Friday, July 10

समाचार

हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन
राजनीति, विचार, समाचार

हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन

नेपालअखबार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने चुनावका लागि हरेक बुथमा कम्तिमा ३० जना सदस्य रहने गरी भोलेन्टियर फोर्स गठन गर्न निर्देशन दिएका छन्। सोमबार दमकमा पार्टीनिकट भोलेन्टियर फोर्सको कोशी कमाण्ड घोषणा गर्दै अध्यक्ष ओलीले चुनावमा प्रत्येक बुथमा कम्तिमा ३० जना भोलेन्टियर फोर्स गठन गर्न पार्टीका सबै कमिटीहरूलाई निर्देशन दिएका हुन्। 'अहिले चुनावको बेला अब दसौं दिनमा छ। यतिबेला म देशभरिको हाम्रो पार्टीलाई भन्न चाहन्छु। गाउँ गाउँमा टोल टोलमा सुरक्षा समिति बनाउनुस्। चुनावका लागि पार्टी कमिटीलाई निर्देशन- हरेक बुथमा कमसेकम ३० जना भोलेन्टियर एउटा बुथमा निर्माण गर्नुस्,' उनले भने। अध्यक्ष ओलीले भोलेन्टियर फोर्सले शान्ति सुरक्षामा खासगरी प्रहरीलाई सहयोग गर्ने बताए। 'प्रहरीमाथि हमला हुन दिँदैन, प्रहरीलाई सहयोग गर्छ, प्रहरीमाथि हमला हुन दिँदैन, कार्...
सुनसरी–४ को उज्ज्वल भविष्यका लागि रुखमा मतदान गर्न बराहक्षेत्र नगरसभापति रमेश कार्कीको अपिल
राजनीति, समाचार

सुनसरी–४ को उज्ज्वल भविष्यका लागि रुखमा मतदान गर्न बराहक्षेत्र नगरसभापति रमेश कार्कीको अपिल

मुस्ताक आलम, सुनसरी । संविधानको रक्षा, लोकतन्त्रको अनुभूति र समृद्ध सुनसरी–४ को निर्माणका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुख चिन्हमा मतदान गर्न ज्ञानेन्द्र बहादुर कार्की लाई विजयी गराउन बराहक्षेत्र नगरसभापति रमेश कार्की ले सम्पूर्ण क्षेत्रवासीसमक्ष भावुक अपिल गर्नुभएको छ। नगरसभापति कार्कीले लोकतन्त्रको संरक्षण र संविधानको कार्यान्वयनका लागि अनुभवी, जिम्मेवार र विकासप्रेमी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सुनसरी क्षेत्र नं. ४ को समग्र विकासका लागि ज्ञानेन्द्र बहादुर कार्की उपयुक्त उम्मेदवार भएको बताउनुभयो। उहाँले विगतमा भएका विकास निर्माणका काम, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र सडक सञ्जालमा देखिएको प्रगति जनताले अनुभूति गरिसकेको दाबी गर्नुभयो। “संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण हाम्रो साझा जिम्मेवारी हो,” नगरसभापति कार्कीले भन्नुभ...
ट्रम्पको निवासमा हतियारसहित छिर्न खोजेका एक युवक मारिए
राजनीति, विश्व, समाचार

ट्रम्पको निवासमा हतियारसहित छिर्न खोजेका एक युवक मारिए

नेपालअखबार, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास मार-ए-लागो रिसोर्टमा हतियारसहित छिर्न खोजेका एक युवक मारिएका छन्। आइतबार बिहान करिब साढे १ बजे पेट्रोल भरिएको क्यान र शटगनसहित एक युवक ट्रम्पको निजी निवासमा प्रवेश गर्न खोजेका थिए। अमेरिकी सिक्रेट सर्भिसका अनुसार ती व्यक्ति अवैध रूपमा छिर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाएका हुन्। सुरक्षाकर्मीको गोली लागेर ती युवकको मृत्यु भएको छ। घटना भएको बेला राष्ट्रपति ट्रम्प वासिङ्टनमा थिए भने मार-ए-लागोमा उनका परिवारका अन्य सदस्यहरू रहेको भनिएको छ। ती युवक   क्यारोलिनाको क्यामरन निवासी अस्टिन टी मार्टिन रहेको पनि सिक्रेट सर्भिसलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। ती युवकका परिवारले आइतबार बिहानै उनी हराएको सूचना स्थानीय प्रहरीलाई दिएको थियो। उक्त विवरण संघीय निकायलाई हस्तान...
हुम्लामा एक किशोरी मृत फेला
समाचार, समाज

हुम्लामा एक किशोरी मृत फेला

नेपालअखबार, हुम्ला । सिमकोट गाउँपालिका-७ डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले जानकारी दिए ।...
डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ
अपराध, समाचार, समाज

डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

नेपालअखबार, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी ती आरोपीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनकारी दिए। गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो। घटनाका क्रममा गोली चल्दा दुई जना गम्भीर घाइ...
रौतहटमा सद्‌भाव र्‍याली निकाल्ने सर्वदलीय बैठकको निर्णय
प्रशासन, समाचार, समाज

रौतहटमा सद्‌भाव र्‍याली निकाल्ने सर्वदलीय बैठकको निर्णय

नेपालअखबार,रौतहट । रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्‍याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो । भुसालका अनुसार सद्भाव र्‍याली सोमबार बिहान साढे ७ बजे निस्किने छ । धार्मिक-सामाजिक-सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने गरी नागरिक समाजका अगुवाहरूको सहभागितामा सद्भाव र्‍याली निकाल्ने सहमति भएको प्रशासनले जनाएको छ । यस्ता छन् बैठकका ५ निर्णय १. गौर नगरपालिका वडा नं. ६ को सबगढा गाउँमा मिति २०८२ फागुन ७ गते राति ९:४५ बजे सुरु भएको विवाद सामान्य रूपले नै समाधान भइसके पनि पुनः मिति २०८२ फागुन ८ गतेदेखि उग्र रूप लिएको हुँदा स्थानीयवासी प्रतिनिधि तथा अगुवा बसेर छबुँदे सहमति भएको बेहोरा अवगत भयो। तथापि मिति २०८२ फागुन ९ गते बिहानैदेखि परिस्थिति जटिल भएको अवस्था सिर्जना भ...
एकता, समर्पण र सक्रियताले अवश्य पनि किरण कुमार साहको विजय सुनिश्चित गर्छ :नेकपा केन्द्रीय सदस्य गुलाम सरवर
राजनीति, विचार, समाचार

एकता, समर्पण र सक्रियताले अवश्य पनि किरण कुमार साहको विजय सुनिश्चित गर्छ :नेकपा केन्द्रीय सदस्य गुलाम सरवर

नेपालअखबार,रौतहट । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुलाम सरवरले बौधीमाइ नगरपालिकामा पार्टीका उम्मेदवार किरण कुमार साहलाई विजयी गराउन नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरू एकजुट भएको बताए । उनले बौधीमाइ नगरपालिकाका सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूले देखाएको प्रतिबद्धता, अनुशासन र संगठनप्रतिको निष्ठा प्रशंसनीय रहेको बताए। उम्मेदवार किरण कुमार साहलाई निर्वाचित गराउन सबै पक्ष एकताबद्ध भई सक्रिय रूपमा लाग्नु पार्टीका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ। केन्द्रीय सदस्य सरवरका अनुसार बौधीमाइका नेता तथा जनप्रतिनिधिहरूले लिएको असल, दूरदर्शी र जिम्मेवार निर्णयले परिवर्तन, विकास र जनताको अधिकारको पक्षमा बलियो सन्देश दिएको छ। “एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “यही एकता, समर्पण र सक्रियताले अवश्य पनि विजय सुनिश्चित गर्छ।” उनले आगामी निर्वाचनमा व्यापक जनसमर्थनस...
गौरमा संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालकाे आग्रह
राजनीति, समाचार

गौरमा संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालकाे आग्रह

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। सहसंयोजक नेपालले आज एक सन्देश जारी गर्दै हिन्दू र मुस्लिम दुवै समुदायबिच उत्पन्न विवाद अन्त्य गर्नका लागि संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरे । धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गरेर सदियौँदेखि मिलेर बसेका दुवै समुदायबीच सहयोग र सहकार्यसहित मिलेरै जानुपर्नेमा जोड दिँदै साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुनेमा जोड दिए । हिन्दू वा मुस्लिम दुवै एकअर्काका परिपूरक रहेको टिप्पणी गर्दै उनले स्थानीय जनताको सुरक्षा व्यवस्थासहित जीवन रक्षाका लागि सरकारसँग माग गरे। गृहजिल्ला रौतहटबाट लामो समयदेखि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका नेकपाका सहसंयोज...
पर्यवेक्षणको आवरणमा स्वार्थ पूरा गर्न खोजिए कारबाही हुने
प्रशासन, समाचार

पर्यवेक्षणको आवरणमा स्वार्थ पूरा गर्न खोजिए कारबाही हुने

नेपालअखबार,काठमाडौँ ।  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन पर्यवेक्षणको अनुमति लिएर आउने संस्था तथा व्यक्तिहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन्। आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पर्यवेक्षकको नाममा मतदानस्थलमा पुगेर निर्वाचनलाई प्रभावित पार्ने वा मतदान प्रक्रियामा अवरोध सिर्जना गर्ने गतिविधि हुन सक्ने बताए। त्यस्ता शङ्कास्पद गतिविधि देखिएमा तत्काल समाचार सम्प्रेषण गरी आयोगलाई सघाउन उनले सञ्चारकर्मीहरूलाई विशेष आग्रह गरेका छन्। आगामी निर्वाचनमा स्वदेशी तथा विदेशी दुवै तहका पर्यवेक्षकहरू सहभागी हुनेछन्। विदेशी संस्थाहरूबाट विभिन्न देशका निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्त तथा उच्च पदस्थ व्यक्तिहरू नेपाल आउने तय भएको छ। उच्च पदस्थ अधिकारीहरूबाट अनुचित कार्यको स...
राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनैपर्छ : ओली
राजनीति, विचार, समाचार

राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनैपर्छ : ओली

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै उनले एमाले भने कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको बताए । अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशी खर्च भइसकेकोतर्फ ध्यानाकर्षण पनि गराए । ‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ अहिले पनि । हुन्छ भनेर पनि धेरै प्रयास भइराखेका छन् । हुन्छ भने होस् जेसुकै होस्, तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौं । चुनावको विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ । जित्ने तयारीमा लाग्छौं । अब हामीले कुनै अलमल गर्नु हुँदैन,’ ओलीको भनाइ छ । विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुना...