Saturday, July 11

स्वास्थ्य

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार, पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि आजै उपचारको लागि अस्पताल आएका पोखरा १६ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । मृतक पुरुषमा कोरोनासँगै उच्च रक्तचाप र मधुमेहका समेत समस्या थियो । उपचारका लागि अस्पताल आएका उनको अपराह्न १२ बजेर १५ मिनेट जाँदा भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुने यो चौथो केस हो । हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाई सकेका छन् । पछिल्लो अपडेटअनुसार गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०२६ पुगेको छ ।  ...
पोखरामा थपिए ११ कोरोना संक्रमित
Uncategorized, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरामा थपिए ११ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । शुक्रबार पोखरामा थप ११ जनामा सक्रमण पुष्टि भएको छ । उनिहरु वडानम्बर १, २, ३, ५, ११, १४ र १६ का रहेको स्वास्थ्य निर्देशनालय गण्कडीले जनकारी दिएको छ । वडानम्बर २ मा संक्रमित व्यक्ती कामना बिकाश बैंक दिप शाखा र वडानम्बर ३ का संक्रमित एभरेष्ट बैंक अमरसिंह शाखामा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । वडानम्बर १२ का संक्रमित ईन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत रहेको वडानम्बर १ का संक्रमित मोबाईल पसल संचालक हुन् । वडानम्बर ५ का संक्रमित औधोगिक क्षेत्रमा कार्यरत व्यक्ती रहेको पनि निर्देशनालयले जानकारी दिएको छ । अन्य व्यक्तीहरु कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेको हुन् । यो सहित गण्डकीमा संक्रमितको संख्या २ हजार ३६ पुगेको छ । बिहान पनि कास्की सहित ४ जिल्लामा २० जनामा संक्रमण पुष्टि भएको थियो ।...
धरानमा दुई जना संक्रमितको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य

धरानमा दुई जना संक्रमितको मृत्यु

नेपाल अखबार, धरान। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ८३ वर्षीय पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रिफर भएर धरानस्थित प्रतिष्ठानमा आएका थिए । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए । उनको अस्पतालमै डायलायसिस गरिएको थियो । उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो । यसैगरी ५६ वर्षीया महिला...
पाेखरामा दुई पर्यटन प्रहरी २ कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पाेखरामा दुई पर्यटन प्रहरी २ कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। पाेखरामा दुई पर्यटन प्रहरी २ कोरोना  कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान पोखरा – १७ का २८ र २९ वर्षका दुई पर्यटक प्रहरीमा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयले शुक्रबार बिहान पोखरामा थप ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको  हो । निर्देशनालयले कन्ट्याक्ट ट्रेसिङका क्रममा  पोखरा ३० की ५० वर्षीय महिलामा पनि कोरोना देखिएको जनाएको छ ।...
गण्डकीका थप १७ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका थप १७ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिकामा शुक्रबार बिहान थप ३  जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान पोखरामा थप २ पुरुष र एक महिलामा कोरोना देखिएको जनाएको छ । निर्देशनालयका अनुसार पोखरा – १७ का २८ र २९ वर्षका २ पुरुष तथा पोखरा – ३० की ५० वर्षीया महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।  ...
दक्षिण कोरियामा फेरि बढ्न थाले कोरोना संक्रमित
विश्व, स्वास्थ्य

दक्षिण कोरियामा फेरि बढ्न थाले कोरोना संक्रमित

नेपाल अखबार, एजेन्सि।  दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ। यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ। यसैबीच बिहीबार प्राप्त समाचरमा यहाँ कोरोनाका थप ४४१ जना भेटिएको बताइएको छ। यो केही महिना यतादेखिकै सबैभन्दा बढी संख्या भएको बताइएको छ। यहाँको स्वस्थ्य मन्त्रालयले यो संख्या गएको मार्च ७ तारिख पछि एकै दिन देखिएको यो सबैभन्दा बढी संख्या भएको बताएको छ। यहाँ बिहीबारसम्ममा संक्रमितहरुको संख्या १६ हजार नाघेको बताइएको छ। प्राप्त समाचारमा यो संख्या १८ हजार ६ सय जना पुगेको बताइएको छ। यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि १ सय जनाभन्दा बढीको संक्रमित थपिएका छन्। उनीहरुमध्ये अधिकांश समुदायमै भेटिएका हुन् भने थोरै मात्र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ। बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु ...
कोरोनाबाट थप ८ को मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट थप ८ को मृत्यु

नेपाल अखबार, पाेखरा । कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको  २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए । योसंगै मृतककाे कुल संख्या १८३ पुग्यो । जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।...
काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, समाज, स्वास्थ्य

काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा एकैपटक हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा उपत्यकमा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । संक्रमितमा काठमाडौंमा मात्रै २७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।  पछिल्लो एक सातायता राजधानीमा निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।  यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । यसअघि बुधबार पनि उपत्...
देशभर थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।...
कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा भएको परीक्षणबाट थप २५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार थपिएका संक्रमित दैलेखको दुल्लु नगरपालिकाका ६/६ जना महिला र पुरुष गरी १२ जना रहेका छन् । यस्तै, काठमाडौंका ३ जना, सुर्खेत, जाजरकोट र बाँकेका दुई/दुईजना, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक र सल्यानका एक/एकजना रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३४४ पुगेको छ । जसमध्ये २०२५ जना डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । ३१३ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।...