Wednesday, August 12

समाज

क्रमिक बढ्दैछ चिसो, सतर्कता अपनाउन अनुरोध
समाचार, समाज

क्रमिक बढ्दैछ चिसो, सतर्कता अपनाउन अनुरोध

नेपालअखबार,काठमाडौं ।देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ। सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ। मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन्। गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो। खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ। सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ। ‘काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ,’ ...
तीन महिनामा ६ गैंडा मरे
समाचार, समाज

तीन महिनामा ६ गैंडा मरे

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मृत भेटिएका छन्। साउन महिनायता ती गैंडा मृत भेटिएका हुन्। एउटा गैंडा करेन्ट लगाएर मारिएको हो भने दुई गैंडा अन्य कारणले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैंडा मरेका थिए। जसमध्ये १८ गैंडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैंडा मृत्युको कारण खुल्न नसकेको उनले बताए। पछिल्लो गणनाअनुसार नेपालमा एकसिंगे गैंडाको संख्या सात सय ५२ छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैंडा छन्।...
मुस्ताङमा १६ करोडको भेडाच्याङ्ग्रा बिक्री
अपराध, समाचार, समाज

मुस्ताङमा १६ करोडको भेडाच्याङ्ग्रा बिक्री

नेपालअखबार,म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङ्ग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रामध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङ्ग्रा बेचेका छन्”, उनले भने, “सरदर मूल्यअनुसार रु १६ बराबरको च्याङ्ग्रा बिक्री भएका छन् । गत वर्ष सात हजार भेडाच्याङ्ग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुस्ताङका भेडाच्याङ्ग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको...
हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
समाचार, समाज

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

नेपालअखबार,बारा । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए । खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।  मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । केही दिन अगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो ।...
खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने
प्रशासन, समाचार, समाज

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

नेपालअखबार,काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताए । प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ । “पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ । वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेषगरी ललितपुरमा पानीको समस्या छ,” उनले भने, “धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्...
लामो दूरीका यात्रुलाई विश्रामस्थलमै निःशुल्क खाजा
प्रशासन, समाचार, समाज

लामो दूरीका यात्रुलाई विश्रामस्थलमै निःशुल्क खाजा

नेपालअखबार, रामेछाप । दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ। सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन्। यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरीकोट हुँदै लामोदूरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए। ‘लामो दूरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ। घटस्थापनापछि मात्रै यहाँ दुई÷तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको ...
पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना
समाचार, समाज

पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना

नेपालअखबार,काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आइतबार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर...
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’
पर्यटन, समाचार, समाज

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

नेपालअखबार,बाँके । बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ । कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु अवलोकन र वनजङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ । समूहका पूर्वअध्यक्ष महेन्द्र थारुले केही समययता आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए । “बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ”,उनले भने, “ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तु पानी खान आउन था...
डेंगुका बिरामीले अस्पताल भरियो, भुइँमा राखेर उपचार
समाचार, समाज, स्वास्थ्य

डेंगुका बिरामीले अस्पताल भरियो, भुइँमा राखेर उपचार

नेपालअखबार,तनहुँ। तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ । विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । ‘विरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेंगुका विरामीको चाप अनपेक्षितरूपमा बढेको छ’, उनले भने । अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए । शय्याको अभावले डायलायसिस ...
नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी
समाचार, समाज

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी

नेपालअखबार, काठमाडौँ । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा आजसम्म भएकाले पनि टीका र आशीर्वाद थाप्न मानिसहरू हतारहतार हिँडिरहेका छन् । मङ्गलबारदेखि सरकारी कार्याल...