Wednesday, August 5

समाचार

निर्वाचनमा झडप र बहिष्कारकर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्- प्रधानमन्त्री कार्की
प्रशासन, समाचार

निर्वाचनमा झडप र बहिष्कारकर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्- प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छन्। बुटवलमा लुम्बिनी प्रदेशको निर्वाचन सुरक्षाबारे सुरक्षा निकायसँग छलफलको क्रममा निर्वाचन बहिष्कार गर्नेहरूसँग सतर्क रहन निर्देशन दिएकी छन्। निर्वाचन बहिष्कार भन्दै कतिपय दलले आफ्नो अस्तित्वकै लागि पनि रकम असुली गर्ने देखिएको उनले बताइन्। ‘एउटा दुई, चार, पाँच जनाको एउटा समूह छ। चुनाब लड्न पनि सक्दैन र जनतासँग भिजेको पनि छैन। अनि धेरै ठाउँमा सबैलाई त दोष लाउन मिल्दैन, कसैकसैले यसो एक्स्टर्सनबाट पैसासैसा पनि उठाउने, पार्टीको अस्तित्व पनि देखाउने। निर्वाचन लड्दिन भन्दिए पछि पुगिगयो, केहि गर्न परेन,’ उनले भनिन्, ‘कुनै फंक्सन पनि गरेन एउटा पार्टी जीवित पनि रही रहन्छ। पैसा उठी पनि रहन्छ र यो खालको प्रवृति देखियो।’ उनले फागु पूर्णिमा (होली) आउँदै गर...
एमालेको निष्कर्ष- चुनाव हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो
राजनीति, विचार, समाचार

एमालेको निष्कर्ष- चुनाव हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचन भाँड्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी लागिरहेको आरोप लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले यस्तो आरोप लगाएका हुन् । आफ्नो पक्षमा चुनाव नआउने भएपछि रास्वपाले यस्तो कार्य गरिरहेको एमालेको टिप्पणी छ । ‘चुनावी परिणाम आफ्नो पक्षमा नआउने भएपछि रास्वपा, जसलाई हामी नयाँ भनेर भाष्य स्थापित गर्न खोज्दैछौं,’ एमालेले भनेको छ, ‘विभिन्न खालका मत सर्वेक्षणमार्फत नेकपा एमालेका प्रमुख नेताहरू मैदानमा भएको ठाउँमा गएर विभिन्न सर्वेक्षणप्रति पनि ध्यानाकर्षण भएको छ ।’ देशका विभिन्न जिल्लाहरूमा दलहरू झण्डा, चुनाव चिन्ह जलाउने अभियान, अशान्ति फैलाउने कार्यले रास्वपाले गरिरहेको एमालेले बताएको छ । ‘चुनाव भाँड्नका देशका विभिन्न जिल्लाहरूमा दलहरू झण्डा, चुनाव चिन्ह ...
६ बुँदे सहमतिसँगै रौतहटमा साम्प्रदायिक तनाव सामान्य
समाचार, समाज, हाइलाइट-समाचार

६ बुँदे सहमतिसँगै रौतहटमा साम्प्रदायिक तनाव सामान्य

नेपालअखबार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि जिल्ला प्रशासनको पहलमा दुवै पक्षबिच ६ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटको सभाकक्षमा भएको सहमतिसँगै क्षेत्रमा उत्पन्न तनाव सामान्य बन्दै गएको प्रशासनले जनाएको छ। रौतहटका सिडिओ दिनेश सागर भुसालको उपस्थितिमा शुक्रबार भएको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । सहमतिमा सामाजिक सद्भाव कायम गर्ने, आपसी संयमता अपनाउने, कुनै पनि अफवाह नफैलाउने तथा आउँदो फागुन २१ गते हुने निर्वाचनमा शान्तिपूर्ण सहभागिता सुनिश्चित गर्ने लगायतका प्रतिबद्धता समेटिएको छ। यसअघि बिहीबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध भएपछि विवाद चर्किएको थियो। बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढातर्फ आउँदै गरेको सत्यनारायण साहकी छोरीको विवाहको जन्ती र स्थानीय मुस्लिम पक्षबि...
बाघ गणना गर्न राखिएका ६० क्यामरा हराए
प्रविधि, प्रशासन, समाचार

बाघ गणना गर्न राखिएका ६० क्यामरा हराए

नेपालअखबार, चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामरा हराएका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन्। उनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताए। गत पुस ३ गतेदेखि सुरू गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ। थापा मगरका अनुसार दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो। यस कम्प्लेक्सलाई ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको थियो। ती ग्रिडमा प्रयोग गरिएका क्यामेरामध्ये ८५ क्यामेरा समस्याग्रस्त भएका थापा मगरले बताए। उनका अनुसार एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो। दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो। यसअघि सन् २...
एमाले झन्डा जलाएको आरोपमा थप २ जना पक्राउ
प्रशासन, समाचार, समाज

एमाले झन्डा जलाएको आरोपमा थप २ जना पक्राउ

नेपालअखबार,दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–६ का २४ बर्षीय बिक्रम परियार र तुलसीपुर – ४ का रमेश राना मगरलाई राति पक्राउ गरेको हो। प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार एमालेको झन्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी छ। बिहीबार राति साढे ९ बजे दाङ तुलसीपुरको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा केही व्यक्तिले एमालेको झन्डा जलाएका थिए। त्यो भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो। त्यसपछि प्रहरीले एमाले झन्डा जलाउनेको खोजी थालेको थियो। नेकपा एमालेका कार्यकर्ताले शुक्रबार...
गुल्मीमा दुई सबस्टेसन, विद्युत प्रसारणमा ‘ऐतिहासिक उपलब्धि’
अर्थ, प्रविधि, समाचार

गुल्मीमा दुई सबस्टेसन, विद्युत प्रसारणमा ‘ऐतिहासिक उपलब्धि’

नेपालअखबार, गुल्मी । गुल्मी जिल्लाको विद्युत सेवालाई दीर्घकालीन रूपमा भरपर्दो, स्थिर र गुणस्तरीय बनाउने उद्देश्यले १३२ केभीका दुई महत्वपूर्ण सबस्टेशन सञ्चालनमा आएका छन् । जिल्लाको उनाएचौर र पौदीअमराईमा निर्माण सम्पन्न भई सञ्चालनमा आएका सबस्टेशनलाई गुल्मीका लागि ऊर्जा क्षेत्रको ऐतिहासिक उपलब्धि मानिएको छ । यसअघि बुटवलस्थित १३२ केभी लाइनबाट पाल्पा हुँदै गुल्मीमा विद्युत सेवा वितरण हुँदै आएको थियो । नेपालका कतिपय जिल्लामा अझै १३२ केभी प्रसारण लाइन नपुगेको अवस्थामा गुल्मीमा भने दुई स्थानमा उच्च क्षमताका सबस्टेशन सञ्चालनमा आउनु जिल्लाको ऊर्जा पूर्वाधार विकासको दृष्टिले सुखद पक्ष भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण प्रमुख मनोज अर्यालले बताए । ‘नयाँ १३२ केभी सबस्टेशन सञ्चालनमा आएसँगै जिल्लामा दीर्घकालीन रूपमा भरपर्दो विद्युत आपूर्ति सुनिश्चित भएको छ,’ उनले भने, ‘यसले विद्युत आपूर्तिको व...
गौरमा दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त बनेपछि प्रहरी परिचालन
प्रशासन, समाचार

गौरमा दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त बनेपछि प्रहरी परिचालन

नेपालअखबार,रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा  गाउँमा दुई समुदायबिच झडप भएको छ । झडपको कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। सबगढा  गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो। स्रोतका अनुसार भनाभन पछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए। त्यही विषय लिएर आज बिहानै देखी पुनः दुई समुदायबिच झडप भएको हो। आज बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा हानाहान भइरहेको  छ। घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मीको परिचालन गरिएको छ। रौतहटका सिडिओ दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी घटनास्थल पुगेको बताएका छन्। अवस्थ...
पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै
शिक्षा, समाचार

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

नेपालअखबार,पाेखरा । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज दीक्षित हुँदैछन् । पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरुलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि सङ्कायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ जनालाई उपाधि दिइने छ । उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ । स्नातक तहको बिसिए कार्यक्रममा उच्चतम अङ्क ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ । शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मा...
सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक  (पूर्णपाठ सहित)
राजनीति, समाचार

सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक (पूर्णपाठ सहित)

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक गरेको छ। वीरेन्द्रनगरमा आयोजित कार्यक्रममार्फत पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै १०० प्रतिबद्धता सार्वजनिक गरेका हुन्। रास्वपाले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण र कर्णालीमा विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीका नेताहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीमा काम गर्ने दाबी गर्दै वाचापत्र कार्यान्वयनका लागि समयसीमा र अनुगमन संयन्त्रसमेत बनाइने बताएका छन्।...
एमालेको घोषणापत्र सार्वजनिक: जेनजीलाई प्रत्येक महिना १० जीबी डाटा, उद्यमीलाई १० हजारको डलर कार्ड
राजनीति, समाचार

एमालेको घोषणापत्र सार्वजनिक: जेनजीलाई प्रत्येक महिना १० जीबी डाटा, उद्यमीलाई १० हजारको डलर कार्ड

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको घोषणापत्र सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।  फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित आफ्नो संकल्प सार्वजनिक गरेको छ । घोषणापत्रमा एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । मुलुकलाई अस्थिरताको चक्रबाट बाहिर निकाली विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै अध्यक्ष ओलीले २०७२ सालको संविधान जारी भएपछिको विकासको नेतृत्व एमालेले नै गरेको दाबी गरेका छन् । घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षमा २०० खर्ब पुर्‍याउने तथा ...