Wednesday, August 12

समाज

आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान
समाचार, समाज

आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान

नेपालअखबार,काठमाडौं । आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बुधबारदेखि शनिबारसम्मै गण्डकीदेखि कोशी प्रदेशसम्म अपराह्नपख वर्षाको सम्भावना रहेको जनाएका छन् । उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनी वायुको प्रभाव कायमै रहेका बेला ...
अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल राहत उपलब्ध गर्ने
प्रशासन, समाचार, समाज

अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल राहत उपलब्ध गर्ने

नेपालअखबार,काठमाडौं । लगातारको वर्षा र बाढीबाट आवास गुमाएकाहरुलाई अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल राहत उपलब्ध गर्ने भएको छ । ७ दिनभित्र अस्थायी अवास बनाउन पहिलो किस्ता निकासा गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए । उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिबाट ७ दिनभित्र पहिलो किस्ता निकासा दिने निर्णय भएको छ ।’...
देशका लागि बडादसैँको  टीकाको साइत सार्वजनिक
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

देशका लागि बडादसैँको  टीकाको साइत सार्वजनिक

नेपालअखबार, काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको  टीकाको साइत सार्वजनिक गरेको छ। समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११:३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२ बजे, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१ बजे, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९ बजे, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५ बजे, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५ बजे, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५ बजे, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ। यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताए। टो...
खोटाङमा पहिरोले ३३ घर पुरिए
समाचार, समाज

खोटाङमा पहिरोले ३३ घर पुरिए

नेपालअखबार,खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन् भने दुई घाइते तथा ३८  घरमा आंशिक क्षति पुगेको छ । मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । 'बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन,' उनले भने, 'दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन्भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ ।' बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल संकलन गरी चाँडोभन्दा चा...
बाढीपहिरोमा मृत्यु हुनेको संख्या १८८ पुग्यो
समाचार, समाज

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १८८ पुग्यो

नेपालअखबार,काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ । गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् । यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् । ३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।...
उद्धार र राहतमा जोड दिन सरकारसँग एकीकृत समाजवादीको माग
समाचार, समाज

उद्धार र राहतमा जोड दिन सरकारसँग एकीकृत समाजवादीको माग

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाढी पहिरोमा फसेकाहरुको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन सरकारसँग माग राखेको छ । अध्यक्ष माधवकुमार नेपालले आइतबार दिउँसो वक्तव्य जारी गर्दै उद्धार र राहत कार्यलाई जोड दिन माग गरेका हुन् । ‘बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहत, घाइतेको निशुल्क उपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन र अवरुद्ध सडकहरुको मर्मत संभार गर्न समेत हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ’, वक्तव्यमा उल्लेख छ ।एकीकृत समाजवादीले सरकारी संयन्त्र र सुरक्षाकर्मीहरुसँग समन्वय गरेर उद्धार कार्यमा खटिन आफ्ना पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको छ ।...
काभ्रे ज्याम्दीमा ५० घर पहिरोको जोखिममा
समाचार, समाज

काभ्रे ज्याम्दीमा ५० घर पहिरोको जोखिममा

नेपालअखबार,काठमाडौं । गत बिहीबारदेखि भएको भारी वर्षातले काभ्रेपलाञ्चोक जिल्लामा ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढी र पहिरोमा परी घाइते भएका र सडक अवरुद्ध हुँदा तीन दिनदेखि सडकमै अलपत्र परेकालाई नेपाली सेनाको तीन वटा हेलिकप्टर मार्फत उद्धार गरिरहेको छ । तीन दिनसम्म लगातार परेको भारी वर्षातले जिल्लाका कयौँ बस्ती पहिरोमा परेका छन् । जिल्लाको मण्डनदेउपुर नगरपालिका–१२ का करिब ५० घर पहिरोमा परेर जोखिमपूर्ण अवस्थामा रहेको उपमेयर उपप्रमुख विष्णुमणि पौडेलले बताए । मण्डन देउपुर नगरपालिकाको १२ नम्बर वडा (साविक ज्याम्दी गाविस) को माथिल्लोे भेगमा भारी वर्षाका कारण जमिन धसिँदै जाँदा ५० घर जोखिममा परेको हो । केही घर भत्किएका छन् भने जमिन धसिँदै गएर पहिरोको रूप लिदा गाउँ नै विस्थापित भएको हो । बाघदेवी माध्यमिक विद्यालय नजिकै रहेको बिस्कुटे बस्तीदेखी भुम्लु गाउँपाल...
कोशी सरकारले बाढी, पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई १ लाख राहत दिने
प्रशासन, समाचार, समाज

कोशी सरकारले बाढी, पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई १ लाख राहत दिने

नेपालअखबार,विराटनगर । वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई कोशी प्रदेश सरकारले जनही १ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा आइतबार बसेको प्रदेश विपद् कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ । प्रदेश विपद् कार्यकारी समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको हो । तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने ७ जना अझै बे...
बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु
समाचार, समाज

बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु

नेपालअखबार,,काठमाडौँ । बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म ५५ जना बेपत्ता भएका छन्। १०१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ हजार ६६१ जनाभन्दा बढीको उद्धार गरिएको छ। प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ। लामो यात्रामा निस्किनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ।...
‘रेकर्ड ब्रेक’ वर्षा १४ जिल्लाका २५ वटा केन्द्रमा मापन
समाचार, समाज

‘रेकर्ड ब्रेक’ वर्षा १४ जिल्लाका २५ वटा केन्द्रमा मापन

नेपालअखबार,काठमाडौं । १४ जिल्लाका २५ वटा केन्द्रमा ‘रेकर्ड ब्रेक’ वर्षा मापन भएको छ । शनिबार काठमाडौं उपत्यकाका ९ केन्द्रको वर्षाको रेकर्ड तोडिएको सार्वजनिक भएको थियो । जल तथा मौसम विज्ञान विभागले आइतबार थप १६ केन्द्रको रेकर्ड ब्रेक वर्षाको विवरण सार्वजनिक गरेको हो । काठमाडौंको पानीपोखरी, त्रिभुवन विमानस्थल, बुढानीलकण्ठ, जितपुरफेदी र नागार्जुन, ललितपुरको गोदावरी, खुमलटार, टीकाथली, खोकना, चापागाउँ र भक्तपुरको नखेल वर्षामापन केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाका अनुसार अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, काभ्रेको खोपासी, पाँचखाल र धुलिखेलमा पनि रेकर्डब्रेक वर्षा भएको छ । त्यस्तै मकवानपुरको दामन,  नुवाकोटको ककनी, पाल्पाको बल्ड्याङगढ...