Wednesday, May 6

समाज

बझाङमा भूकम्पको धक्का
समाचार, समाज

बझाङमा भूकम्पको धक्का

नेपालअखबार, काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
कालिकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, तीन गम्भीर घाइते
समाचार, समाज

कालिकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, तीन गम्भीर घाइते

नेपालअखबार, सुर्खेत। कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ। शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जानकारी दिए। उनका अनुसार बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका-१० बस्ने ४ वर्षीया झरना थापा र सोही ठाउँकी ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको रिमालले बताए। उनका अनुसार झरनाको थापाको घटनास्थलमै मृत्यु भएको हो। यता सरस्वतीको भने सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ११:४०मा मृत्यु भएको डिएसपी रिमालले बताए। घटनामा तीन जना गम्भीर घाइते समेत छन्। सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना घाइते छन्। कमलको दाहिने हात र दुबै खुट्टा भाँचिएको छ।  मुस्कानको दाहिने खुट्टामा गहिरो चोट छ भने दर्श...
घरमै लडेर बेहोस भएका गोरखा-५ का वडाध्यक्ष रानाको निधन
समाचार, समाज

घरमै लडेर बेहोस भएका गोरखा-५ का वडाध्यक्ष रानाको निधन

नेपालअखबार, गाेरखा। गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर मृत्यु भएको हो। नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। राना एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थियो। वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी भएका थिए। उनी एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवा संघको नेपालका केन्द्रीय सचिवालय सदस्यसमेत थिए। रासस...
पल शाहले कारागारमै लगाए भाइटीका
समाचार, समाज

पल शाहले कारागारमै लगाए भाइटीका

नेपालअखबार, तनहुँ।  कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए । शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो । शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ । रासस...
अल्बाट्रोसले कात्तिक १२ गते पोखराको प्याराडिसोमा प्रस्तुती
समाचार, समाज

अल्बाट्रोसले कात्तिक १२ गते पोखराको प्याराडिसोमा प्रस्तुती

नेपालअखबार, पोखरा ।  युवाहरुमाझ चर्चित रक व्याण्ड अल्बाट्रोसले पोखरामा आफ्नो प्रस्तुती दिने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा कात्तिक १२ गते साँझ लाइभ कन्सर्ट हुदैछ । मध्यरातसम्म चल्ने कार्यक्रमको टिकट अग्रिम बुकिङका १ हजार, डोरसेलमा १५ सय रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन सकिने बताए । उनले अग्रम टेबल बुकिङ समेत गर्न सकिने बताए । ‘अल्बाट्रोस निकै चर्चित व्याण्ड हो,’ उनले भने ‘धेरैको चाहाना उनीहरुको प्रस्तुती हेर्ने हुन सक्छ, त्यसै बेलैमा टिकट नलिनेले नपाउन पनि सक्छ ।’ प्रस्तुती हेर्न करिब एक हजार जना भन्दा बढि आउने उनले बताए । अहिले प्याराडिसोको क्षमता बढाएर अझ आक्रषक बनाएको बताए । अल्बाट्रोसको रक म्यूजिकमा झुम्मिने दर्शक रोजाइमा पर्ने गर्दछ । प्या...
पूर्वी नवलपरासीमा २  जना मृत फेला
समाचार, समाज

पूर्वी नवलपरासीमा २ जना मृत फेला

नेपालअखबार, नवलपरासी। पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । यस्तै गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए । रासस...
चितवनमा डेङ्गु सङ्क्रमित २ हजार नाघे
समाचार, समाज, स्वास्थ्य

चितवनमा डेङ्गु सङ्क्रमित २ हजार नाघे

नेपालअखबार, भरतपुर । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भ...
आज छठपर्व विधिवतरुपमा सुरु, ‘नहाय–खाय’
धर्म/संस्कृति, समाचार, समाज

आज छठपर्व विधिवतरुपमा सुरु, ‘नहाय–खाय’

नेपालअखबार, महाेत्तरी। महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । यसअघिका दुई वर्ष कोराना (कोभिड–१९) सङ्क्रमण सन्त्रासले धक खोलेर पर्व मनाउन नपाइएको सम्झँदै यसपालि ...
मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार
समाचार, समाज

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

नेपालअखबार, जोमसोम (मुस्ताङ) । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू-परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भीड लाग्ने गरेको छ । खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताए । सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङलगायत...
‘देउसी-भैलीमा न मौलिकता छ, न सिर्जना नै’
समाचार, समाज

‘देउसी-भैलीमा न मौलिकता छ, न सिर्जना नै’

नेपालअखबार,  जुम्ला । हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहार (दीपावली)मा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ। यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ। यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो। यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ। सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक शैलीबाट देउसीभैली खेलेको देखिन्छ। हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो। यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो। विडम्बना! अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ। देउस...