Sunday, August 9

समाज

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन
विश्व, समाचार, समाज

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन

नेपालअखबार,किभ । रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युतविहीन भएका छन् । रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ । यद्यपि, युक्रेनले भने रूसले बारम्बार ऊर्जा संरचनामा प्रहार गरिरहेको आरोप लगाएको छ । ‘आज बिहान, अर्को रूसी आक्रमणले खेरसोनको विद्युत ध्वस्त पार्दा ४५ हजार मानिस अन्धकारमा परेका छन्,’ युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिगाले पत्रकार सम्मेलनमा बताए । फेब्रुअरी सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनी ऊर्जा प्रणाली र विद्युत गृहहरूमा निरन्तर हवाई आक्रमण गरिरहेको छ । त्यसैगरी, रूसले पनि युक्रेनलाई रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । मस्कोका अनुसार, मङ्गलबार रुसको बेलगोरोद क्षेत्र र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी...
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका
समाचार, समाज

जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका

नेपालअखबार, काठमाडौँ । जन्मदर्ता नहुँदा सडक बालबालिकाले अहिले पनि स्वास्थ्य शिक्षासहित राज्यबाट पाउने कुनै पनि सेवा पाउन सकेका छैनन् । बालबालिको क्षेत्रमा काम गर्ने संस्था ‘साथसाथ’ ले आज आयोजना गरेको ‘बालिकाको जन्मदर्तासम्बन्धी पैरवीपत्र प्रकाशन’ सार्वजनिक कार्यक्रममा तीन पुस्तासम्म कानुनी पहिचान नभएका बालबालिकाले जन्मदर्ता बनाउन नसक्दा राज्यबाट पाउने कुनै पनि सुविधा नपाएका जनाइएको हो । कार्यक्रममा जन्मदर्ता नहुँदा नागरिकताविहीन सञ्जय राई र राजेश ठकुरीले अभिभावको पहिचान नहुँदा नागरिकता बनाउन नसकिएको र त्यसले राज्यबाट पाउने सुविधा र जीविकोपार्जनका लागि काम पाउनसमेत कठिनाइ भएको बताए । साथसाथ संस्थाकी स्रोत व्यक्ति कविता शाहले संस्थाले २७ वर्षदेखि जोखिममा परेका सडक बालबालिकाको क्षेत्रमा काम गगर्दै आएको र त्यसक्रममा ५२ जिल्लाका बालबालिकाले जन्मदर्ता नहुँदा नागरिकता बनाउन कानुनी र व्यावहा...
सुनसरीको हरिनगर गाउँपालिकामा मुस्लिम बस्तीमा आगलागी, २६ घर टहरा जले
समाचार, समाज

सुनसरीको हरिनगर गाउँपालिकामा मुस्लिम बस्तीमा आगलागी, २६ घर टहरा जले

नेपालअखबार,विराटनगर । सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ । सोमबार दिउँसो हरिनगर गाउँपालिका-५  मलदैया टोलमा आगलगी हुँदा ९ परिवारले प्रयाेग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन् । यो टोलमा मुस्लिम समुदायको बसोबास छ । इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘इद उल फित्र’ दिन आगलागी भएको थियो । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । दिउँसो ३ बजे सुरु भएको आगो देवानगञ्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दकमलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा परी ३१ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार हरिनगरा गाउँपालिका-५ का सिकिन्द्र अली, जुवेर अली, सबिर मियाँ, अबुहेलाल मियाँ, इम्तयाज मियाँ,  अस्फाक आलम, अनसाक आलम, प्रवेज मियाँ, इरफान मियाँ, कैसर आलम, पैयाज आलमको घर अन्नपात, लताकपडा र नगद जल्द...
ग्यास सिलिण्डर पड्किएर भारतमा ७ जनाको मृत्यु
विदेश, समाचार, समाज

ग्यास सिलिण्डर पड्किएर भारतमा ७ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।भारतमा ग्यास सिलिण्डर पड्किएर सात जनाको मृत्यु भएको छ। भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाथरप्रतिमामा एउटा घरमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। सुन्दरवनका एसपी कोटेश्वर रावले चार बालबालिका र दुई महिलाको घटनास्थलमै मृत्यु भएको बिबिसीलाई बताएका छन्। अर्का एक महिला गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल भर्ना गराइएको र घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।...
किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
समाचार, समाज

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

नेपालअखबार,झापा । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ। उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए। उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ। विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताए। उनका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ । 'यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौँ,' पुरातत्वविद् आचार्यले भने, 'विगतमा उत्खनन ...
बस्ती पसेको पाटेबाघलाई निकुञ्जमा छाडियो
समाचार, समाज

बस्ती पसेको पाटेबाघलाई निकुञ्जमा छाडियो

नेपालअखबार,कञ्चनपुर । बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो । आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपश्चात् बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए ।...
आज इद पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज इद पर्व मनाइँदै

नेपालअखबार,काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि  आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्। केही मुस्लिमले ‘इद-उल-फित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो। यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन्। इद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्। सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि द...
५० वर्षको उमेरमा महिलाले जन्माइन् १४ औँ सन्तान
विदेश, समाचार, समाज

५० वर्षको उमेरमा महिलाले जन्माइन् १४ औँ सन्तान

नेपालअखबार,नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको हापुडमा एक महिलाले ५० वर्षको उमेरमा १४ औँ सन्तानलाई जन्म दिएकी छन् ।हापुडको पिलखुवा थाना क्षेत्र अन्तर्गत बजरंगपुरीमा बस्दै आएका इमामुद्दीनकी पत्नी गुडियाले बिहीबार १४ औँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन् । प्रसव वेदनापछि उनलाई स्थानीय सरकारी अस्पताल लगिएको थियो । उनको अवस्था गम्भीर रहेको भन्दै त्यहाँबाट जिल्लास्थित सरकारी अस्पतालमा पठाइएको थियो । एम्बुलेन्सबाट अस्पताल लैजाँदै गर्दा उनले छोरीलाई जन्म दिएकी हुन् । शुक्रबार अस्पतालबाट उनलाई घर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।गुडियाको पहिलो सन्तान २२ वर्षका छन् । उनका १४ सन्तानमध्ये तीन वटाको मृत्यु भइसकेको बताइएको छ ।...
राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमति
प्रशासन, समाचार, समाज

राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमति

नेपालअखबार,काठमाडौं । तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको हो । ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको उनले बताए । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख अपिलराज बोहराका अनुसार, घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ । सरकारी वकिल कार्यालयका प्रमुख काफ्लेले आरोपितहरूमाथि छानविन चल्दै गर्दा अरु कसुरमा संलग्नता भेटिए त्यसै अनुस...
नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष पूरा
राजनीति, समाचार, समाज

नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष पूरा

नेपालअखबार,काठमाडौँ ।  चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो । त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताए। छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको ...