Friday, July 10

हाइलाइट-समाचार

सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् : प्रमुख आचार्य
प्रशासन, समाचार, हाइलाइट-समाचार

सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् : प्रमुख आचार्य

नेपालअखबार, पोखरा।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उहाँले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनु भएको हो । ‘‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अव हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए भन्ने बुझ्न पर्छ, प्रमुख आचार्यले भन्नुभयो, त्यस कारण अहिले महानगरले घोषणा गरेको क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्राविधिक तयारी नपुगेकाले मात्रै खुकुलो हुनु परेको हो ।” तर, बिम्बका हिसाबले पार्किङ व्यवस्थापनको अभियान सुरु गरिएको उहाँले बताउनुभयो । पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको ...
विद्यालयमा शिक्षक उपस्थित हुन छाडेपछि विद्यार्थी सडकमा आन्दोलन गर्दै
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

विद्यालयमा शिक्षक उपस्थित हुन छाडेपछि विद्यार्थी सडकमा आन्दोलन गर्दै

नेपालअखबार, सप्तरी। सप्तरी जिल्लाकाे राजगढ गाउँपालिका वडा नम्बर ४ बेल्ही चपेनामा अवस्थित  श्री जनता माध्यमिक विद्यालयमा वर्तमान समयमा एकजना पनि शिक्षक उपस्थित छैनन् । विद्यालयमा शिक्षक उपस्थिति हुन छाडेपछि  शिक्षालिन पाउने अधिकारवाट बञ्चित भएका  विद्यार्थीहरूले  आन्दोलनमा उत्रिए बाध्य भएका छन्।  श्री जनता माध्यमिक विद्यालयमा हाल सम्म सरकारकाे तर्फबाट  मा. बि. र नि.मा. बि  स्तरमा एउटाकाेटामा पनि  दरबन्दी  नभएकाे स्थानिय अभिभावले जान्कारी दिएका छैन्। अस्थायी शिक्षकका रूपमा प्रय पहुचमा रहेका  व्यत्तिहरूका आफ्न्त तथा  आफ्नै परिवार,  काका, भतिजा, आफन्तबाद, नाताबाद लगायतका अयोगय शिक्षककाे नियुक्ति  हुने गरेकाे  स्थानिय बताउछन् ।   यसकारण  शिक्षाकाे गुणस्तर खस्किदै छ भने  विद्यार्थीहरूकाे भविष्य नै  बर्बाद भईसकेकाे  अभिभावकले बताए ।  सरकार साथै स्थानिय  निकायकाे ध्यान आकर्षण होस् भन्दै विद्यार्...
बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
समाचार, समाज, हाइलाइट-समाचार

बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

नेपालअखबार, भोजपुर। बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्। बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन्। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन्। जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ। रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतंक बढेपछि बस्ती छाडेर हिंडेका छन्। बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन्। बाँदरले बस्तीमा पसेर दु:ख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए। अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘बाँदरका कारण बस्ती नै खाली भएको छ’, उनले भने,‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ। बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्...
काठमाडाैंमा बार्है महिना खानेपानी लैजाने याेजना : मन्त्री खान
राजनीति, समाचार, हाइलाइट-समाचार

काठमाडाैंमा बार्है महिना खानेपानी लैजाने याेजना : मन्त्री खान

नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले  बजेट बक्तव्य मार्फत भंग गरीएको मेलम्ची खानेपानी बिकास समितिमा देखिएकोे नितीगत समस्यालाई हल गर्दै कर्मचारीहरुको समस्यालाई पनि सम्बोधन गरीने बताउनु भएको छ ।   बार्है महिना मेलम्चीको पानी काठमाडौ बासिले खान पाउनेगरी काम अगाडी बढाउने बताउनु पर्ने  मन्त्री खानले बताए । मन्त्री खानले  शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका —१ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल निरीक्षणका लागि पुगेका थिए । मन्त्री खानले आयोजना नियमित संचालनको लागि लाग्ने खर्च र प्राबिधिक कुरा बारे आबश्यक छलफल गरी फास्टट्रयाकमा काम गरीने बताए । सोही क्रममा मन्त्री  खानले स्थनीयबासिहरुबाट उठेका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । मेलम्ची खानेपानी बिकास समितका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा हालसम्म भ...
खानेपानीको माध्यमबाट रोजगार सिर्जन गर्न सम्भाव्यताको अध्ययन गर्ने : मन्त्री खानद्धारा उद्घाटन
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानीको माध्यमबाट रोजगार सिर्जन गर्न सम्भाव्यताको अध्ययन गर्ने : मन्त्री खानद्धारा उद्घाटन

नेपालअखबार, बर्दिया। बर्दियाको बाँसगढीमा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बाँसगढी नगरपालिकाको आयोजना र रामजानकी मावि भैसासुरको संयोजन तथा व्यवस्थापनमा शुक्रबार देखी रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । बाँसगढी ८ रिहारपुरमा रहेको नगर स्तरीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको संघिय सरकारका खानेपानी मन्त्री अब्दुल खानले उद्घाटन गर्नुभयो । रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै खानेपानी मन्त्री खानले समग्र खेलकुद क्षेत्रको विकासका लागि सदैभ प्रतिवद्ध रहने बताउनु भयो । शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि खेलकुद महत्वपुर्ण रहेकोमा जोड दिदै मन्त्री खानले विद्यार्थीहरुलाई पठनपाठन सँगै खेलकुद क्षेत्रमा पनि लाग्न आग्रह समेत गर्नुभयो । स्वच्छ र शुद्ध खानेपानीको पहुच आम नागरिक सम्म पुर्याउन र खानेपानीको माध्यमबाट रोजगार सिर्जन गर्न सम्भाव्यताको अध्ययन गरिरह...
बैंक तथा वित्तीय संस्थाविरुद्ध पोखराका उद्योगी
अर्थतन्त्र, समाचार, हाइलाइट-समाचार

बैंक तथा वित्तीय संस्थाविरुद्ध पोखराका उद्योगी

नेपालअखबार, पोखरा । पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध सङ्घर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहसंयोजक रहेको सङ्घर्ष समितिसमेत गठन गरेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जाका साँवा र ब्याजका लागि भइरहेका धरपकडविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमको घोषणा गरिएको हो । सङ्घर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न वस्तुगत सङ्घका अध्यक्षहरू सदस्य रहेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबालिकाका सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर सङ्घर्ष गर्ने निर्णय गरिएको पोखरा उद्योग वाणिज्य सङघका अध्यक्ष पवनकुमार प्रजाप...
सार्वजनिक कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउन निर्देशन: मन्त्री खान
राजनीति, समाचार, हाइलाइट-समाचार

सार्वजनिक कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउन निर्देशन: मन्त्री खान

नेपालअखबार, काठमाडौँ ।   नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खाँनले आम नागरिकको पहुँचमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।  सार्वजनिक कार्यक्रममा प्राइभेट   खानेपानीको बोतल हटाउनु पर्ने  मन्त्री खानले निर्देशन  दिनु भएको छ ।नेपाल संघकाे आयाेजनामा राखिएको कार्यक्रममा  प्रमुख अतिथि  खानेपानी मन्त्री अब्दुल खानंले सम्पूर्ण नगरपालिकाहरुले  खानेपानी सम्बन्धि यूनिट नगरपालिकामा राखनुपर्ने बताउनुभयो।प्रमुखहरु प्रमुख अतिथिको रुपमा जाने कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउनु पर्ने बताउनु भयो। आयोजित कार्यक्रमलाई  सम्बोधन गर्दै मन्त्री खानले  जिम्मेवारी ईमान्दारी पुर्वक बहन  गर्न निर्देशन दिनु  भयो ।मन्त्री खानले  गुणस्तर मापनकाे प्रयाेगगरिने बताउनु भयो।याेजनाहरु डुपलिकेशन न हुनेगरी तिनै तहकाे सरकारकाे समान्वयमा याेजना बनाउने मन्त्री खानले बताउनु भयो । का...
आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन नीति कार्यान्वयनमा ल्याउन एकीकृत समाजवादीको माग
राजनीति, समाचार, हाइलाइट-समाचार

आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन नीति कार्यान्वयनमा ल्याउन एकीकृत समाजवादीको माग

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादीले जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र समाधानका लागि पहल गर्न आग्रह गरेको हो । प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा देशको आर्थिक अवस्था गम्भीर सङ्कटतर्फ उन्मुख भएको भन्दै मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै तत्काल आर्थिक रणनीति अपनाउन उल्लेख गरिएको छ । माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ । ज्ञापनपत्र बुझाएपछि सो पार्टीका उपमहासचिव समेत रहेका डा. विजय पौडेलले २० बुँदे सुझावमार्फत आर्थिक नीति कार...
आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै
समाचार, समाज, हाइलाइट-समाचार

आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

नेपालअखबार, काठमाडाैं । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ। सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो। स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीम...
सिंहदरबारमा प्राइभेट कम्पनिका खानेपानी खाने दिन चाडै अन्त्य हुने  : मन्त्री  खानं
राजनीति, समाचार, हाइलाइट-समाचार

सिंहदरबारमा प्राइभेट कम्पनिका खानेपानी खाने दिन चाडै अन्त्य हुने : मन्त्री खानं

नेपालअखबार, बांके। खानेपानी मन्त्री अब्दुल खानंलाई  नेपालगन्जमा  मुस्लिम समूदाय साथै मदिना नूरी मस्जिद परिवारले स्वागत गरेका छन् ।   मन्त्री खानले  भने छिट्टै जनताले अनुभूति गर्न सक्ने गरि याेजना बनाएर काम परिणाम दिने गरि काम गर्ने बताए । सिंहदबारमा खानेपानीकाे नाममा ठूलाे धनराशी खर्च हुने गरेका छ । अब मेराे पहिलाे प्राथमिकता साे रकम खर्च कटाैटी गर्दै सरकाले उत्पादन गरेकाे पानी नै सिंहदरबारमा उपयाेग गर्न लगाउने छु । खानेपानीमा हुने गरेकाे खर्च अब जनताका घरदैलाे विकासमा खर्च हुने समय छिट्टै आउने मन्त्री खानले बताए । जनताले  तिरेकाे करले सिंहदरबारमा प्राइभेट कम्पनिका  खानेपानी  खाने  दिन चाडै नै अन्त्य  हुने बताएका छन् ।  सिंहदरबारमा धाराबाट नै खानेपानी खाने व्यवस्था पनि गर्ने बताएका छन् । नेपाल सरकारले दिएकाे जिम्मेवारी पूरा गर्ने बताउदै जनताले गरेकाे विश्वस खेर जान नदिने बताए ।  जनताकाे...