Monday, May 4

समाज

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग
समाचार, समाज

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

नेपाल अखबार, झापा । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा गरेर झट्का मेसिन प्रयोग गरेको हो । भारतको गुजरातबाट खरिद गरेर ल्याइएको झट्का मेसिनले मुख्य प्रसारण लाइनबाट प्राप्त हुने विद्युत्को ‘एसी’ प्रवाहलाई ‘डिसी’मा परिवर्तन गरिदिन्छ । त्यही ‘डिसी’ विद्युत् तारको घेराबेरामार्फत प्रवाह गरी हात्तीलाई गाउँतिर पस्न रोक्ने गरिएको छ । सामुदायिक वनका अध्यक्ष हिरा पोखरेलका अनुसार हात्ती रोक्न यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र लहानमा झट्का मेसिनको प्रयोग गरिँदै आएको छ । कुनैकुनै बेला घेराबेराको खम्बा कुल्चिएर र नाघेर हात्ती गाउ...
बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता
समाचार, समाज

बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

नेपाल अखबार, रौतहट । बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ रंगपुर साझेदारी वन क्षेत्रमा बाघले दुुईजना माथि आक्रमण गरेको हो । चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जङ्गल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मङ्गलबार साँझ ७ बजेको समयमा जङ्गल गएका गाँउलेहरुलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाघको आक्रमणमा परेर चन्द्रपुर–६ का ३० वर्षका अशोक थापा र ३४ बर्षका प्रविण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् । घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।...
कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै
अर्थ, समाचार, समाज

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै

नेपाल अखबार, काठमाडाैं। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस र माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिए । उनले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात/आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिए । उनले कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन/चार महिना धकेलिन सक्ने सङ्केत गरेको बताए । उनले भने, “एचआरडीसँग हामी सम्पर्कमै छौँ । सहज हुनेबित्तिक...
पोखराका घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री
शिक्षा, समाचार, समाज

पोखराका घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री

नेपाल अखबार, पोखरा । पोखरा–१७ पार्दीस्थित ज्येष्ठ नागरिक बैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिलाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामाग्री वितरण गरेको छ । साँझ विहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसप कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । लायन्स क्लबका डिष्ट्रिक गभर्नर मानबहादुर रोकाहाले श्रमिक बालकलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै लायन्सले विशेष गरी पछिल्लो समय बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । क्लबले कार्पेट, शैक्षिक सामाग्री र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरणसंगै एक लाख रुपैयाँ भन्दा बढीको सहयोग गरेको हो ज्येष्ठ नागरिक बैदिक सनातन (वेद...
मास्क सिलाउन व्यस्त महिला
अर्थ, समाचार, समाज

मास्क सिलाउन व्यस्त महिला

नेपाल अखबार, बनेपा । धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्ममा उहाँले करिब ७०/८० सम्म मास्क सिलाउनुहुन्छ । एक हप्ता अगाडिदेखि उहाँले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आउनुभएको छ । यसअघि उहाँले पुनः प्रयोगमा ल्याउन मिल्ने स्यानेटरी प्याड सिलाउने गर्नुहुन्थ्यो । पछिल्लो समयमा कोरोना कोभिड–१९ का कारण मास्कको माग बढी भएपछि अहिले मास्क सिलाउने काममा लागिरहनुभएको हो । धुलिखेल उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा मास्क उत्पादनको कार्यलाई अगाडि बढाएपछि उहाँ मास्क सिलाउने काममा व्यस्त हुनुहुन्छ । पहिला पनि सिलाइ नै गरिरहनुभएकी उहाँले उद्योग वाणिज्य सङ्घले मास्क उत्पादन गर्न सिलाइको काम थालनी गरेपछि त्यतातिर लागेको बताउनुभयो । धुलिखेल नगरपालिका–७ का यशोधा श्रेष्ठ उत्पादन गरेको मास्क फिनिसिङ गर्ने र प्याकिङ गर्ने काम गर्नुुहुन्छ । ...
पोखराका  युवा सीप सिक्दै आत्मनिर्भर बन्दै
समाचार, समाज

पोखराका युवा सीप सिक्दै आत्मनिर्भर बन्दै

जमुनावर्षा शर्मा ,पोखरा । छ महिनाअघि न्युजिल्यान्ड जान ठीक्क पर्नुभएकी पोखरा महानगरपालिका–११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा–५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै हुनुहुन्छ । कोरोना भाइरसको महामारीका कारण विदेश जाने योजना रोकिएपछि एक महिना वरिष्ता तालीम लिएर सीपयुक्त बन्नुभएकी नेपालीको दैनिकी पारखीहरुलाई कफी तयार गर्दै बित्छ । आफूले नसोचेको व्यावसायिक यात्रा अघि बढेपछि उहाँ दङ्ग हुनुहुन्छ । व्यवस्थापनमा स्नातक तेस्रो वर्ष अध्ययरत नेपालीले बन्दाबन्दीको समयमा पोखराको सभागृहस्थित म्याप इन्टरनेसनलमा सिकेको सीपले यो व्यवसायको ढोका खोलिदिएको हो । यही तालीम आफूलाई वरदान साबित भएको बताउने नेपाली भन्नुहुन्छ, “व्यवसाय गर्छु भन्ने सोचेको थिइनँ, अझ यो समयमा त झन् के सम्भव देख्नु र रु तालीमपछि मेरो सोच बदलियो, आत्मबल बढ्यो र व्यवसाय थालेँ ।” “विदेश जाने योजना ...
पोखरा खानेपानी सुधार आयोजनाको काम शुरु
प्रशासन, समाचार, समाज

पोखरा खानेपानी सुधार आयोजनाको काम शुरु

नेपाल अखबार, पाेखरा । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीले यस आयोजनाको काम पाँच महिनाभन्दा बढी समय ठप्प भएकामा अहिले एक जापानिज र ७० जना नेपाली मजदूरले काम शुरु गरेका छन् । अन्य जापानी प्राविधिक नहुँदा आयोजनाको काममा समस्या भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा निर्माणाधीन आयोजनाको काम आगामी दशैँपछि भने पूर्ण क्षमतामा शुरु हुने जनाइएको छ । यही अक्टोबर २ तारिखमा जापानिज प्राविधिक आउने निश्चित भएपछि नेपाली र जापानी मजदूर तथा प्राविधिकहरुबाट आयोजनाको काम बन्दाबन्दीअघिकै गतिमा अघि बढ्ने भएको हो । परराष्ट्र मन्त्रालय तथा खानेपानी संस्थानबाट सहजीकरणपछि आयोजनाको जिम्मा लिएको जापानी निर्माण कम...
बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता
समाचार, समाज, हाइलाइट-समाचार

बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता

नेपालअखबार, बागलुङ । यो वर्षको मनसुन सुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका बागलुङका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाको मृत्यु भएको छ । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका-९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका-१ मा खसेको पहिराले टिपर पुर्दा हराएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् ।महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना न्यून रहेको बताए । सुरक्षाकर्मीले छिमेकी गुल्मीसम्म पुगेर बाढीले बगाएका शवको उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भए...
एसईई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग
शिक्षा, समाचार, समाज

एसईई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

नेपाल अखबार, काठमाडौं । अभिभावकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्न माग गरेका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले परीक्षा सञ्चालन नगरेपछि अभिभावकहरूले शुल्क फिर्ता मागेका हुन् । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘परीक्षा नै सञ्चालन नभएपछि सबै विद्यार्थीले तिरेको परीक्षा शुल्क फिर्ता गर्नुपर्दछ ।’एसईईका लागि ४ लाख ८२ हजार ९८६ विद्यार्थीले जनही ५०० रुपैयाँ तिरेर परीक्षा फर्म भरेका थिए । यस अनुसार राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीसँग २४ करोड १४ लाख ९३ हजार रुपैयाँ उठाएको देखिन्छ । परीक्षा सुरु हुनु भन्दा एक दिन पहिले ५ चैतमा सरकारले परीक्षा स्थगित गरेको थियो । २८ जेठमा मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो । कक्षा १० को विद्यार्थी मूल्यांकन, ...
अब्यवाहारीक प्रबधान खारेजीको माग गर्दै युवा डाक्टारको धर्ना
समाचार, समाज

अब्यवाहारीक प्रबधान खारेजीको माग गर्दै युवा डाक्टारको धर्ना

नेपालअखबार,पोखरा । एमडीको परिक्षामा देखिएको अब्यवाहारीक प्रबधान परिमार्जनको माग गर्दै युवा डाक्टार एसोसियसन पोखराले जिल्ला प्रशासन कार्यलय कास्की अगाडी धर्ना दिएको छ । एसोसियसनले सोमबार जिल्ला प्रशासन कार्यलय कास्कीमा अब्यवाहारीक प्रबधान परिमार्जन हुनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाउदै धर्ना दिएको हो । हालै सार्वजनिक भएको चिकित्सा शिक्षा नियमावली र एकिकृत परिक्षाको सुचनाको केही बुदाँहरु गैरसरकारी चिकित्सकको हकमा अन्यायपुर्ण रहेकोले त्यी बुदाँहरु परिमार्जन हुनुपर्ने एसोसियसनको माग छ । बिशेषगरी सिट बाँडाफाडको बिषय, खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र चिकित्सा शिक्षामा रहेका बिभेदकारी र अन्यायपुर्ण ब्यवस्था परिमार्जन हुनुपर्ने आफुहरुको माग रहेको युवा डाक्टार एसोसियसन पोखराका संयोजक डाक्टर सन्जिब बस्नेतले जानकारी दिए । चिकित्सा शिक्षा नियमावली सार्वजनिक हुँदा त्यसको मुलमर्म प...