Saturday, July 11

हाइलाइट-समाचार

ट्रम्प र शी जिनपिङको त्यो भाषण, जसमा भइरहेको छ हंगामा
विश्व, समाचार, हाइलाइट-समाचार

ट्रम्प र शी जिनपिङको त्यो भाषण, जसमा भइरहेको छ हंगामा

नेपाल अखबार, एजेन्सि। यसवर्ष संयुक्त राष्ट्र महासभाको ७५ औं सत्र थुप्रै तरिकाले ऐतिहासिक रह्यो । कोरोनाकालको प्रतिबन्धलाई मध्येनजर गर्दै यो बैठक भर्चुअल भयो र नेताले पहिले नै रेकर्ड गरेको भाषण पठाए । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले शीतयुद्धको कुरा पहिलो पटक उठाउँदै आफूहरु सबैजना योबाट बच्नुपर्ने आवश्यक भएको बताउँदा फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोंले संसारको भविष्य चीन र अमेरिकाबीच प्रतिद्वन्द्वीताको आधारमा समेट्न नहुने बताएका छन् । यी सबैबीच सबैभन्दा चर्चाको विषय भनेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिङको भाषण रह्यो । संयुक्त राष्ट्र महासभाको वार्षिक सत्रको क्रममा अमेरिका र चीनबीच तनाव खुलेर सार्वजनिक भएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणका लागि चीनलाई जिम्मेवार देखाएका छन् । उनले चीनलाई यो महामारीका लागि जिम्मेवा...
त्रिविका सबै परीक्षा छटपर्व लगत्तै
शिक्षा, समाचार, हाइलाइट-समाचार

त्रिविका सबै परीक्षा छटपर्व लगत्तै

नेपाल अखबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशँै अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नेसक्ने जनाएक...
तीन घण्टासम्म अस्पताल प्रवेश गर्न दिइएन, समयमा उपचार नपाइ संक्रमितको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

तीन घण्टासम्म अस्पताल प्रवेश गर्न दिइएन, समयमा उपचार नपाइ संक्रमितको मृत्यु

नेपाल अखबार, झापा। अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समयमा उपचार नपाएकै कारण तिम्सिनाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्र...
पहाड फुट्न थाल्यो: रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा
समाचार, समाज, हाइलाइट-समाचार

पहाड फुट्न थाल्यो: रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

नेपाल अखबार, पर्वत। निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन् । बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किनुपर्ने बाध्यता रहेको छ । एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर स्थानीय एक बालिकाको ज्यानसमेत गएको थियो । पैँतालीस घरधुरी रहेको एकघरेको बस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा पुगेर सुत्ने गरेका हुन् । स्थानीय बालमुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै...
सीमा क्षेत्रमा माछा मार्न गएका चार नेपाली भारतीयको नियन्त्रणमा
समाचार, हाइलाइट-समाचार

सीमा क्षेत्रमा माछा मार्न गएका चार नेपाली भारतीयको नियन्त्रणमा

नेपाल अखबार, कञ्चनपुर। कञ्चनपुर माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन्। बेलडाँडी गाउँपालिका– ५ नजिकको खल्लाबाट चार जना नेपालीलाई भारतीयले नियन्त्रणमा लिएका हुन् । सीमास्तम्भ नम्बर ७८५÷२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेका हुन्। नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही रु २० हजार फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। बीओपी झिलमिलाबाट सशस्त्र...
चीनमै देखियाे अर्काे नयाँ संक्रमण, सयौं मानिस बिरामी
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चीनमै देखियाे अर्काे नयाँ संक्रमण, सयौं मानिस बिरामी

नेपाल अखबार, एजेन्सि। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट यतिबेला विश्व आतंकित छ। यहीबीच चीनमै फेरि अर्काे नयाँ संक्रमण देखापरेको छ। चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ संक्रमणबाट सयौं मानिस बिरामी परेको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ। उक्त अखबारका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट भएको हो। गान्सु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभागले यो ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेकाे जानकारी दिएको छ। अघिल्लाे सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको रिपोर्ट पोजिटिभ आएको थियो। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यो फैलिने डरले प्रशासन र सर्वसाधारण चिन्तामा परेका छन्। ग्लोबल टाइम्सका अनुसार ११ सरकारी संस्थालाई यसकाे निःशुल्क परीक्षण र उपचारका लागि भनिएकाे छ। के हो ब्रु...
चीनमा जासुसीको आरोपमा अमेरिकी प्रहरी पक्राउ
विश्व, समाचार, हाइलाइट-समाचार

चीनमा जासुसीको आरोपमा अमेरिकी प्रहरी पक्राउ

नेपाल अखबार, एजेन्सि। अमेरिकाको न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी) का एक अधिकारीमाथि चीनको अवैध एजेन्टको रुपमा काम गरेको आरोप लागेको छ तिब्बतमा जन्मिएका बेमाडाजिए अङ्गवाङ्गले न्यूयोर्कमा भएका चिनियाँ नागरिकको गतिविधिमाथि निगरानी गरेको र योसँग सम्बन्धित जानकारी रिपोर्ट गरिरहेको आरोप लागेको छ । उनीमाथि तिब्बती समुदायबीच गोप्य जानकारी जुटाउनका लागि सम्भावित स्रोतबारे पत्ता लगाएको आरोप पनि छ एनवाइपीडीको सामुदायिका मामिलाको युनिटका लागि काम गर्ने बेमाडाजिए अङ्गवाङ्गले अमेरिकी नागरिकता लिएका छन् । उनलाई सोमबार पक्राउ गरिएको थियो । यदि उनी दोषी पाइए उनलाई ५५ वर्षसम्म कैद सजाय सुनाइने सम्भावना छ । अभियोजन पक्षका अनुसार उनी ‘यूएस आर्मी रिजर्व’ का लागि पनि नागरिक मामिलाका विशेषज्ञको रुपमा काम गर्छन् । उनीमाथि चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारी सम्पर्क भएको आरोप लगाइएको छ । उनीमाथि शहरम...
सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ
प्रशासन, समाचार, हाइलाइट-समाचार

सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

नेपाल अखबार, इलाम। इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो । दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा प...
‘विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए’
विश्व, समाचार, हाइलाइट-समाचार

‘विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए’

नेपाल अखबार, एजेन्सि। विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ। पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ। गरिब तथा विकासशील देशहरूमा प्राकृतिक प्रकोप र विस्थापनको खतरा बढाएको छ। अक्सफामको नेतृत्वमा गरिएको एक विश्लेषणले सन् १९९० देखि २०१५ को बीचमा वार्षिक कार्बन उत्सर्जन ६० प्रतिशतसम्म बढेको अवस्थामा पृथ्वीको कूल कार्बन बजेटको एक तिहाई हिस्सा धनी राष्ट्रको पोल्टामा रहेको देखाएको छ। कार्बन बजेट भनेको विनाशकारी तापमान अवश्यम्भावी वृद्धि हुनअघि मानवजातिले उत्पन्न गरेको हरितगृह ग्यास उत्सर्जनको सीमा हो। केबल ६ करोड ३० लाख मानिस अर्थात् एक प्रतिशतले सन् १९९० यता कूल...
भारतमा एकैदिन थपिए ८६ हजार ९६१ संक्रमित
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा एकैदिन थपिए ८६ हजार ९६१ संक्रमित

नेपाल अखबार, एजेन्सि।  भारतमा कोरोना भाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ। यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ। भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना सङ्क्रमित अवस्थामै रहेका छन्। कुल सङ्क्रमित मध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन्। प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन्। महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सङ्क्रमितहरु छन्। रासस/एएनआई...