Sunday, August 9

समाज

महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय
धर्म/संस्कृति, समाचार, समाज

महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय

नेपालअखबार,काठमाडौँ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ । एक दशकयताकै सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको छ । महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको थियो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले भने, “नौ वटा विषयगत उप–समिति गठन गरिएको छ, उपसमितिबाट जिम्मेवारीअनुसार काम अघि बढाइएको छ, व्यवस्थापकीय पक्षलाई उच्च प्राथमिकता र दर्शनार्थी भक्तजनलाई सहज बनाउनमा सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ ।” नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यानमारसहितका  देशबाट भक्तजन आइरहेका छन् । व्यवस...
पशुपतिमा महाशिवरात्रि मेलाको तयारी पूरा
धर्म/संस्कृति, समाचार, समाज

पशुपतिमा महाशिवरात्रि मेलाको तयारी पूरा

नेपालअखबार,काठमाडौं । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो। पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए। ‘यसपटक हामीले दुई सेकेन्डमा दश जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएका छौं। यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ। अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौं,’ उनले भने। उनले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन÷तीन र पूर्व र दक्षिण ढोकामा दुई/दुई वटा लाइन र...
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना
समाचार, समाज, स्वास्थ्य

शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना

नेपालअखबार,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो । उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न छन् ।  नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै गएको एक चिकित्सकले बताए । स्रोतले भन्यो, ‘सुरुको समस्या ईएनटीको थियो, त्यो सुधार हुँदै गएको छ ।...
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
समाचार, समाज, स्वास्थ्य

दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण

नेपालअखबार,पोखरा । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा दरगाउँटारमा पाठेघरको भिआइए परिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । रुपा–१, दरगाउँटार स्थित सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा १०० जनाको स्वास्थ्य परीक्षण गर्दा १२ जना महिलाहरुमा भिआईए पोजेटिभ देखिएको गण्डकी मेडिकल कलेज पोखराकी स्त्रीरोग तथा प्रसुती डा. बालकुमारी शाहले वताइन् । उनको टिममा डा. निरुता बुद्ध, डा. पूजा घिमिरे, डा. सुरेश शाह र शुवेच्छा थापा रहेका थिए । हालसम्म पोखरा १६ जुम्लेटी, पोखरा ७ घारीपाटन, फेदीखोला ३ भाटखोला स्याङ्जा, पोखरा ५ मालेपाटनमा ४६७ जनाको भिआईए परिक्षण भएकोमा २७ जनामा पाठेघरको संक्रमणको संकेत देखिएको क्लबका अध्यक्ष दिपेन्द्र शर्माले वताए । क्लबले २०८२ असार १५ मसान्त सम्म ...
रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
समाचार, समाज

रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास

हरिप्रसाद बास्तोला, गण्डकी । कास्कीको रुपा गाउँपालिकास्थित ध्रुवतारा माविको सभा हलमा सामुदायिक वन उपभोक्ता महासंघ रुपाको प्रथम परिषद सञ्चालन भई रहेको थियो । अचानक विद्यालयसंगै जोडिएको चिसापानी सामुदायिक वनमा डढेलो लागेको देखियो । कार्यक्रममा सहभागि उपभोक्ता सवै त्रसित भएर हातमा हसिया, कोदालो लगायतका आगो नियन्त्रण गर्ने परम्परागतका सामाग्री लिएर डढेलो लागेको वन तिर लागे । प्रत्येकका हातमा आगो निभाउने हरिया सेउला थिए । जंगलमा दन्किरहेको आगो निभाउन जुटे केही समयमा आगो नियन्त्रणमा आएसंगै सम्पूर्ण उपभोक्तामा खुशियाली छायो । जुन सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको आयोजना एवम् डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा आयोजित वन डढेलो नियन्त्रण गरिने पूर्व अभ्यास कार्यक्रमको एक झलक थियो । आगो पैmलिन नदिनका लागि उपभोक्ताले पहिला अग्निरेखा निर्माण गरे, जुन रेखा निर्माण गर्दा संकलन गरेको पातपति...
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
समाचार, समाज

गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच दिनदेखि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराउनुभएको उहाँलाई सोमबार बिहान डिस्चार्ज गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । वरिष्ठ छातीरोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीको निगरानीमा उहाँको उपचार भएको थियो । प्रदेश प्रमुख भट्टले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हस्पिटल व्यवस्थापनका साथै उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘कुनै पनि बिरामीलाई आधा सञ्चो त अस्पतालको वातावरण, डाक्टर, नर्सको व्यवहारले नै हुन्छ भनिन्छ । निकै पारिवारिक वातावरणमा सेवा गर्नुभयो । यसका लागि धेरै धन्यवाद व्यक्त गर्दछु ।’ यसैबीच, अस्पतालले एक विज्ञप्ति जारी गर्दै धन्...
२०८१ को दण्डपाणि-नन्दकुमारी पुरस्कार अन्सारीलाई
समाचार, समाज

२०८१ को दण्डपाणि-नन्दकुमारी पुरस्कार अन्सारीलाई

नेपालअखबार,काठमाडौं । २०८१ सालको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार अधिवक्ता एवं मानव अधिकारकर्मी मोहना अन्सारीलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको कार्यसमितिको बैठकले सो निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जानकारी दिए । २०६२ सालमा स्थापित स्मृतिकेन्द्रले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । यसभन्दा अघि इतिहासविद् ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य , इतिहासकार दिनेशराज पन्त , साहित्यकार डा. मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा.डा. सुरेशराज शर्मा लगायतले उक्त पुरस्कार पाएका थिए । आगामी १७ पागुनमा प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पुरस्कारको राशी ५० हजार रुपैंया रहेक...
लमजुङमा भूकम्पको धक्का
समाचार, समाज

लमजुङमा भूकम्पको धक्का

नेपालअखबार,लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ ।...
९६ वर्षमा तुलसीदेवीले पाइन् नागरिकता
प्रशासन, समाचार, समाज

९६ वर्षमा तुलसीदेवीले पाइन् नागरिकता

नेपालअखबार,बझाङ। वडाभरिकै पाको मान्छे। वृद्धावस्थामा पनि माटोसँगको सामीप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको। यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छन्। यो उनको  बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो। ‘घरभित्रै बसिरहन मन मान्दैन,’  उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ। त्यसपछि कुटो बोकेर गइहाल्छु।’ थाहा भएदेखि कृषिमा जीवन समर्पित गरेकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन्। ‘गाउँमा बालीनालीको बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्,’ तुलसीले भनिन्। तर यो उमेर बितिसक्दा पनि उहाँलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन। उनलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सत्...
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
विदेश, समाचार, समाज

पोप फ्रान्सिसको अवस्था अझै गम्भीर

नेपालअखबार,भ्याटिकन सिटी । पोप फ्रान्सिसको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ । आइतबार भ्याटिकनले एक विज्ञप्तिमा पोपले अझै पनि अक्सिजन थेरापी लिइरहेको बताएको हो । विज्ञप्ति अनुसार रगत परीक्षणबाट उनलाई मुटुको समस्या भएको पत्ता लागेको छ । यसबाहेक उनमा मिर्गौला सम्बन्धी समस्याहरू पनि देखिएको छ । आइतबार भ्याटिकनले पोपको रगतमा प्लेटलेट्सको संख्या अति नै न्यून स्तरमा झरेको बताएको थियो । विज्ञप्तिमा क्याथोलिक ईसाईहरूलाई परम्परागत प्रार्थना गर्न आग्रह पनि गरिएको थियो । केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि पोपलाई फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई पहिले ब्रोन्काइटिसको उपचार गरिएको थियो । पछि उनलाई निमोनिया भएको पाइयो । अर्जेन्टिनाका पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको प्रमुख बन्ने पहिलो ल्याटिन अमेरिकी र पहिलो जेसुइट हुन् ।...