Friday, August 14

समाज

५ जना मृतावस्थामा फेला
समाचार, समाज

५ जना मृतावस्थामा फेला

नेपालअखबार, काठमाडौं । बिहीबार विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको धोबिघाट बस्ने खोटाङ बाह्रपोखरी गाउँपालिका-३ घर भएका ६२ वर्षीय अशोक विक सोही महानगरपालिकास्थित पिपलबोट नजिक सडकको पेटीमा मृतावस्थामा फेला परेका छन् । यसैगरी पर्साको वीरगंज महानगरपालिका-१६ स्थित सडक पेटीमा वीरगंज महानगरपालिका-१९ घर भई वीरगंज रानीघाट डेरा गरी बस्ने २८ वर्षीय नन्दकिशोर साह सोनार मृतावस्थामा फेला परेका छन् । यसैगरी गोरखाको अजिरकोट गाउँपालिका-५ तानतले जंगलमा पनि पालुङटार नगरपालिका-१० लप्सीचौर बस्ने ७५ वर्षीय मंगल कोईराला मृतावस्थामा फेला परेका छन् । यसैगरी सर्लाहीको बरहथवा नगरपालिका-११ हिरापुर ब्यारेजस्थित मनुषमरा सिंचाई २ नम्बर पुलको मुनी पानीमा सोही ठाउँ बस्ने ६० वर्षीय शंकर दास मृतावस्थामा फेला परेका छन् । यसैगरी चितवनको भरतपुर महानगरपालिका...
आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार
कृषि, समाचार, समाज

आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

नेपालअखबार,बागलुङ । आर्थिक वर्ष २०८०–८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ । आलुको उत्पादन बढाउन यान्त्रिकीकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी यस वर्ष केन्द्रको बजेट आलु प्रवर्द्धन कार्यक्रममा केन्द्रित गरेर दुई हजार सात सय ६३ रोपनीमा आलु उत्पादन गरी  बजारीकरण गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए । कृषकलाई उन्नत जातको आलुको बीउ र खेती गर्ने प्रविधि हस्तान्त...
ज्यादुल खोलाको डाइभर्सन पुल बाढीले बगायो, आरुघाट सडक अवरुद्ध
समाचार, समाज

ज्यादुल खोलाको डाइभर्सन पुल बाढीले बगायो, आरुघाट सडक अवरुद्ध

नेपालअखबार, गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको  डाइभर्सन पुलमा बाढीले क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए। गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो। भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ। पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। ‘सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न ...
पहिरोमा परी गम्भीर घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार
प्रशासन, समाचार, समाज

पहिरोमा परी गम्भीर घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार

नेपालअखबार, सुर्खेत । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा ४ जना घाइते भएका छन् । गए राति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा ४ जना गम्भीर घाइते भएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई थप उपचार गर्न आज कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ । कुशे गाउँपालिका–८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा तथा उहाँकी चार वर्षीया छोरी इस्तिका थापा र १७ वर्षीया छोरी निर्माया थापा रहेका छन् । उनीहरुको शरीरमा गम्भीर चोट लागेको उनले बताए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष सिंहले बताए । मनसुन सक्रिय भएसँगै वडामा एक सय ५० भन्दा बढी ठाउँमा पहिरो गए...
सबैया साझेदारी वन अतिक्रमणमा
समाचार, समाज

सबैया साझेदारी वन अतिक्रमणमा

नेपालअखबार, वीरगञ्ज । पर्साको सबडिभिजन वन कार्यालय सबैया मातहत पर्ने करिब ३५ हेक्टर वन अतिक्रमणमा परेको छ। पर्सागढी नगरपालिका–३ झाला टोलका स्थानीयले २० हेक्टर तथा वीरगञ्ज महानगरपालिका–३२ रामवनका बासिन्दाले १५ हेक्टर वन क्षेत्र कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसेका छन्। सबैया साझेदारी वन व्यवस्थापन समूहका पूर्वअध्यक्ष लखनलाल साहले सबैया साझेदारी वनअन्तर्गत दुई ठाउँमा वन अतिक्रमण गरिएको जानकारी दिए। सबडिभिजन कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा  सर्वसाधारणले वन अतिक्रमण गरिरहेको उनको भनाइ छ । विगतमा यहाँ साझेदारी र सबडिभिजन कार्यालयले गस्ती गर्ने गरेको थियो। ‘आठ महिनादेखि साझेदारी वन व्यवस्थापन समूह नेतृत्वविहीन छ, अतिक्रमण रोक्न कतैबाट सहयोग मिलेको छैन्,’ पूर्वअध्यक्ष साहले भने। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले वन अतिक्रम रोक्न पहल भइरहेको बताए। डिभि...
बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु
विदेश, समाचार, समाज

बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु

नेपालअखबार, ढाका । बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । यो घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ । बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो । आलोचकहरू भन्छन् कि यो आरक्षण प्रणालीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका सन्तानहरूलाई अनुचित रूपमा फाइदा पुर्‍याउनेछ। शेख हसिना जनवरी महिनामा लगातार चौथो निर्वाचनमा विजयी भएकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन्। बंगलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध विगत केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ । केही सातासम्म चलेको विरोधपछि सन् २०१८ देखि यो भर्ना प्रणालीमा प्...
गाजामा इजरायली हमला, कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु
विश्व, समाचार, समाज

गाजामा इजरायली हमला, कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु

नेपालअखबार,गाजा । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा धेरै मानिसहरू घाइतेसमेत भएका छन् । यीमध्ये एउटा ठुलो हमला दक्षिणी सहर खान युनुसमा भएको थियो भने अर्को आक्रमण मध्य गाजामा भएको थियो। यद्यपि, इजरायली सेनाले दुवै आक्रमण प्यालेस्टिनी सशस्त्र समूहहरूलाई लक्षित गरेको र यसले सर्वसाधारणको मृत्युको रिपोर्टलाई निगरानी गरिरहेको बताएको छ। इजरायलले पछिल्लो ९ महिनामा आफ्नो हवाई आक्रमण र स्थलगत कारबाहीमा १४ हजार हमास अतिवादी मारिएको दाबी गरेको छ ।...
मुगुमा भूकम्पको धक्का
समाचार, समाज

मुगुमा भूकम्पको धक्का

नेपालअखबार, काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन ।
पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग
समाचार, समाज

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग

नेपालअखबार, पोखरा । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिसा बाँस्तोला र हिरा नेपालीको परिवारलाई सहयोग गरिएको हो । तीनै जनाको परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । डिष्ट्रिक्ट गभर्नर मिलन थापा सहितको टोलीले मंगलबार मृतकका परिवारसँग भेटघाट गरेर सो रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै डिष्ट्रिक्ट गभर्नर थापाले जहाँ दुःख, जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मूल मन्त्रअनुसार दुःखमा रहेका तीन जना मृतकको परिवारलाई मलम पट्टी हुन्छ भन्ने हेतुले रकम हस्तान्तरण गरिएको बताइन् । उनले अनिसा बाँस्तोलाका छोराको उच्च शिक्षाको लागि आफ्नो तर्फबाट सहयो...
मुस्ताङमा एक वर्षमा आए ४ लाख २७ हजार पर्यटक
पर्यटन, समाचार, समाज

मुस्ताङमा एक वर्षमा आए ४ लाख २७ हजार पर्यटक

नेपालअखबार,म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्याङ्क तथा विवरण राख्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार तीन सय ७४ वटा सवारी साधनमार्फत चार लाख २७ हजार दुई सय ७१ जना पर्यटक भित्रिएका जानकारी दिए । तीन लाख १८ हजार आठ सय १४ जना आन्तरिक, ९९ हजार दुई ७६ जना सार्क राष्ट्रका र नौ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका उनले बताए । आर्थिक वर्ष २०७९÷८० मा ६२ हजार तीन सय ४० वटा सवारी साधनमार्फत तीन लाख ७९ हजार सात...