Tuesday, August 11

समाज

असिनाले धानबाली नष्ट हुँदा कृषक चिन्तित
कृषि, समाचार, समाज

असिनाले धानबाली नष्ट हुँदा कृषक चिन्तित

नेपालअखबार, पर्वत । पर्वत जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ। कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन्। जिल्लाको कुश्मा र फलेवास  नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्‍याएको हो। कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गरे। उनका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो। एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उनको भनाइ छ। सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ। महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासी परेको असि...
सडकमै बित्छ घरवारविहीनहरूको रात
समाचार, समाज, हाइलाइट-समाचार

सडकमै बित्छ घरवारविहीनहरूको रात

नेपालअखबार,काठमाडौं । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा। उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ। दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन्। तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउँछन्। शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अध्यारो खोज्न सुरसार गर्दै थिए तामाङ। बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउँछन्। ‘चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो,’ उनी भन्छन्, ‘घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुंगिन्छ।’ घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई। परिवार र आफन्तीको लेखाजोखा उनले कहिल्यै गरेनन्। दिनमा भारी बोक्न पाए दुई/चार रुपैयाँ कमाउने र बेलुका खाना खाएर सडकमा बास बस्ने उनको दैनिकी हो । ‘न्यायो ओछ्य...
बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर
प्रशासन, समाचार, समाज

बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

नेपालअखबार,काठमाडौं । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ। महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर संकलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गरिने जानकारी दिए। ‘शनिबार बिहान ७ बजे हामी सबै तोकिएका फरकफरक ठाउँमा जम्मा हुन्छौं, बाढीले छरपष्ट रूपमा रहेका प्लास्टिक, कागज र कपडा सङ्कलन गरेर सफा गर्नेछौं,’ नदी किनारा सफा नभएसम्म निरन्तर काम गर्छौं,’ महर्जनले भने। उनले असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको बताए। ‘नख्खु र  बागमती नदीको किनारालाई प...
कात्तिक ९ देखि ११ गतेसम्म नेपालमा वैज्ञानिक सम्मेलन हुने
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

कात्तिक ९ देखि ११ गतेसम्म नेपालमा वैज्ञानिक सम्मेलन हुने

नेपालअखबार,काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। यही कात्तिक ९ गतेदेखि ११ गतेसम्म हुने वैज्ञानिक सम्मेलनमा १५ देशका वैज्ञानिकहरू भेला हुँदैछन्। नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसअन्तर्गत एप्लाइड साइन्सेस, केमिकल इन्जिनियरिङको सहआयोजनामा वैज्ञानिक सम्मेलन हुन लागेको हो। वैज्ञानिक सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कात्तिक ९ गते दिउँसो सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रमबारे आयोजक संस्थाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। वैज्ञानिकहरू सोमबारदेखि नै नेपाल आउने क्रम सुरू भइसकेको पनि जानकारी दिइएको छ। आयोजक संस्थाका तर्फबाट पत्रकार सम्मेलनमा जानकारी दिएका डा. देवलप्रसाद भट्टराईले सबैभन्दा धेरै ...
पर्यटन  प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्ने
पर्यटन, समाचार, समाज

पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्ने

नेपालअखबार,नवलपरासी (बर्दघाट  सुस्तापश्चिम)  । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिब २० बिघामा ताल बनाउने भएको छ। आन्तरिक तथा बाह्य पर्यटन  प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए।  सुस्ता –३ र ४ नं वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिएको हो। ताल निर्माणका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ खर्च गरिसकेको अधिकृत भुसालले बताए।  तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाउने उनले जानकारी दिए। पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्ययले बताए। तालमा माछापालनसमेत गरिने छ। लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्त्व थिएन तर अब ताल बनेपछि पर्य...
पासोमा परेको चितुवा पनि उद्धार नभएर मर्‍यो
समाचार, समाज

पासोमा परेको चितुवा पनि उद्धार नभएर मर्‍यो

नेपालअखबार,कैलाली  । जानकी गाउँपालिका-६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र  गत बुधबार बिहान पासोमा परेको अवस्थामा चितुवा फेला पर्‍यो। उद्धार टोलीलाई खबर पनि गरियो। टोली आइपुग्न ६ घण्टा लाग्यो। उद्धारको केही घण्टामै चितुवा मर्‍यो। २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१०, तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवा पनि उद्धार नभएर मर्‍यो। २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका-३, नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला पर्‍यो। डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो। उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवा मर्‍यो। कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ। पछिल्लो ६ ...
सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी
समाचार, समाज

सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी

नेपालअखबार,काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेको कारमा आगलागी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका-१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । प्रहरीका अनुसार कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको थियो । प्रहरी, दमकल र स्थानीयको सहयोगमा उक्त धुवाँ नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।...
अमेरिका निर्यात हुन्छ बागलुङको छुर्पी
अर्थ, समाचार, समाज

अमेरिका निर्यात हुन्छ बागलुङको छुर्पी

नेपालअखबार,बागलुङ। पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ। सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ। यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ। बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ। वार्षिक ८ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार ४१० को छुर्पी अमेरिका निर्यात गरेको हो। दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ। 'दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ,' गौतमले भने। दुग्ध उत्पादक सहकारी सङ्घमा एक हजार पाँच सय किसान आबद्ध छन् । सङ्घले किसानबाट स...
खुल्यो काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडक
समाचार, समाज

खुल्यो काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडक

नेपालअखबार,  काठमाडौं । काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडक खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझदेखि उक्त सडकखण्डमा दुई तर्फी नै सञ्चालनमा आएको हो। ईन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोला स्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइरहेको थियो। काम भइरहँदा एकतर्फीमात्रै सडक सञ्चालनमा थियो। मर्मतको काम सम्पन्न भएसँगै दुबै तर्फ सडक खुलेको हो।...
स्याङ्जामा सकेट बम विस्फोट हुँदा भूपू सैनिक घाइते
समाचार, समाज

स्याङ्जामा सकेट बम विस्फोट हुँदा भूपू सैनिक घाइते

नेपालअखबार, काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिका–४ स्थित पुरीगाउँमा सकेट बम विस्फोट भएको छ । विस्फोटमा परेर ४५ वर्षीय गोविन्द पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरि प्रसाद पौडेलले  बताए । शनिबार साँझ घर सफा गर्ने क्रममा सकेट बम विस्फोट भएको हो । उपचार पश्चात् पूर्वसैनिक पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय चापाकोटले अनुसन्धान गरिरहेको छ ।...