Wednesday, July 1

समाज

निर्वाचन आचारसंहिता स्वीकृत
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

निर्वाचन आचारसंहिता स्वीकृत

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरुबारे सार्वजनिक जानकारी गराएको छ। आयोगको वेबसाइटमा आज प्रकाशित आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचारसंहितामा विगतमा झैँ कतिपय बुँदालाई परिमार्जन गरी नयाँ आचारसंहिता तयार गरेको हो। आयोगले आचारसंहिताको मस्यौदामा प्राप्त सुझावलाई समेटेर स्वीकत गेरको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थ...
मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
अपराध, समाचार, समाज

मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

नेपालअखबार, विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०:३० बजेतिर प्रहरीलाई देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई भारतीय भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो । प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ ।मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको पुष्टि गरे ।...
झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार
समाचार, समाज

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

नेपालअखबार,झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ । आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए । आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले रु ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने पुँजीगततर्फ रु ३२ लाख ६६ हजार ३४८ आम्दानी गरेको छ । शाखाको समग्र सम्पत्ति रु दुई करोड २६ लाख ७१ हजार ११८ रहेको र आश्रमको अक्षयकोषमा रु दुई लाख ५२ हजार ८८०, नगद मौज्दात रु २१ हजार १८९...
खरबारी सुन्तला बगैँचामा परिणत
कृषि, समाचार, समाज

खरबारी सुन्तला बगैँचामा परिणत

नेपालअखबार,म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रुपान्तरण गरिएको हो । सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ । अगुवा किसान ओम गिरीले विगतमा खाद्यबाली लगाउने र पशुका लागि खरघाँस पाइने खरबारी रहेको पाखोमा स्थापना गरेको सुन्तलाले उत्पादन दिन थालेपछि अवस्था फेरिएको बताए । “पाँच सय सुन्तलाका बोट भएको मेरो बगैँचाबाट यसपालि करिब रु ११ लाखको सुन्तला बिक्री भयो”, उनले भने, “पहिले एक पाथी कोदो फल्ने बारीको पाटामा लगाएको सुन्तलाबाट रु एक लाख आम्दानी भयो ।” गिरीका अनुसार सुन्तलाले बजार पाउन थालेपछि पछिल्लो समय घरवरपरको पाखोमा खरबारीमा झाडी फाडेर पनि बगैँचा विस्तार गर्ने क्रम बढेको छ । भेडाबा...
रुकुम पश्चिमकाे चौरजहारीमा घरको जग खन्ने क्रममा सकेट बम फेला
समाचार, समाज

रुकुम पश्चिमकाे चौरजहारीमा घरको जग खन्ने क्रममा सकेट बम फेला

नेपालअखबार,रुकुमपूर्व । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ। स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम फेला परेको हो। जग खन्ने क्रममा जमिन मुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए। लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु  सकेट बम  जस्तो देखिएको छ। ‘स्थानीयको सूचना पाउनासाथ हाम्रो टोली पुगेर घटनास्थललाई सुरक्षित घेरामा राखेको छु’, पुनले भने । उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको छ। राति भइसकेकाले सुरक्षा...
तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग
समाचार, समाज

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

नेपालअखबार,पोखरा । तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ। तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो। औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ निसिखोलाका राज लोप्चन तामाङ, रुपा २ का डिलबहादुर गुरुङ, पोखरा २९ की मिना नेपाली, खिलाङ गुरुङ समाजका भेषराज गुरुङ खिलाङ गुरुङ, स्याङजा गल्याङकी कलावती पौडेल, ताङतिङ दुधपोखरी तमु समाजकी संगिता गुरुङ र हिमाली गुरुङ परिवार लमजुङ इलमपोखरीकी ड...
मुस्ताङ भन्सारबाट ११ अर्बको समान निकासी पैठारी
अर्थ, समाचार, समाज

मुस्ताङ भन्सारबाट ११ अर्बको समान निकासी पैठारी

नेपालअखबार,मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।  कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएदेखि हालसम्म यहाँको कोरला नाका हुँदै चीनतर्फबाट रु १० अर्ब ८२ करोड ९८ लाखको मालवस्तु नेपाल भित्रिएको बताए । यसैगरी नेपालबाट हस्तकलालगायतका नेपाली उत्पादन रु १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु यहाँको भन्सार कार्यालयमा जाँचपाँस भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । कोरला नाकाबाट हालसम्म दुई हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपा...
विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने
समाचार, समाज

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

नेपालअखबार,काठमाडौँ । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ । नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् । प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन । प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा लाइनको सुरक्षित सञ्चालन...
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
कृषि, समाचार, समाज

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

नेपालअखबार, मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव तथा फुड फेस्टिबल हुने भएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए । प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहने उनले जानकारी दिए । महोत्सवमा इच्छाकामनाका १०० जना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने तथा स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको छ । महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तक्र्रिया...
हुम्लामा आगलागी हुँदा दुई जना घाइते, पाँचवटा घरमा क्षति
समाचार, समाज

हुम्लामा आगलागी हुँदा दुई जना घाइते, पाँचवटा घरमा क्षति

नेपालअखबार,हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन्। आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए। गए राति लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको थियो। आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन्। घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ। आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ। क्षतिबारे आँकलन गर्न नसकिएको  आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताए। स्थानीयको पहलमा आगो निभाइएको उनले बताए। अगालागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए। 'अहिले आगो निभाइसकिएको छ,' उनले भने। घाइतेको ...