लेबनन र सिरियामा एकसाथ सयौं ‘पेजर’ विस्फोट
नेपालअखबार, काठमाडौँ लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार अपराह्न सयौं 'पेजर' हरू एकसाथ विस्फोट भएका छन्।
बिबिसीका अनुसार विस्फोटमा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उग्रवादी समूह हिजबुल्लाहका सदस्यहरू र एक बालिका छन्।
घटनामा २ हजार सात सय पचास जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर भएको लेबननका स्वास्थ्य मन्त्री फिरास अबियादले जानकारी दिएका छन्।
घाइते हुनेमा इरानी राजदूत पनि छन्। इरानको सरकारी सञ्चालित आइआरएनए समाचार एजेन्सीका अनुसार राजदूत मोजताबा अमानीलाई विस्फोट भएको पेजरले सामान्य चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि लेबननको सीमा क्षेत्रमा तनाव बढेको छ। हिजबुल्लाहले यो घटनामा इसराइललाई दोषी ठहर्याएको छ र कारबाहीको चेतावनी दिएको छ। इसराइली सेनाले भने यसबारे कुनै टिप्पणी गरेको छैन।
हिजबुल्लाहका नेता हसन नस...









