Sunday, July 12

स्वास्थ्य

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५११ , भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।...
पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए। उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ। आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार १९३ रहेको छ। पछिल्लो २४ घण्टामा थप ११ हाजर १५४ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ३४ हजार ९७७ पुगेको छ। पछिल्ले २४ घण्टामा थप ८२३ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४८ हजार ६१ रहेको छ निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले जनाकारी दिए।...
भारतमा कोरोना: नयाँ संक्रमण घट्दै, निको हुने बढ्दै
विश्व, स्वास्थ्य

भारतमा कोरोना: नयाँ संक्रमण घट्दै, निको हुने बढ्दै

नेपाल अखबार, एजेन्सी । भारतमा सोमबार एकै दिन १ लाखभन्दा धेरै बिरामी निको भएका छन् । सोमबार ७४ हजार ४ सय ९३ नयाँ व्यक्तिमा संक्रमण पुष्टि हुँदा १ लाख २ हजार ७० बिरामी निको भए ।  नयाँ संक्रमितको संख्या घट्नु र निको हुनेको संख्या बढ्नु सुखद् खबर हो । ५ दिनअघिसम्म भारतमा अवस्था भयावह थियो, त्यसबेला एकैदिन ९६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भयो । आइतबारसम्म भारतमा १० लाख ४ हजार २ सय ७२ जनामा सक्रिय संक्रमण थियो, सोमबार घटेर ९ लाख ७५ हजार ६ सय २३ पुगेको छ ।  यद्यपि, यस्तो सकारात्मक विकासका बाबजुद भारतमा कोरोनाको कहर नियन्त्रणमा भने छैन । यहाँ ५५ लाख ६२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकापछि ५० लाखभन्दा धेरै जनसंख्यामा कोरोना पुष्टि हुने भारत दोस्रो मुलुक हो ।  भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । यहाँ अहिलेसम्म ८८ हजार ९ सय ६५ जनाको मृत्यु कोरोनाका कारण भइसक...
गण्डकी प्रदेशमा  थप १०  जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा  थप १०  जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार पोखराका ८ जना सहित गण्डकी प्रदेशमा  थप १०  जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ४ ७१ वर्षीया महिला पोखरा ५ का ३८ वर्षीय पुरुष , पोखरा ७ का ३७ वर्षीय पुरुष , पोखरा ८ का ३२ वर्षीय पुरुष , पोखरा ९ का २४ वर्षीय पुरुष , पोखरा १२ का २७ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला र पोखरा १३ का १९ वर्षीय पुरुषमा कोरोना भाइरस  देखिएको जानकारी दिएको हो । तनहुँ शुक्लागण्डकी ६ की ३० वर्षीया महिला तथा ७ का भारतबाट आएका ३९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको निर्देशनालयले जनाएको छ  । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ९२ पुगेको छ ।...
तीन घण्टासम्म अस्पताल प्रवेश गर्न दिइएन, समयमा उपचार नपाइ संक्रमितको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

तीन घण्टासम्म अस्पताल प्रवेश गर्न दिइएन, समयमा उपचार नपाइ संक्रमितको मृत्यु

नेपाल अखबार, झापा। अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समयमा उपचार नपाएकै कारण तिम्सिनाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्र...
चीनमै देखियाे अर्काे नयाँ संक्रमण, सयौं मानिस बिरामी
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चीनमै देखियाे अर्काे नयाँ संक्रमण, सयौं मानिस बिरामी

नेपाल अखबार, एजेन्सि। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट यतिबेला विश्व आतंकित छ। यहीबीच चीनमै फेरि अर्काे नयाँ संक्रमण देखापरेको छ। चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ संक्रमणबाट सयौं मानिस बिरामी परेको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ। उक्त अखबारका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट भएको हो। गान्सु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभागले यो ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेकाे जानकारी दिएको छ। अघिल्लाे सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको रिपोर्ट पोजिटिभ आएको थियो। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यो फैलिने डरले प्रशासन र सर्वसाधारण चिन्तामा परेका छन्। ग्लोबल टाइम्सका अनुसार ११ सरकारी संस्थालाई यसकाे निःशुल्क परीक्षण र उपचारका लागि भनिएकाे छ। के हो ब्रु...
पछिल्लो २४ घण्टामा काेराेनाबाट ११ सय ५४ संक्रमित, १६ को मृत्यु
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा काेराेनाबाट ११ सय ५४ संक्रमित, १६ को मृत्यु

नेपाल अखबार, पाेखरा। कोरोना संक्रमणबाट गएको २४ घण्टामा नेपालमा १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ। सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।...
विश्वमा संक्रमितको संख्या तीन करोड बाह्र लाख नाघ्यो
विश्व, स्वास्थ्य

विश्वमा संक्रमितको संख्या तीन करोड बाह्र लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार ३३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ। चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ। यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २८ लाख ३५ हजार ६३२ व्यक्ति कोरोना मुक्त भएका छन्। कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ। हालसम्म अमेरिकामा ७,००४, ७६८ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ। दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो। मृतकको संख्याको हिसाब...
भारतमा एकैदिन थपिए ८६ हजार ९६१ संक्रमित
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा एकैदिन थपिए ८६ हजार ९६१ संक्रमित

नेपाल अखबार, एजेन्सि।  भारतमा कोरोना भाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ। यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ। भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना सङ्क्रमित अवस्थामै रहेका छन्। कुल सङ्क्रमित मध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन्। प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन्। महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सङ्क्रमितहरु छन्। रासस/एएनआई...
गण्डकी प्रदेशले हेलिकोप्टरबाट सुत्करीको उद्धार
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशले हेलिकोप्टरबाट सुत्करीको उद्धार

नेपाल अखबार, पाेखरा । बागलुङस्थित रिघा स्वास्थ्य चौकीमा सुत्केरी भएकी एक महिलाको रक्तश्राप नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले गल्कोट नगरपाकिला-११ की २५ वर्षीय गौरीका श्रीषलाई सोमबार बिहान आठ बजे उद्धार गरेको हो । रक्तश्राव नरोकिँदा स्वास्थ्यमा जटिलता आउने भएपछि उनलाई हेलिकप्टरमार्फत पोखराको गण्डकी अस्पतालमा रेफर गरिएको स्वास्थ्य चौकीकी इन्चार्ज लक्ष्मी श्रीषले बताइन् । ‘नर्मल नै सुत्केरी भएको थियो । तर, वेटिङ वेडमा सारेपछि ब्लिडिङ हुन सुरु भयो ।’, इन्चार्ज श्रीषले भनिन्, ‘ब्लिडिङसँगै बमिटिङ भयो र ज्वरो पनि देखियो । तर, उद्धार गर्ने सयममा भने अवस्था त्यति जटिल भैसकेको थिएन ।’ गौरीसँगै स्वास्थ्य चौकीकी अनमी कोपिला थापा र परिवारका एक सदस्यलाई पठाइएको थियो । मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपाली र प्रदेश सांसद इन्द्रलाल सापकोटाको सहकार्यमा सुत्केरीको उद्धार गर्न ...