Saturday, July 11

समाचार

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत भेटिए
समाचार, समाज

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत भेटिए

नेपालअखबार,दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत भेटिएका छन् । घोराही उपमहानगरपालिका-२ रामपुर निवासी हरी जिसी मृत फेला परेका हुन् । यही माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता भएका थिए । उनको स्कुटी बाटोमा भेटिएको थियो । खोजी गर्दा घोराही उपमहानगरपालिका-१८ घरडौराको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिदा माग्दा नपाएपछि उनी तनावमा थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी दीपक श्रेष्ठले पोस्टमार्टम पूरा भइसकेको र मोबाइलको लक खुल्नेबित्तिकै मात्रै मृत्युको कारण खुल्ने बताए ।...
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रशासन, समाचार, समाज

सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी कर्मचारी विभिन्न मितिदेखि आफूखुसी गैरहाजिर भएको भन्दै प्रहरी प्रधान कार्यालयले कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन आग्रह गरेको हो । उनीहरूको खोजतलास गराउँदा र सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गैरहाजिर हुने प्रहरीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार,११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन्। प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिन भित्र आफू गैरहाजिर हुनुको कार खुलाएर सन्तोषजनक स्पष्टीकरण जबाफसहित उपस्थित नभए नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी  दिइएको छ।...
आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय नेता कुसियैत
राजनीति, समाचार

आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय नेता कुसियैत

मुस्ताक आलम सुनसरी, लौकही। तत्कालीन १ नम्बर प्रदेश सभा निर्वाचन २०७४ सालमा बाम गठबन्धनबाट जगदिश कुसियैत निर्वाचित भएको थियो। निर्वाचित भएपछि उनी प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री पनि भए । कुसियैत मन्त्री भएपछि आफ्नो निर्वाचन क्षेत्रमा पुयाएको विकासका कारण भोट दिने सो क्षेत्रका मतदाताहरु बताउँछन् । मन्त्री पदको जिम्मेवारीमा हुदा आफ्नो क्षेत्रमा मात्र नभई सिंगो सुनसरी जिल्लामा बिकासको फेरिस्त यस्तो रहेको छ। साबिकको सुनसरी क्षेत्र नं ५ मा स्वर्गीय गिरिजाप्रसाद कोइराला यस क्षेत्रबाट कयौंपटक निर्वाचित भइ मुलुकको प्रधानमन्त्री सम्म भए तर यो क्षेत्र बिकासको नाममा जहिले पछाडि परेको अवस्था रहेको त्यसैगरी उपेन्द्र यादव समेत दुई पटक जितेर जनतालाई ठग्ने बाहेक बिकासको नाम केही गरेको छैन । २०७४ सालमा ४ नं निर्वाचन क्षेत्रबाट ज्ञानेन्द्र कार्कीलाई पनि यस क्षेत्रको जनताले दुई पटक निर्व...
गण्डकीमा राइड सेयरिङ अघि बढ्यो, अब निजी सवारी साधनले पनि भाडाका यात्रु बोक्न पाउने
प्रशासन, समाचार

गण्डकीमा राइड सेयरिङ अघि बढ्यो, अब निजी सवारी साधनले पनि भाडाका यात्रु बोक्न पाउने

नेपालअखबार,पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिकता दिँदै कार्यान्वयन सुरु गरेको छ । माघ ४ गते बसेको मन्त्रिपरिषद बैठकले मौजुदा नियमावलीमा केही संशोधन गरेर कार्यान्वयन थाल्ने निर्णय गरेको हो । सरकारले यसअघि वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित गरेको थियो । तर, सङ्घ सरकारले नै कार्यान्वयनमा अवरोध गरेपछि रोकिएको उक्त नियमावली अहिले केही संशोधनसहित अघि बढेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । ‘राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न नियमावलीमा देखिएका केही अस्पष्टता हटाइएको छ । नियमावली संशोधन भइसकेकोले अब यातायात कार्यालयले छिट्टै सूचना प्रकाशन गरेर औपचारिक रूपमा दर्ता प्रक्रिया सुरु गर्नेछ,’ उनले भने । नियमावलीमा चारपांग्रे सवारी साधनको सीमा तोकिएको छ । यसअघि २ पांग्रेले २० किलोमिटरको दुरीमा सेवा दिन पाउने भनिए पनि ४ पांग्रेको हकमा प्रस्ट खुलेक...
निर्वाचन आउन ४० दिन बाँकी, समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
प्रशासन, समाचार

निर्वाचन आउन ४० दिन बाँकी, समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ। मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो। अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ। समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ। प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ। मनोनयन पत्र दर्ता प्रयोजनका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्याइएको थियो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा  तीन हजार ४०६ जना उम्मेदवारको नामावली आयोगले सार्वजनिक गरेको छ। आयोगले शुक्रबार नै निर्वाचन चिन्हसमेत प्रदान गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीन हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एक...
निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
प्रशासन, समाचार, समाज

निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

नेपालअखबार,बागलुङ । बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी कूल एक हजार ४८७ जना माग गरिएको थियो । तर हालसम्म नेपाल प्रहरीबाट एक हजार ४८ र सशस्त्र प्रहरीबाट तीन जना गरी एक हजार ५१ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । हालसम्म पुरुष ८२३ जना र महिला २२८ जनाले आवदेन दिएको उनको भनाइ छ । गत पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिको थियो । उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि थप माघ २ र ३ गते दुई दिन थप गरिएको प्रहरी उपरीक्षक भारतीले बताए । माग अनुसारको आवेदन पूरा हुनका लागि अझै ४३६ जना आवश्यक रहेको उनको भनाइ छ ।मागअनुसारको आवेदन नआएपछि त...
रुकुम पूर्वमा भारी हिमपात
समाचार, समाज

रुकुम पूर्वमा भारी हिमपात

नेपालअखबार,रुकुमपूर्व । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् । सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र पश्चिमका लागि छुटेका बसहरू बीच बाटोमै फसेका छन् । हिउँमा गाडीहरू फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका छन् । ​जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (DSP) उमा शंकरप्रसाद यादवका अनुसार, गाडीहरू फसेको सूचना लगत्तै उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । ‘इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा एउटा टोली घटनास्थलतर्फ पठाइएको छ’, डीएसपी यादवले भने, ‘अहिले पनि सो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ, जसका कारण उद्धार र हिउँ पन्छाउने काममा केही कठिनाइ भइरहेको छ ।’ अवरुद्ध सडक खुल...
नागरिक अगुवा युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
राजनीति, समाचार

नागरिक अगुवा युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

नेपालअखबार,काठमाडौं । नागरिक अगुवा, लेखक एवं राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । शनिवार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन् । पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायतका नेताले खादामालासहित पार्टीमा भित्र्याएका छन् । सो अवसरमा संयोजक प्रचण्डले पाठकलाई पार्टीमा भित्र्याउन पाउँदा आफूलाई खुसी र गर्वको महशुस भएको बताए । सह–संयोजक नेपालले पार्टीभित्र पाठकको उपस्थिति सशक्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे । पाठकलाई भित्र्याउँदा नेकपाका अन्य नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायत उपस्थित थिए । युग पाठकको नागरिकताको नाम भने दिपककुमार पाठक हो ।  उनका उर्गेनको घोडा र मांगेना पुस्तक चर्चित छन् । पाठक अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा क्षेत्र नम्बर ५ बाट चुनाव ल...
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग
प्रशासन, राजनीति, समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

नेपालअखबार,काठमाडौँ । माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी दिए। निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ । माघ ११ गते आइतबार १८ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन गर्न लागिएको हो । त्यसमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विर...
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
राजनीति, समाचार

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको हो । उनले आजै वारेसनामामार्फत उम्मेदवारी फिर्ता लिनेछन् । गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताउँदै आएका थिए । यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनो...