Wednesday, August 12

समाज

दसैँको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने
प्रशासन, समाचार, समाज

दसैँको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने

नेपालअखबार,काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दसैँ बिदामा बन्द हुने भएको छ । दसैँ बिदामा नयाँ श्रम स्वीकृति बन्द हुने तर, यसअघि नै डेट (टोकन) लिइसकेकाहरूको हकमा भने दिइने वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले भोलीबाट नयाँ श्रम स्वीकृति नदिइने बताए । दसैँपछि श्रम स्वीकृति दिन थालिने उनको भनाइ छ । यसअघि नै टोकन लिइसकेकाहरूको हकमा भने श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको बताए । दसैँ तिहार जस्ता चाडपर्वमासमेत नेपालीहरूको वैदेशिक रोजगारको यात्रा भने रोकिँदैन । दसैँको टिकाकै दिन समेत सयौँको सङ्ख्यामा नेपालीहरूमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । भने भदौमा ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिए...
भारतीय वायुसेनाको प्रदर्शनका क्रममा गर्मीले ५ जनाको मृत्यु
विदेश, समाचार, समाज

भारतीय वायुसेनाको प्रदर्शनका क्रममा गर्मीले ५ जनाको मृत्यु

नेपालअखबार,चेन्नई । दक्षिणी भारतीय सहर चेन्नईमा भारतीय वायुसेनाको प्रदर्शनमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको मृत्यु भएको छ । अन्य धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । आईएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सहरको मरीना बिचमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए । नयाँ दिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडीटीभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रमको दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ । भीडले समुन्द्र तटको वरिपरि ग्रिडलक निम्त्याएको बताइएको छ । सागै दर्शकहरूलाई घटनास्थलमा पुग्न लामो दूरी हिँड्नुपरेको थियो । प्रदर्शनपछि सार्वजनिक सवारीसाधन लिन वा आफ्नो सवारीसाधन उठाउन जामले भरिएको सडकमा मानिसहरूले ३ देखि ४ किलोमिटर हिँड्नुपरेको बताइएको छ ।...
अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान
विश्व, समाचार, समाज

अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

नेपालअखबार, काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ । ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभाव...
राजनीतिमा महिलालाई टिक्नै मुस्किल
राजनीति, समाचार, समाज

राजनीतिमा महिलालाई टिक्नै मुस्किल

नेपालअखबार, काठमाडौं। सरोकारवालाहरूले राजनीतिमा महिलालाई टिकाउन मुस्किल रहेको बताएका छन्। मंगलबार राजधानीमा भएको ‘नेपाली राजनीतिमा महिला उपलब्धि र चुनौती प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम’मा बोल्दै वक्ताहरूले संवैधानिक र कानुनी बाध्यताका कारण राज्यका विभिन्न तहमा महिलाको प्रतिनिधित्व बढेको बताए। तर, राजनीतिमा संलग्न भएका महिलाहरू राजनीतिमै टिकिरहने वातावरण बनाउन आवश्यक रहेकोमा जोड दिए । अखिल नेपाल महिला संघकी महासचिव पेम्बा लामाले महिलाको सहभागिता हुनुपर्छ भन्ने बोध समाजलाई भएको बताइन् । ‘महिलाको सहभागीता आवश्यक छ भन्ने बोध भयो। यसअनुसार संबैधानिक प्रावधान समेत छन्। तर, महिलालाई राजनीतिमा महिला टिकिराख्नु चुनौतीपूर्ण छ’ उनी भन्छिन्, ‘महिलाले राजनीतिमा आउन प्रयास गरेका थिए वा गरिरहेका छन्। तर, टिकिराख्ने वातावरण बनाउन आवश्यक छ ।’ राजनीतिक दलहरूको घोषणापत्रमा महिला सहभागिताको विषयमा...
धौलागिरि क्षेत्रमा यसरी गयो पाँच जना रसियन आरोहीको ज्यान
समाचार, समाज

धौलागिरि क्षेत्रमा यसरी गयो पाँच जना रसियन आरोहीको ज्यान

नेपालअखबार, काठमाडौँ । धौलागिरि हिमालमा पाँच जना आरोहीको मृत्यु भएको मंगलबार पुष्टि भयो । आइतबार राती ११ बजे धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन रहेका उनीहरूको शव मंगलबार ७६०० मिटर उचाइमा भेटिएको पर्यटन विभागले जनाएको छ । त्यसरी मृत्यु हुनेहरूमा अलेक्जेन्डर दुशेयेको, ओलेग क्रुग्लोभ, भ्लादमिर चिस्टिकोभ, मिखाइल नोसेन्को, दिमित्री श्पिलेभोइ रहेका छन् । त्यसमध्ये अलेक्जेन्डर टोलीका नेता थिए । उनकै नेतृत्वमा १४ जनाको आरोहण टोली नेपाल आएर धौलागिरि आरोहण गर्न लागेको थियो । उनीहरूलाई विभागले आइतबार नै आरोहणको अनुमति दिएको थियो । आईएएम ट्रेकिङ कम्पनीको व्यवस्थापनमा गएका ती आरोही सुरुमा दुई समूह बनाएर आरोहण गर्न चाहन्थे । तर, १४ मध्ये ६ जनाको स्वास्थ्य बिग्रिएपछि उनीहरुले आरोहणको योजना रद्द गरेर आधार शिविरमै बसे । शपिलेवो नामका व्यक्ति पनि क्याम्प १ बाटै आरोहण योजना रद्द गरेर फर्किएको...
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु
समाचार, समाज

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु

नेपालअखबार, काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार  काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए । उनले भने, ‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ। अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ।’ मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा आइसकेकाले ...
वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी
समाचार, समाज

वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

नेपालअखबार, काठमाडौँ । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं १ बाट २७.५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुलको अवस्था छ । हिउँदमा यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा वितरण गरिन्छ । यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको ...
म्याग्दी अकबरे खुर्सानीको व्यावसायिक खेती
कृषि, समाचार, समाज

म्याग्दी अकबरे खुर्सानीको व्यावसायिक खेती

नेपालअखबार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलो पटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी दिए । ‘भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ’, उनले भने, ‘बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ।’ भकिम्लीको गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकबरे खुर्सानी बेचेर रु एक लाख ७५ हजार आम्दानी गरेको बताए । ‘बेनीका तरकारी पसलमा होलसेल...
वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति
समाचार, समाज

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

नेपालअखबार,सुनसरी । वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु १७ करोड ११ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा खेती, तरकारी, उखुलगायत नगदेबाली नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ४८ हजार नौ हेक्टरमा लगाइएको धानबालीमध्ये नौ सय ३५ हेक्टरको धान नष्ट हुँदा रु आठ करोड ३८ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी पाँच सय १० हेक्टरमा लगाइएको केरा खेती जसमा ३८ दशमलव २५ हेक्टर नष्ट हुँदा रु ३७ लाख मूल्य बराबरको क्षति भएको छ । सागसब्जी तरकारी आठ हजार एक सय ५३ हेक्टरमा लगाइएकामा तीन सय ५४ हेक्टर नष्ट हुँदा रु चार करोड ५२ लाख बराबरको क्षति भएको छ । उखु पाँच हजार आठ सय ७७ हेक्टरमा लगाइएकामा एक सय २४ हेक्टरमा नष्ट हुँदा रु दुई करोड ८० लाख बराबरकोको क...
पाकिस्तानमा विस्फोटमा मारिए दुई चिनियाँ इन्जिनियर
समाचार, समाज

पाकिस्तानमा विस्फोटमा मारिए दुई चिनियाँ इन्जिनियर

नेपालअखबार,काठमाडौँ।  नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार आजसम्म  एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठुलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९को मृत्यु भएको छ । मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए । मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपत्कालीन राहत, पुनर्निर्माण र पुनर्स्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसह...