Wednesday, August 12

समाज

मौसम अनुकुल भएसँगै नियमित उडान सुरु
समाचार, समाज

मौसम अनुकुल भएसँगै नियमित उडान सुरु

नेपालअखबार,काठमाडौं  ।मौसम अनुकुल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाइ सेवा सञ्चालन भएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आइतबार राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ आईएफआर प्रणालीमा उडान अनुमति दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार ४००भन्दा बढी उडान रद्द भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १५० देखि १६० उडान हुने गरेका छन्। सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ। यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो।  ...
धादिङको झ्याप्लेखोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला
समाचार, समाज

धादिङको झ्याप्लेखोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला

नेपालअखबार,काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त बसबाट ३ जनाको शव निकालिएको छ । सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उक्त बस गोरखाको लापुबेसीबाट छुटेको आंशका गरिए पनि यकिन भने भएको छैन । झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा अहिले खोजी कार्य भइरहेको उनले बताए । गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस शुक्रबारदेखि सम्पर्कमा रहेको छैन । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए । उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उनले बताए । ‘शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्...
आज दिउँसो सर्वदलीय बैठक बस्ने
समाचार, समाज

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नेपालअखबार,काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ । अहोरात्र  सुरक्षाकर्मीहरु उद्धार, खोज, राहत ...
बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध
समाचार, समाज

बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध

नेपालअखबार, काठमाडौँ । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।...
मुस्ताङमा बाढीले १३ किलोमिटर सडकमा क्षति पुर्‍यायो
समाचार, समाज

मुस्ताङमा बाढीले १३ किलोमिटर सडकमा क्षति पुर्‍यायो

नेपालअखबार,मुस्ताङ। दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङमा क्षति पुगेको छ। झरीका कारण सडक, नदी नियन्त्रण आयोजना र खेतीबालीमा बाढी पसेर क्षति पुगेको हो । बेनी–जोमसोम–कोरला सडकको जोमसोम–छुसाङ र कागबेनी–मुक्तिनाथ सडकमा पाखोबाट गेग्रानसहितको बाढी आएर भत्काएको छ। पहिरोले यसै हप्ता कालोपत्र भएको १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडकमा क्षति पुर्‍याएको वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिए । शनिबार दिनभर जोमसोम–कोरला र कागबेनी मुक्तिनाथ सडक अवरुद्ध हुँदा स्थानीयवासी, सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवतजावत गर्न समस्या भएको थियो। बेनी–जोमसोम–कोरला सडक आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजरको सहायतामा अवरुद्ध सडक खुलाएको प्रवक्ता गुरुङले बताए। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फलेक...
बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु
समाचार, समाज

बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ । यस्तै, दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।...
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
समाचार, समाज

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

नेपालअखबार, सुनसरी । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।  कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए । इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए । हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएको उनले बताए। करेन्ट लागेर मृत्यु बराहक्षेत्र नगरपालिका–४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नो सवारी साधन ‘सिटी सफारी चार्ज’गर्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय भिखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए । विद्युत् ‘सर्ट’ भई निजको घटनास्थलमा नै मृत्यु भएको हो ।...
बाढी हेर्न खोलामा गएका दुई जनालाई बगायो
समाचार, समाज

बाढी हेर्न खोलामा गएका दुई जनालाई बगायो

नेपालअखबार, महोत्तरी । बाढीको चपेटामा परी महोत्तरीका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए । यसैबिच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् ।...
भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
प्रशासन, शिक्षा, समाचार, समाज

भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

नेपालअखबार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन्। मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ । भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन समेत अनुरोध गरेको छ। भारी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानका कारण देशभ...
बाढीपहिरोका घाइतेलाई नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
प्रशासन, समाचार, समाज, स्वास्थ्य

बाढीपहिरोका घाइतेलाई नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालअखबार,काठमाडौँ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर घाइते भएकाहरुको नि:शुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्काल तथा विपद् व्यवस्थापन युनिटका प्रमुख डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको निशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिइएको बताए । विज्ञप्ति अनुसार सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूलाई आपतकालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याका बारेमा जानकारी प्रदान गर्नका लागि हटलाईन नम्बर सार्वजनिक गर्न पनि भनिएको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीयतहका द्रूत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा रहन पनि भनिएको छ । केहि दिन देखि नेपालको अधिकांश क्षेत्रमा मौसममा बदलाव आई मेघ गर्जन/ चट्याङ्ग/ हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प...