Wednesday, August 12

समाज

दसैंको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू
समाचार, समाज

दसैंको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू

नेपालअखबार,काठमाडौँ ।‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैं र परिवारभन्दा जागिर प्यारो भयो सर,’ सर्लाहीका अजय मेहताले भने । दसैंको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो। शुक्रबार साँझपख बोर्डिङ पास लिनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दसैंको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो। सर्लाहीको घरमा हिजो गर्भवती श्रीमति चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए। मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ। दसैंको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन...
टीकाको अघिल्लो दिन जब छोराको शव आयो…
समाचार, समाज, हाइलाइट-समाचार

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…

नेपालअखबार,तनहुँ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए । छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैं पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए । यता नेपालमा रहेको पन्थ परिवार दशैंका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उहाँको मृत्यु भएको जनाइएको छ । कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादशैंको नवौँ दिन शुक्र...
दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
धर्म/संस्कृति, समाचार, समाज

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपालअखबार,काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो । टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।...
बाढीपहिरोले क्षतविक्षत बीपी राजमार्ग १४ दिन पछि एकतर्फी खुल्याे
समाचार, समाज

बाढीपहिरोले क्षतविक्षत बीपी राजमार्ग १४ दिन पछि एकतर्फी खुल्याे

नेपालअखबार,काठमाडौं । बाढीपहिरोले क्षतविक्षत बीपी राजमार्ग १४ दिन पछि एकतर्फी खुलेको छ।  सडक विभाग र स्थानीय पालिकाले राति समेत काम गरेर १४ दिनदेखि अवरुद्ध बीपी राजमार्ग संचालनमा आएको हो। बीपी राजमार्ग अन्तर्गत रोशी–९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै  बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो। यही असोज ११ र १२ गते आएको बाढीपहिरोले राजमार्गको चौकीडाडा देखि नेपालथोकसम्म सडक अवरुद्ध थियो।  सडक विभाग र स्थानीय पालिकाहरुको अग्रसरतामा शुक्रबार बिहान ८ बजेबाट राजमार्ग खुलेको हो। रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुलेको जानकारी दिए। धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ। काठमाडौं र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक हजारौ गाडी आउजाउ गर्थे। सडक खुलेपछि  राजमार्ग प्रयोग गरेर यात...
सुक्खा पहिरो खसेपछि सिद्धिचरण राजमार्ग अवरुद्ध
समाचार, समाज

सुक्खा पहिरो खसेपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

नेपालअखबार, कटारी। सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको बताए। ‘गएराति  पहिरो गएको रहेछ, हाम्रो टोली त्यहाँ पुगिसकेको छ,’ उनले भने, ‘स्काभेटर, जेसिवीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नहुने भएपछि ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर माग गरेका छौं।’ कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा झण्डै एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको बताए। सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत गर्नसक्ने सम्भावना नरहेको उनले बताए। सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट प...
गोरखामा एक महिलाको हत्या
समाचार, समाज

गोरखामा एक महिलाको हत्या

नेपालअखबार,गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनको उपचारको क्रममा विहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्कीले जानकारी दिए । धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो । उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा रिफर गरिएको थियो । दमौली अस्पतालका चिकित्सकले आज बिहान दुई बजे मृत घोषणा गरेको प्रहरी इन्सपेक्टर कार्कीले जानकारी दिए । प्रहरीका अनुसार उनका श्रीमान राजु कुमाल विदेशमा छन् । घरमा आठ वर्षको छोरामात्र छन् । प्रहरीका अनुसार रात...
ताप्लेजुङको सौन्दर्य बन्दै सिङ्जेमा ताल
पर्यटन, समाचार, समाज

ताप्लेजुङको सौन्दर्य बन्दै सिङ्जेमा ताल

नेपालअखबार, ताप्लेजुङ।  ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय संगम र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ। तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो। फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार दसैंतिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गर्नेको संख्या बढ्ने छ। ‘तमोर करिडोर सडक आलोङचुङ्गोला हुँदै टिप्ताला नाका जोडिएको छ। अब भने सहज रुपमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ,’ उनले भने। सिङ्जेमा ताल फक्ताङ्लुङ वडा नम्बर ७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ। यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक द...
पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित
कृषि, समाचार, समाज

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

नेपालअखबार,पाल्पा । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन । उनले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा यस्तो समस्या देखिएको छ । हर्दिनाथ जातको धानमा भने समस्या नदेखिएको उनले गुनासो गरिन् । गत भदौको तेस्रो हप्ताबाट धानबालीमा समस्या देखिएको किसान पङ्गेनीले बताइन् । “पहिला धानको बोट राम्रै थियो, भदौको तेस्रो हप्तापछि एक्कासि धानमा समस्या देखियो, चार/पाँच दिनमा बोट पूरै रातै हुने र सुक्न थाल्यो, बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरे तर काम लागेन, अहिले धान पहेँलिएर पुरै सुकेको छ, पसाउन सकेन”, उनले भनिन् । उनले हरेक वर्ष तीन रोपनी जग्गाबाट १६ मुरी धान उत्पादन लिँदै आएकी थिइन् । यस वर्ष पनि धेरै धान स्याहार्ने तयारीमा थिइन् । तर...
विभिन्न व्यक्तित्वहरुलाई सम्मान
समाचार, समाज

विभिन्न व्यक्तित्वहरुलाई सम्मान

नेपालअखबार,पोखरा । साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङमय प्रतिस्ठानले शुभकामना आदान प्रदान कार्यक्रमसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पोखरामा मंगलबार सो कार्यक्रम पोखराका वरिष्ठ शिक्षासेवी जोर्ज जोनको प्रमुख आतिथ्यतामा भव्यरुपमा सम्पन्न भएको थियो । सम्मानित हुनेहरुमा प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठ, छन्दनायक माधव वियोगी, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तारा पाखे, साहित्यकार एवं कलाकार दामोदर ढकाल दिपक, मुटु रोग विषेशज्ञ डा. बिश्वराज बराल, प्रथम शीत ईश्वर कृष्णबहादुर केसी, फिल्म निर्देशक घनश्याम लामिछाने, ब्रम्हाकुमारी विनिता पराजुली, साहित्यकार रविन्द्र माकाजु, तेक्वान्दो प्रशीक्षक निसान कार्की, संस्कृतिकर्मी तथा नृत्य निर्देशक टकबहादुर गुरुङ्ग, कलाकार कृष्णबहादुर सुनार र युवा उद्घोषक दीपेन्द्र शाही (देवेन्द्र) हुन् । उनीहरुलाई दोसल्ला, माला, मेडल सहित सम्मानपत...
दसैँको टिकामा पोखरा निःशुल्क बस चल्ने
समाचार, समाज

दसैँको टिकामा पोखरा निःशुल्क बस चल्ने

नेपालअखबार,पोखरा । दसैँको टीकाको दिन पोखरामा निःशुल्क बस चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका र यातायात व्यवसायी मिलेर निःशुल्क बस चलाउन लागिएको हो ।पोखराका विभिन्न १८ वटा गाडीलाई निःशुल्क बस सेवाका रुपमा सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । उनका अनुसार टिकामा यात्रुले गाडी नपाउने समस्या हुन नदिन निःशुल्क बस चलाउन लागिएको हो । ७ वटा रुटमा ती गाडीहरू सञ्चालन गरिनेछन् । ‘७ वटा रुटमा १८ वटा गाडी चल्छन् । ती गाडीहरू बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा लिन सकिन्छ,’ उनले भने, ‘यसअघि यति धेरै निःशुल्क गाडी यहाँ चलेका थिएनन् ।’ निःशुल्क चलाउन पृथ्वी राजमार्ग सञ्चालक कम्पनीले ३ वटा, स्थानीय यातायात कम्पनीले २ वटा, पोखरा यातायातले ९ वटा र बेगनास पोखरा यातायातले ४ वटा गाडी उपलब्ध गराएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले हेमजा–...