Monday, May 4

समाज

विद्युत प्राधिकरण कार्यालय वीरगञ्जमा कोईराला फाउण्डेशनले ज्ञापन पत्र बुझाए
समाचार, समाज

विद्युत प्राधिकरण कार्यालय वीरगञ्जमा कोईराला फाउण्डेशनले ज्ञापन पत्र बुझाए

इरफानअलि, वीरगंज । विधुत प्राधिकरण पर्साले लकडाउन अवधि भरको बिल महसुलको जरिवाना लिएको भन्दै गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले विधुत प्राधिकरण तथा वितरण केन्द्र पर्सामा आज विरोध जनाउदैं ज्ञापन पत्र बुझाएको छ । लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै स्व गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा फाउण्डेशन पर्साले नेपाल विधुत प्राधिकरण पर्साका प्रमुख शम्भु कुर्शैत यादवलाई ज्ञापन पत्र बुझाएका छन । विश्वमा एकातिर कोरोना महामारीका कारण नेपाल लगायत विश्व नै आक्रान्त बनेको छ । कोरोनाका कारण विश्वले नै अपुर्णिय क्षति व्यह्रोनु परेको छ । यस महामारीले मानिस भौतिक दुरी कायम गरी सम्पुर्ण कामकाज गर्न नेपाल सरकारले अहवान गरेता पनि नेपाल विधुत प्राधिकरण पर्सा वितरण केन्द्रले हाल सम्म यस रोगको कारण देखाई आफनो पुरानो लयमा फर्कन नसकेकोले पर्सेली जनतालाई यसको ठुलै मार ख...
बाढीपहिरोले अवरुद्ध चामे-बेँसीशहर सडक अझै बन्द
समाचार, समाज

बाढीपहिरोले अवरुद्ध चामे-बेँसीशहर सडक अझै बन्द

नेपाल अखबार, मनाङ । हिमाल पारीको जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि बन्द छ । वर्षादको समयमा कुनैपनि गाडी चल्न सकेनन् । नियमित परेको वर्षासँगै आएको बाढी पहिरोले उक्त सडकखण्डको झन्डै लमजुङतर्फको ३५ किलोमिटर सडक सबैजसो पहिरो र बाढीले क्षतविक्षत बनाएको छ । लमजुङको जगतदेखि च्याम्चेहुदै मनाङको तालसम्मको सडक झनै बिग्रेको छ । कतिपय ठाउँमा स्थानीय सरकारको पहलमा सडक डिभिजनले सडक मर्मत गरी सञ्चालनमा ल्याएको थियो तर पानी परेपछि पुल तथा सडक मर्मत गर्न सकिएको छैन । जिल्लाभित्रका केही ठाउँमा यातायात चले पनि कतिपय ठाउँमा भने अझै सञ्चालन हुन सकेको छैन । कोरोना महामारीले प्राय सवारी साधान आवतजावत ठप्प भए पनि खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानीका लागि सवारी साधान भने सञ्चालन भएका छन् । मनाङ जाने सडक पूर्णरूपमा सञ्चालनमा नआउँदा ठाउँठाउँमा पल्टी गर्दै ल्याउने लाने गर्नुपर्ने बाध...
राजधानीका स्थानीय तहमा गुर्जो रोप्ने अभियान तीव्र
समाचार, समाज

राजधानीका स्थानीय तहमा गुर्जो रोप्ने अभियान तीव्र

नेपाल अखबार, काठमाडौं । राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ । गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गरे । बूढानीलकण्ठ नगरपालिकालाई २००, महालक्ष्मी नगरपालिकालाई २०० र सूर्यविनायक नगरपालिका–५ लाई ३०० गुर्जोका बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिए । यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको वनस्पति, जीव विज्ञानलगायत विभागका लागि ८०० बिरुवा वितरण गरिएको पनि उनले सुनाए । यसैगरी ललितपुरको ठैब क्षेत्रका लागि पनि ३०० बिरुवा रोपणका लागि हस्तान्तरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेका ३५ जन...
३ महिनापछि संचालनमा आयो बेनी-बागलुङ सडक
समाचार, समाज

३ महिनापछि संचालनमा आयो बेनी-बागलुङ सडक

नेपाल अखबार, म्याग्दी । लगातारको वर्षाले बाढीपहिरो जाँदा ३ महिनादेखि अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ । गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडकखण्डको तल्लीबान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीवन लगायतका ठाउँमा पहिरो आएपछि गत असार महिनादेखि नै सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि कुनै पनि यातायातका साधनहरु सञ्चालन हुन सकेका थिएनन् । सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालन गरेको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिनुभयो । यसअघि सडक तीन महिनासम्म अवरुद्ध हुँदासमेत मर्मतका लागि सडक डिभिजन कार्यालयले चासो नदेखाएको भन्दै सडक प्रयोग गर्ने म्याग्दी र बागलुङका उपभोक्ताहरुले डिभिजन कार्यालय...
छोरी बलात्कार गर्ने बाबु पक्राउ
समाचार, समाज, हाइलाइट-समाचार

छोरी बलात्कार गर्ने बाबु पक्राउ

नेपाल अखबार, धादिङ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ । घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् । आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो । रासस...
पाेखरामा प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार
समाचार, समाज

पाेखरामा प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार

नेपाल अखबार, पाेखरा । पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ । उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ । प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

नेपालअखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन्। मृत्यु हुनेमा भक्तपुरकी ५१ वर्षीया महिला र सुनसरी, बाँके र गुल्मीका ३ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ४८१ पुगेको छ। यो कूल संक्रमितको ०.६५ प्रतिशत हो।...
डुबेर १३ वर्षीया बालिकाको मृत्यु
समाज

डुबेर १३ वर्षीया बालिकाको मृत्यु

नेपाल अखबार, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो । घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । रासस...
तनहुँको ब्यासमा फोहोर व्यवस्थापन सकस
समाचार, समाज

तनहुँको ब्यासमा फोहोर व्यवस्थापन सकस

नेपाल अखबार, तनहुँ । दैनिक ११ टन फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएको तनहुँको व्यास नगरपालिकाले चार दिनदेखि फोहोर उठाउन सकेको छैन । नगरपालिका कार्यालयले वैकल्पिकरूपमा फोहोर व्यवस्थापन गर्दै आएको २ स्थान नदीले कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा समस्या आएको हो । नगरपालिकाले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको थियो तर उक्त स्थान नदीले कटान गरेपछि समस्या उत्पन्न भएको हो । गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले उक्त स्थान नदीले कटान गरेपछि वैकल्पिकरूपमा माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । फोहोर फ्याँक्न थालेको १५ दिन पनि नबित्दै असोज पहिलो साता परेको अविरल वर्षासँगै आएको बाढीले पुनः माथिल्लो भतेरी कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा झनै समस्या आएको हो । नगरपालिकाको वडा नं २, ३ र ४ मा गरी दैनिक १...
कञ्चनपुरमा ठूलो परिमाणमा अवैध काठ बरामद
समाचार, समाज

कञ्चनपुरमा ठूलो परिमाणमा अवैध काठ बरामद

नेपाल अखबार, कञ्चनपुर । लालझाडी गाउँपालिका–४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट काठ प्रहरीले आइतबार साँझ बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्र्तगतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा काठ चिरान गर्ने मिलमा छापा मारी ठूलो परिमाणको अवैध काठ बरामद गरेको हो । सालको तयारी अवस्थाका झ्याल, ढोकाका चौखट, ढोका, गोलिया, भ्यान्टिलेसनसमेत गरी २३५ थान अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार अवैध बरामद काठसहित मिल सञ्चालक रानालाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ । यसैगरी प्रहरीले भीमदत्त नगरपालिका–४ बस्ने निरज गुप्ताले भन्सार छल...