Wednesday, August 12

समाज

राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग
बैंक-बिमा, समाचार, समाज

राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग

नेपालअखबार,काठमाडौँ ।  राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका वेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए। बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताए। मन्त्रिपरिषदको सोमवारको बैठकले उक्त कोषमा १ अर्ब रुपैयाँ दाखिल गर्ने निर्णय गरेको थियो।...
तटबन्धले जोगाएको नारायणी नदी किनार बस्ती
समाचार, समाज

तटबन्धले जोगाएको नारायणी नदी किनार बस्ती

नेपालअखबार, चितवन । केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन । तटबन्ध नभएका केही स्थानबाट नदी बस्तीमा पसे पनि वितण्डा मच्चाउन पाएन । नारायणीको जलसतह मापन गर्न थालेको ६१ वर्षको अवधिमा ११ दशमलव ५४ मिटर यस अघि कहिल्यै मापन भएको थिएन । भरतपुर महानगरपालिका–१ देवघाटमा नारायणी नदीको सतह मापन नारायणी बेसिन फिल्ड कार्यालयले गर्दै आएको छ । कार्यालयका सूचना अधिकारी विशाल अधिकारीका अनुसार सन् १९६३ बाट सरु गरिएको मापनमा हालको तथ्यांक सबैभन्दा धेरै हो । सतह बढेसँगै देवघाटका वृद्धाश्रमबाट केहीलाई उद्धार गर्नु पर्‍यो । नारायणगढ बजार हुँदै पश्चिम चितवनको गोलाघाटसम्मको बस्ती उच्च जोखिममा थियो । यद्यपि नदी किनार क्षेत्रमा गरिएका तटबन्धनका कारण बाढी वस्तीमा पस्न प...
सुनसरीमा बाढीले धान बालीमा बढी क्षति
कृषि, समाचार, समाज

सुनसरीमा बाढीले धान बालीमा बढी क्षति

नेपालअखबार,इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गरेको थियो। केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै जिल्लाका अधिकांश किसानका धान खेतीमा क्षति पुर्‍याएको समाजसेवी राजकिशोर मेहताले बताए । प्रतिबिघा रु ४० हजार लगानी गरेर खेती गर्नु आमकिसानका लागि समान्य कुरा नभएको उनको भनाइ छ । देवनारायणले खेतीमा लगानी गर्दा चिन्ता लिएका थिए। थिएन् तर अहिले बाढीबाट क्षति भएपछि वर्षभरि के खाने भन्ने चिन्तामा उनी हुन्छ। उनले करिब दुई बिघामा धानखेती गर्नुभएको थियो । देवनारायणले खेतीको बिमा नगरेकाले पनि थप चिन्ता थपेको समाजसेवी मेहताले बताए । देवनारायणले घुटराज जातको धान लगाउनुभएको थियो । पाकेर भित्र्याउने बेला आएको पानीले खेतीसँगै किसानको लाखौँको लगा...
अपराह्नबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने
समाचार, समाज

अपराह्नबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने

नेपालअखबार, काठमाडौं । मंगलबार अपराह्नबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने मौसमविद्ले बताएका छन्। मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल घटस्थापनाको दिनसम्म पानी पर्ने बताउँछन्। उनकाअनुसार सोमबार अपराह्नदेखि फेरि अर्को मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गर्न लागेको हो। ‘नेपालमा अर्को केही दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने छ। हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ तर केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ,’ उनले भने। गत बिहीबारदेखि शनिबारसाँझसम्म बंगालको खाडीबाट विकास हुँदै आएको न्यूनचापीय प्रणालीका कारण घनघोर वर्षा भएको थियो। उक्त प्रणालीले देशका २५ स्थानमा यसअघिको वर्षाको रेकड ब्रेक गरेको थियो। बाहिरिने बेलामा मनसुन पुनः सक्र...
दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो
समाचार, समाज

दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो

नेपालअखबार,नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ । सडक मर्मत गरेर आज बिहान ९ः०० बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सडक मर्मतलाई निन्तरता दिई आज नै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए । सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ः०० बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए । सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत  सुरु गरेका जनाइएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।...
बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता
समाचार, समाज

बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता

नेपालअखबार, काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए। बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।...
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो
अर्थ, समाचार, समाज

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस...
चीनले बनायो एआई अस्पताल, रोबोटले गर्छन् विरामीको उपचार
प्रविधि, विदेश, समाचार, समाज, स्वास्थ्य

चीनले बनायो एआई अस्पताल, रोबोटले गर्छन् विरामीको उपचार

नेपालअखबार,काठमाडौं।आर्टिफिसियल इन्टेलिजेन्सले अर्थतन्त्र तथा जनजीवनका धेरै क्षेत्रहरुमा तरंग उत्पन्न गरिरहेको छ र त्यसमा स्वास्थ्यसेवाको क्षेत्र पनि अछुतो छैन । गतवर्ष स्टानफोर्डको एआई सहर भाइरल बन्यो, जहाँ २५ जना इन्टेलिजेन्स एजेन्टहरु बसोबास तथा सामाजिकीकरण गर्छन्। त्यसभन्दा एक कदम अघि बढ्दै चिनियाँ वैज्ञानिकहरुले एआई अस्पताल शहरको विकास गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । उक्त एआई अस्पताल सहरमा भर्चुअल विरामीहरुलाई एआई डाक्टरले उपचार गर्दछन् । यो चिकित्सा क्षेत्रका पेशाकर्मी तथा आम सर्वसाधारणका लागि निकै महत्वपूर्ण रहेको बताइएको छ । यो एआई अस्पतालले ठ्याक्कै उस्तै वातावरण (सिमुलेसन)मा डाक्टरहरुलाई तालिम दिँदै रोगको उपचारमा आफ्नो क्षमतालाई स्वचालित रुपमा निरन्तर विकास तथा सुधार गर्ने लक्ष्य राखेको छ । सिंघुवा विश्वविद्यालयका शोधकर्ताहरुले विकास गरेको उक्त आर्टिफिसियल इन्...
बाढी पहिरोमा परेर देशभर सोमबार साँझसम्म २०५ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता
समाचार, समाज

बाढी पहिरोमा परेर देशभर सोमबार साँझसम्म २०५ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता

नेपालअखबार,काठमाडौँ । बाढी पहिरोमा परेर देशभर सोमबार साँझसम्म २०५ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्। बिहीबार रातिदेखि शनिबारसम्म परेको वर्षाले आएको बाढी पहिरोमा परेर २ सय ५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ। प्रहरीको तथ्यांकअनुसार उपत्यकामा ५६, कोशी प्रदेशमा १७, मधेसमा ५, काठमाडौं उपत्यका बाहेक बागमतीमा १ सय २५, लुम्बिनीमा २ जनाले विपद्मा ज्यान गुमाएका हुन्। त्यस्तै, १३० जना घाइते भएका छन्। घाइते हुनेमा उपत्यकामा २४, कोशीमा १३, मधेसमा ८, उपत्यका बाहेक बागमतीमा ८५ छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, उपत्यकाबाट २ हजार १ सय ५५ जना, कोशीबाट २९०, बाग्मतीबाट ७४५, गण्डकीबाट ९९७ गरी ४ हजार २ सय २२ जनालाई उद्धार गरिएको छ। अहिले पनि बेपत्ता भएकाहरूको खोजिरहेको प्रहरीले बताएको छ।...
समाजवादी प्रेस सङ्गठनले सीधा कुराका सञ्चारकर्मीलाई सर्वोच्चले तोकेको सजाय सर्वोच्च अदालतले पुनरावलोकन गर्न माग
समाचार, समाज

समाजवादी प्रेस सङ्गठनले सीधा कुराका सञ्चारकर्मीलाई सर्वोच्चले तोकेको सजाय सर्वोच्च अदालतले पुनरावलोकन गर्न माग

नेपालअखबार,काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले सम्मानित सर्वोच्च अनलाइन न्युज पोर्टल सीधा कुराका पत्रकार तथा प्रकाशकलाई सर्वोच्च अदालतले तोकेको कैद सजाय त्रुटिपूर्ण भन्दै पुनरावलोकन गर्न माग गरेको छ । अध्यक्ष विश्वमणि सुवेदीले सोमबार विज्ञप्ति जारी गर्दै उक्त न्युज पोर्टलका कार्यकारी सम्पादक नवीन ढुङ्गाना, प्रकाशक युवराज कँडेल एवं र सूचनादाता राजकुमार तिमिल्सिनालाई कैद सजाय तोकेको विषयमा सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सजाय पुनरावलोकनको माग गरेका हुन् । ‘हामी सर्वोच्च अदालतलाई आफ्नो त्रुटिपूर्ण आदेश पुनरावलोकन गर्न जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । सुवेदीले नक्कली अडियो उत्पादक व्यक्तिमाथि हदैसम्मको दण्ड हुनुपर्ने कुरामा विमति नरहेको तर, पत्रकार आचारसंहिताको अनुगमन गर्न राज्यले स्थापना गरेको निकायलाई समेत नजरअन्दाज गर्दै सिधै सर्वोच्च अदालतले पत्रकारलाई कैद एवं जरिव...