विभिन्न स्थानमा १० जना मृत फेला
नेपालअखबार, काठमाडौँ । मोरङ, महोत्तरीलगायत देशका विभिन्न स्थानमा १० जना मृत अवस्था फेला परेका छन् ।
मोरङ, बुढीगंगा गाउँपालिका-६ सन्दुवा बस्ने ७५ वर्षीय मदनलाल चौधरी सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङकै बिराटनगर महानगरपालिका-१७ दशगजास्थित रानी भन्सार कार्यालय पछाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी, मटिहानी नगरपालिका-१ धिरापुरस्थित बिगही खोलामा सोही नगरपालिका-९ सिमरदही बस्ने ४५ वर्षीय परिक्षण मल्लिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, धुलिखेल नगरपालिका-७ हुड्का डेरा गरी बस्ने ४० वर्षीया उमा बोगटी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुर्खेत, भेरिगंगा नगरपालिका-६ दहस्थित देवधन राईस मिलमा सोही नगरपालिका-७ बस्ने ४२ वर्षीय दिप बहादुर खड्का शनिबार मृत अवस्...










