टाको अल्टिमेटम

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि ४८ घन्टाको अल्टिमेटम दिएका छन्। शुक्रबार इरानले आफ्नो भूमिमा अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकू विमान खसालेपछि ट्रम्पले ४८ घन्टाको अल्टिमेटम दिएर स्ट्रेट अफ हर्मुज खुला गर्न भनेका हुन्। उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक बेपत्ता छन्। खोजीका लागि गएको अमेरिकी सेनाको हेलिकप्टरमा पनि इरानी हमला भएको थियो। घटनापछि शनिबार आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले इरानलाई ४८ घन्टाभित्र हर्मुज नखोले उनीहरूमाथि 'नर्क बर्सिने' चेतावनी दिएका छन्। 'मैले उनीहरूलाई सम्झौताका लागि १० दिनको समय दिएको थिएँ। त्यो समय घर्कँदै छ। ४८ घन्टाभित्र सम्झौताका लागि तयार भएनन् भने उनीहरूमाथि भयानक हमला हुनेछ,' ट्रम्पले भनेका छन्। इरान युद्ध सुरू भएको फेब्रुअरी २८ यता ट्रम्पले पटकपटक सम्...
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने
प्रशासन, राजनीति, समाचार

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको स्रोतले बतायो । अब मुद्दाका सबै पक्ष मिलिसकेकाले भोलि दुवै जनाका रिट पेसीमा चढ्ने स्रोतको भनाइ छ । जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो । उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश भएको थियो । सोही आदेशअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकेकाले अब सुनुवाइका लागि भोलि बहस हुने स्रोतल...
कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी
राजनीति, समाचार

कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी

नेपालअखबार, काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२ औं नम्बरमा । यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो । त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए । आज दुवै तर्फका कांग्रेस नेताहरु अदालतमा भेट्ने भएका छन् । उपसभापति विश्व प्रकाश शर्मा बहसका लागि सर्वोच्च अदालत जाने भएका छन् ।विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि र निर्वाचन आयोगले मान्यता दिएपछि त्यसको विपक्षमा रहेका खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।...