Monday, April 27

समाज

चार महिनामा १६ हजार पर्यटक मनाङमा
पर्यटन, समाचार, समाज

चार महिनामा १६ हजार पर्यटक मनाङमा

नेपालअखबार,काठमाडौं ।  चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन्। मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन्। इसरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन्।...
प्रधानमन्त्री र दुर्गा प्रसाईंबिच मंसिर २२ गते वार्ता हुने
समाचार, समाज

प्रधानमन्त्री र दुर्गा प्रसाईंबिच मंसिर २२ गते वार्ता हुने

नेपालअखबार,भक्तपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारसँग औपचारिक वार्ताको मिति तय भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले शुक्रबार गृहमन्त्री ओम प्रकाश अर्यालसँग भएको संवादपछि आगामी मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने मिति तय भएको जानकारी दिएका हुन् । प्रसाईंले आफूलाई गृहमन्त्रीले वार्ताका लागि बोलाएको र प्रधानमन्त्री पनि आफूले उठाएका मागप्रति सकारात्मक रहेको दाबी गरे। उनले भने, 'गृहमन्त्रीज्यूले बोलाउनुभयो, प्रधानमन्त्रीको तर्फबाट पनि मेरा मागहरू जनजीविकाका सवालमा महत्वपूर्ण छन् भन्ने सन्देश आएको छ। मेरो स्वास्थ्यमा केही समस्या देखिएकाले उपचार र विश्रामपछि २२ गते वार्तामा बस्ने सहमति भएको छ।' आफूले उठाएका मागहरू आफ्नो व्यक्तिगत नभई देश, जनता र सर्वहारा वर्गको भएको भन्...
तीन वर्षमा तीन पटक म्याद थप हुँदा पनि स्वास्थ्य चौकी भवन अधुरै
समाचार, समाज, स्वास्थ्य

तीन वर्षमा तीन पटक म्याद थप हुँदा पनि स्वास्थ्य चौकी भवन अधुरै

नेपालअखबार,बागलुङ। एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन। साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छन्। निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ। अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ। संघीय  सरकारको विशेष अनुदानमा निर्माण थालिएको भवन अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ। विसं २०७९ माघ ६ गते एक वर्षमा सक्ने गरी निर्माण थालेको भवन अझै सम्पन्न हुन नसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए। उनका अनुसार दुई पटक थपेको म्यादसमेत अहिले सकिएकाले भवन निर्माणमा अझै अन्योलता छाएको छ। ‘एक वर्षमा सकिने भवन तीन वर्षमा सक...
सवारी दुर्घटनामा कालीकोटका पत्रकार आचार्यको मृत्यु
दुर्घटना, समाचार, समाज

सवारी दुर्घटनामा कालीकोटका पत्रकार आचार्यको मृत्यु

नेपालअखबार,सुर्खेत । सवारी दुर्घटनामा परी कालीकोटका पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। ‎ गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीमा भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइयको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आचार्य कालिकोटको ताडीस्थित रेडियो तिला आवाजका सञ्चालक तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष हुन् । वीरेन्द्रनगरको मूलपानीबाट चोकबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेक...
समाजवादी प्रेस सङ्गठनले गर्‍यो वाम पार्टीहरूबिचको एकताको स्वागत
समाचार, समाज

समाजवादी प्रेस सङ्गठनले गर्‍यो वाम पार्टीहरूबिचको एकताको स्वागत

नेपालअखबार,काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले  नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) लगायतका विचार मिल्ने वामपार्टीहरूबीच भएको एकताको स्वागत गर्दै श्रमजीवी पत्रकारको पेसागत सुरक्षा तथा पेसागत हकहितका विषयलाई अझ सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको छ । विचार मिल्ने पार्टीहरूबिच भएको एकतालाई सङ्गठनले सकारात्मक रूपमा लिने निर्णय गर्दै एकताको स्वागत गरेको हो । सङ्गठनको अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यालय बैठकले सङ्गठन बाहिर रहेका र अन्य प्रगतिशील पत्रकारहरूलाई पनि यो अभियानमा जोडिन आह्वान गरेको हो ।   वाम शक्तिबिच सुरु भएको ध्रुवीकरण प्रक्रियालाई सहज ढङ्गले लिने र त्यसका लागि आवश्यक वातावरण बनाउने निर्णय गरेको बैठकले एकताबद्ध भएका पार्टीका भातृ सङ्गठनहरूबिच हुने एकीकरण सम्मानजनक हुनुपर्ने निर्णय गरेको छ । मुलुकमा विद्यमान समस्या समाध...
औषधि व्यवस्था विभागमा व्यवसायीहरूको धर्ना
समाचार, समाज

औषधि व्यवस्था विभागमा व्यवसायीहरूको धर्ना

नेपालअखबार,काठमाडौं । औषधि व्यवसायीहरूले औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै औषधि व्यवस्था विभागमा विभागमा धर्ना दिएका छन् । शुक्रबार नेपाल व्यवसायी महासंघको अगुवाइमा व्यवसायीहरूले म्याद सकिनुअघि नवीकरण नगरे शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनमा इजाजतपत्र, प्रमाणपत्र स्वतः रद्ध हुने जस्ता प्रावधानहरू खारेज गर्न माग गर्दै विभाग अगाडि धर्ना दिएका हुन् । प्रशासनिक वा प्राविधिक कारणले ढिलो भएको नवीकरणलाई कमजोरीको रूपमा लिई सहज समाधानका रुपमा सम्बोधन गर्ने व्यवस्था तत्काल लागु गर्न उनीहरूको माग छ । नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाका महासचिव शुभमन श्रेष्ठले लामो समयसम्म औषधि व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारले चासो नदिएको कारण धर्नामा बस्नु परेको बताए । उनले औषधि ऐनमा आवश्यक संशोधन गरी औषधि व्यवसायीको संरक्षण, सहज व्यावसायिक ...
श्रीलंकामा केही वर्षयताकै भीषण वर्षा– बाढीपहिरोले ५६ जनाको मृत्यु, ४४ हजार प्रभावित
विदेश, समाचार, समाज

श्रीलंकामा केही वर्षयताकै भीषण वर्षा– बाढीपहिरोले ५६ जनाको मृत्यु, ४४ हजार प्रभावित

नेपालअखबार,काठमाडौँ ।  यो साताभरि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले श्रीलंकामा कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन्। यसलाई पछिल्ला वर्षहरूमा देखिएका सबभन्दा भीषण मौसम विपदमध्ये एक मानिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले लेखेको छ। श्रीलंकाको चियाबारी क्षेत्र बडुल्लामा रातारात गएको पहिरोले घर बगाउँदा २१ जनाको ज्यान गएको स्थानीय प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ। सामाजिक सञ्जालमा आएका भिडिओमा बाढीको भेलले घरहरू बगाउँदै गरेका देखिन्छन्। देशभर अधिकांश रेल सेवा पनि स्थगित गरिएको छ। यसैबीच, श्रीलंकाको पूर्वी तटनजिकै चक्रवात सर्ने क्रममा रहेकाले शुक्रबार थप खराब मौसम आउने चेतावनी दिइएको छ। यो चक्रवात भारततर्फ सर्दै जाने अनुमान गरिएको छ। बिबिसीका अनुसार श्रीलंकामा नदीहरूको सतह लगातार बढ्दै गएको छ। प्रकोप व्यवस्थापन केन्द्रले तल्लो भूभागमा बस...
कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेसीमा झरेनन् माथिल्लो मुस्ताङी
समाचार, समाज

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेसीमा झरेनन् माथिल्लो मुस्ताङी

नेपालअखबार,काठमाडौं । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो। हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे। माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ। नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे। अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो। अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टीट्यांकी र सिँचाई कुलोसमेत बरफ बनेर जम्ने गर्छ। यसरी हिउँदयाममा अत्यधिक चिसो र हिमपातले जनजीवन कष्टकर हुने र हिउँदयाममा कुनै काम गर्न नसकिने भएकाले त्यहाँका...
बेनी–पाखापानी सडक : किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र हुँदै
समाचार, समाज

बेनी–पाखापानी सडक : किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र हुँदै

नेपालअखबार, म्याग्दी । बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो । बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ । वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।...
हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो
विदेश, समाचार, समाज

हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो

नेपालअखबार,काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ । सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन् । सम्बन्धित अधिकारीहरूले प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको आशंका गरेका छन्, तर एकिन कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ । आगलागी शहरको घना जनसंख्या भएको क्षेत्रमा रहेका आवासीय भवनमा बुधबार मध्यराततिर सुरु भएको थियो । आगलागी भएका ती बहुतले भवनहरुमा विदेशी कामदारदेखि स्थानीयसम्म दर्जनौं परिवार बसोबास गर्दै आएका थिए । घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । आगलागीबाट विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशा...