Wednesday, August 12

समाज

चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा
समाचार, समाज

चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा

नेपालअखबार,सुर्खेत । चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना सडक निर्माण सम्पन्न भएको छ । करिब पाँच किलोमिटर चट्टानले भरिएको सडक जगदुल्ला जलविद्युत आयोजनाले निर्माण गरेको हो । भेरी करिडोर सडकखण्डको तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीबाट जगदुल्ला जलविद्युत् आयोजनाको बाँधस्थलसम्म उक्त सडक पुर्‍याउने लक्ष्य छ । सडकखण्डको चुनौतीपूर्ण मानिएको ठाउँ पार गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । पाँच किलोमिटर चट्टान फोडेसँगै मुड्केचुला गाउँपालिका–१, २, ३ वडा सडक सञ्जालसँग जोडिएको अध्यक्ष शाहीले बताए । जगदुल्ला जलविद्युत् आयोजनामार्फत ठेक्का लगाई शेर्पा निर्माण सेवाले सडक निर्माण गरेको जलविद्युत् आयोजनाका प्राविधिक युवराज बोहराले जानकारी दिए । भेरी करिडोर सडक आयोजनासँग अब मुड्केचुला गाउँपालिका जोडिएको छ । जुम्लाको भालुलेक हुँदै...
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
धर्म/संस्कृति, समाचार, समाज

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई

नेपालअखबार,पोखरा । कास्कीको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई ।ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै सोहोर्नु पर्छ । तर त्यही गाईले बार्षिक लाखौँ रुपैया आम्दानी दिँदै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा राखिएको यन्त्रजडीत गाईबाट गत आर्थिक वर्षमा मात्र रु १३ लाख पाँच हजार ४० आम्दानी भएको छ । गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई विगत १६ बर्षदेखि गुफाको निरन्तर आम्दानीको स्रोत बन्दै आएको हो । गाईको प्रतिमाको भित्तातर्फ दूध राखिएको छ जुन ‘पाईप’को माध्यमबाट थुनसम्म आउँछ । कामधेनु गाईगोठमा अवस्थित यन्त्रजडीत गाईको नजिकै रहेको सानो प्वालमा दश रुपैँयामा खरिद गरी एउटा गुच्चा राखेपछि गाईको चारवटै थुनबाट दुध बगेर सिधै शिवलिङ्गमा प...
दसैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
अर्थ, समाचार, समाज

दसैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

नेपालअखबार, काठमाडौँ । बडादसैंको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्। असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन्। यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ। यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो। यसअघ...
अरूलाई सूचना पुर्‍याउने ‘कटुवाल’ का पीडा कसलाई सुनाउने ?
समाचार, समाज, हाइलाइट-समाचार

अरूलाई सूचना पुर्‍याउने ‘कटुवाल’ का पीडा कसलाई सुनाउने ?

नेपालअखबार,म्याग्दी । म्याग्दीको बेनी नगरपालिका—९ घतानका ६० वर्षीय दिलबहादुर दमाईं र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन् । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पुर्‍याउन डाँडा उक्लिहाल्छन् । सदरमुकामसँगै जोडिएकाले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ । उनी विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कटुवाल कराउँछन् । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउ...
सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध
कृषि, समाचार, समाज

सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

नेपालअखबार, काठमाडौं । सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशैंका बेला ओहोरदोहोर गर्ने यात्रुहरु समस्यामा परेका छन् । काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनहरुको लामो लाइन लागेको छ ।...
भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ
कृषि, समाचार, समाज

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

नेपालअखबार, नेपालगन्ज। ।  कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैंमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए। उनले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए। ‘हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौं। यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौं, जसको राम्रो प्रभाव परेको छ,’ अध्यक्ष कँडलेलले भने। चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले ...
दशहरा मेलामा ५५ फिटको रावण वध
धर्म/संस्कृति, समाचार, समाज

दशहरा मेलामा ५५ फिटको रावण वध

नेपालअखबार, नेपालगन्ज। नेपालगन्जको रामलीला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरू भएको रामलीला महोत्सवको आज दसौं दिन विशेष रावण वध गर्न लागिएको छ। रामलीला नाटक प्रदर्शनीमा शनिबार ५५ फिटको रावणको पुत्ला दहन गरिँदैछ। यस वर्ष आयोजना गरिएको १५७औं रामलीला महामहोत्सवमा शनिबार कुम्भकर्ण, मेघनाथ र रावण वध गरिने कार्यक्रम रहेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताए। शनिबार साँझ रावण वधपछि राति १० बजेदेखि रातभरि रामलीला मञ्चन गरिनेछ। कनोडियाका अनुसार भारतको मथुरा वृन्दावनको राधारमण मण्डलबाट २५ कलाकारको समूहले विभिन्न सजावटका साथ रामलीला मञ्चन गर्ने छन्। आइतबार भरत मिलाप तथा शुभराज्याभिषेक गरेर रामलीला सकिनेछ। रामलीला मैदानमा शनिबारकै दिन लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारणहरू आउने गर्छन्। दशहरा मेला लाग्ने स्...
पर्यटकको आकर्षक गन्तव्य बन्दै विचित्र गुफा
पर्यटन, समाचार, समाज

पर्यटकको आकर्षक गन्तव्य बन्दै विचित्र गुफा

नेपालअखबार,गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको बिचित्र गुफा साँच्चिकै बिचित्रको छ । विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए । विगत लामो सयमदेखि बिचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरुमात्र पुग्ने गर्दथे। पछिल्लो समय बाह्य पर्यटकसमेत यहाँ आउन थालेका छन् । यस पटक हालसम्म फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न यहाँ आएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए । एक सय ८५ मिटर लम्बाइ र तीन सय ५० मिटर चौडा भुभागमा गुफा फैलीएको छ । यति लामो भुभागमा फैलीएको बिचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारको प...
दसैंको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू
समाचार, समाज

दसैंको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू

नेपालअखबार,काठमाडौँ ।‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैं र परिवारभन्दा जागिर प्यारो भयो सर,’ सर्लाहीका अजय मेहताले भने । दसैंको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो। शुक्रबार साँझपख बोर्डिङ पास लिनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दसैंको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो। सर्लाहीको घरमा हिजो गर्भवती श्रीमति चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए। मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ। दसैंको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन...
टीकाको अघिल्लो दिन जब छोराको शव आयो…
समाचार, समाज, हाइलाइट-समाचार

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…

नेपालअखबार,तनहुँ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए । छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैं पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए । यता नेपालमा रहेको पन्थ परिवार दशैंका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उहाँको मृत्यु भएको जनाइएको छ । कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादशैंको नवौँ दिन शुक्र...