Wednesday, May 6

समाज

विपिन जोशीको रिहाइको माग गर्दै आमा र बहिनी इजरायल जाँदै
समाचार, समाज

विपिन जोशीको रिहाइको माग गर्दै आमा र बहिनी इजरायल जाँदै

नेपालअखबार,काठमाडौं । हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल प्रस्थान गर्दैछन् । उनीहरु सोमबार बिहान ९ बजे फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्न लागेका हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूले इजरायली पक्षसँग भेट गरी विपिनको सकुशल रिहाइका लागि आग्रह गर्ने कार्यक्रम रहेको छ।इजरायल पढ्न गएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि बेपत्ता बनाइएका हुन् । उक्त घटनापछि जोशी परिवारले निरन्तर विपिनको सुरक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपिल गर्दै आएको छ।...
पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना
समाचार, समाज

पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना

नेपालअखबार, काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा भएको छ। पछिल्लो तीन घन्टामा बाराको नीजगढमा ७० मिलिमिटर वर्षा भएको छ। सर्लाहीको मानुसमरामा ५२.६ मिलिमिटर, बर्दियाको मानपुरमा ६८.८ मिलिमिटर, सर्लाहीको मलंगवामा ३४.२ मिलिमिटर, रौतहटको रामोली बैरियामा २९.६ मिलिमिटर वर्षा भएको छ। अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। दिउँसो देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भाग...
बैतडीका पशुमा खरी र लम्पी स्कीन सङ्क्रमण देखियो
समाचार, समाज

बैतडीका पशुमा खरी र लम्पी स्कीन सङ्क्रमण देखियो

नेपालअखबार, बैतडी । जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ । सबै स्थानीय तहमा सो रोगबाट पशु सङ्क्रमित हुन थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तको भनाइ छ । खरी रोगलाई धुलखुले, चौखुरी नामले पनि चिनिन्छ । यो रोग दूधालु बधुवा भैँसीमा जाडो तथा गर्मी समयमा र बेँंसी क्षेत्रमा भन्दा पहाडी डांँडाकाँडामा बढी देखिने गरेको प्रमुख पन्तको भनाइ छ ।   यो रोग लागेपछि पशु दुब्लाउदै जान्छ र उत्पादनमा ह्रास आउँछ । उनका अनुसार चौपायमा यो रोगका लागेमा – सारकोप्टिक, माइट छाला भित्रसम्म पुग्ने भएकोले अन्य भन्दा बढी कष्टदायक हुन्छन् । सरोप्टिक माइटहरुले छालाको बाहिरी भागमा आक्रमण गरी छालामा बाक्ला कत्ला बनाउँछ । प्रायः छालामा पाप्रा देखिने र त्यसपछि घाउ हुने, छाला खस्रो र सुख्खा हुने जस्ता लक्षण देखिने गर्दछ । यस रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्...
पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा
समाचार, समाज

पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा

नेपालअखबार,पर्वत ।  लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिव एक दशकदेखि सुरूआत भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्ती तर्फ पुगेको हो । अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन् । पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ, भने कुमार केसीको घर उच्च जोखिममा परेको छ । पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सर सामान सुरक्षितस्थान तर्फ सारिएको छ भने बस्नको लागि अस्थायी टहरासमेत निर्माण गरिएको छ । पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको स्थानीय बाबुराम जैसीले जानकारी दिए । के...
टर्कीमा भूकम्प, १६ भवन भत्किए, १ जनाको ज्यान गयो
विदेश, समाचार, समाज

टर्कीमा भूकम्प, १६ भवन भत्किए, १ जनाको ज्यान गयो

नेपालअखबार,कठमाडौं । टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको हो । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ । सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार यो भूकम्प स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो । त्यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो । शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उद्धार तथा पुन:स्थापना कार्यलाई तीव्रता दिइएको बताएका छन् । ‘ईश्वरले हाम्रो देशलाई कुनै पनि प्रकारको विप...
हजयात्राको क्रममा देखा पर्ने विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने छु : अध्यक्ष अहमद
समाचार, समाज, हाइलाइट-समाचार

हजयात्राको क्रममा देखा पर्ने विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने छु : अध्यक्ष अहमद

नेपालअखबार, काठमाडौं । हजयात्रीहरूको काठमाडौँ बसाई जति सक्दो सहज बनाउन विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने  छु। विगतका कमी कमजोरीलाई सुधार्ने मेरो पहिलो प्राथमिकता रहने छ।नेपाल सरकार ,गृह मन्त्रालयद्वारा नेपाल हज समितिको अध्यक्ष नेपाल काङ्ग्रेसको नेता संविधान सभा सदस्य मुख्तारअहमदसंग नेपालअखबारले कुराकानि गरेको थियो ।  अध्यक्ष अहमद भन्नु हुन्छ  “  पार्टीले मेरो राजनीतिक लगानीका हिसाब हेरेनै मलाई हज समितिको अध्यक्षको पदमा नियुक्तिका लागि सिफारिस गरेको हो । विधार्थी राजनिति हुँदै सडक आन्दोलनमा हुमिएको थिए । प्रजान्त्रप्राप्तिका लागि जेलनेल खाएको स्मरण गर्नु भयो” । विगतका नियुक्ति लिने अध्यक्षहरूका विरुद्धमा सामाजिक सञ्जाल साथै समुदायमा चर्चा परिचर्चा हुने गर्थ्यो। तर नियुक्ति भएको दिनदेखि आजसम्म सामाजिक सञ्जाल, मिडिया र मुस्लिम समुदायले म प्रति आशा भरोसाका साथ विगतका समिति...
राजनीतिक समावेशिताको नारा सहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले मनाए इन्द्रेणी गाईजात्रा
समाचार, समाज

राजनीतिक समावेशिताको नारा सहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले मनाए इन्द्रेणी गाईजात्रा

नेपालअखबार, काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले यस वर्षको इन्द्रेणी गाईजात्रा पर्वलाई उत्सवका रूपमा स्वतःस्फूर्त रूपमा मनाए। “राजनीतिक समावेशिता हाम्रो अधिकार” भन्ने मुख्य नारासहित विभिन्न सङ्घ–संस्थाले संयुक्त रूपमा आयोजना गरेको यस उत्सवमा समुदायको सांस्कृतिक सहभागिता, पहिचान अभिव्यक्ति र अधिकारको आवाज प्रखर रूपमा प्रस्तुत गरियो। गाईजात्रा उत्सवमा समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका व्यक्तिहरूले यो पर्वलाई आफ्नो पहिचान सार्वजनिक गर्ने, समाजसँग साक्षात्कार हुने र वर्षभरि दिवङ्गत भएका समुदायका सदस्यको चिरशान्तिको कामना गर्ने अवसरका रूपमा लिँदै आएका छन्। सहभागीहरूले मञ्जुश्री, कामदेव, गाई, लाखे लगायतका भेसभुसा धारण गर्दै, मेकअप र विशेष पोसाकमा सजिएर ठमेलस्थित सञ्चयकोष भवन अगाडिबाट सडकमा निस्किए। मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, समर्पण स...
पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी
समाचार, समाज

पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी

नेपालअखबार, काठमाडौं। पत्रकारसँग सम्बन्धित पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण शर्मा र प्रेस नेपालका सल्लाहकार केशव अर्यालले संयुक्त प्रेस वक्तव्य निकालेर यस्तो चेतावनी दिएका हुन् । प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान र छापाखाना तथा प्रकाशन ऐन संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी बनेको नयाँ व्यवस्थाबारे गम्भीर ध्यानाकर्षण भएको वक्तव्यमा उल्लेख छ । प्रतिनिधिसभाको विषयगत समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान सरकार नियन्त्रित र प्रतिगामी रहेको उनीहरूको निष्कर्ष छ ।...
मुस्लिम समुदायको हक, हित र उत्थानका लागि नै समर्पित रहेको छु :मुस्लिम आयोगका अध्यक्ष अली
समाचार, समाज

मुस्लिम समुदायको हक, हित र उत्थानका लागि नै समर्पित रहेको छु :मुस्लिम आयोगका अध्यक्ष अली

नेपालअखबार, काठमाडौं । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले भन्नु हुन्छ   “ मेरो जिवनको अधिकामस समय नेपाली मुस्लिम समुदायको हित र उत्थानका लागि नै समर्पित गरेको  छु ”  । अध्यक्ष अलीले भन्नु हुन्छ मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा मुस्लिम समुदायको सशक्तीकरण गर्नको लागि नेपालको संविधानको धारा २६४ बमोजिम मुस्लिम आयोग गठन भएको हो । २०८१ साल १२ महिना ७ गतेका दिनमा ऐन अनुसार मुस्लिम आयोगका जेष्ठ सदस्यका रुपमा रहेका माननीय सदस्यबाट नै कार्यवाहक अध्यक्ष बन्ने नियुत्त हुने प्रावधान रहेकाले सो प्रवधानअनुसार नै आफू अध्यक्ष नियुक्त भएको बताउनु भयो । अध्यक्ष अलीले भन्नु हुन्छ कार्यवाहक अध्यक्ष भएता पनि आयोगको कामकार्वाही पूर्ण रुपमा गर्ने अधिकार ऐनले दिएको छ ।    मुस्लिम आयोगप्रति विगतका कार्यशैली उत्कृष्ट हुन नसकेको समुदायको गुनासो रहेको बा...
पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो
समाचार, समाज

पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

नेपालअखबार, पर्सा । पर्साको ठोरी गाउँपालिका–४ माली बस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज विहान ७ः ३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको जानकारी दिए ।‘ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी  विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएर छ, अहिले अनुसन्धान भइरहेको छ’, उनले भने- ‘पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि गएको जानकारी प्राप्त भएको छ ।’ पर्सा प्रहरीका अनुसार प्रहरीचौकीबाट सो स्थान चार किलोमिटर दुरीमा पर्छ । पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत भेटिएको पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको जानकार...