Wednesday, July 8

हाइलाइट-समाचार

चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी
विदेश, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राख्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाए...
कांग्रेसको निश्कर्ष : गच्छदारलाई फसाइयाे
राजनीति, समाचार, हाइलाइट-समाचार

कांग्रेसको निश्कर्ष : गच्छदारलाई फसाइयाे

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि आज कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । कांगेस केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दै कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्न लागेको एक कांग्रेस नेताले जानकारी दिए । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले सरकारले बदनियतपूर्ण र प्रतिशोध लिने सोचका साथ यो अभियान चालेको निष्कर्ष निकाल्दै सशक्त प्रतिकार गर्ने कांग्रेसले जनाएको छ ।...
छोराको हत्यारालाई कारवाहीको माग गर्दै गंगामाया पुगिन राष्ट्रसंघको कार्यालयमा
प्रदेश ३, समाचार, हाइलाइट-समाचार

छोराको हत्यारालाई कारवाहीको माग गर्दै गंगामाया पुगिन राष्ट्रसंघको कार्यालयमा

छोराको हत्यारालाई कारवाहीको माग गर्दै निरन्तर अनशनरत गोरखाकी गंगामाया अधिकारी नेपालस्थित संयुक्त राष्ट्रको कार्यालय पुगेकी छिन् । अधिकारीले मंगलबार नेपालस्थित संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीलाई भेटेर राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तराष्ट्रिकरण गर्न सहयोग गरिदिन अपील गरिन् । आवासीय प्रतिनिधि भ्यालरीले गंगामायाले लामो समयदेखि न्याय पाउन नसकेको भन्दै गंगामाया अधिकारीको मागलाई गम्भिरतापूर्वक लिन नेपाल सरकारको ध्यानाकर्षण गरेकी छिन्् । उनले मानवअधिकारको गम्भीर उन्लंघन गर्नेलाई कुनै हालतमा पनि छुट दिन नहुने बताइन । गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाही गर्न माग गर्दै आएकी छन् । भ्यालरीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै गंगामाया अधिकारीले सरकारले आफुलाई न्याय नदिएकोले संयुक्त राष्ट्र संघसँग न्यायक...
छाउपडि : गोठ भत्काउने कि प्रथा ?
धर्म/संस्कृति, विचार, हाइलाइट-समाचार

छाउपडि : गोठ भत्काउने कि प्रथा ?

उत्तम निरौला संचार माध्ययमा अहिले सुदुर पश्चिममा छाउपडिको गोठ भत्काउने कार्यमा सामाजिक संस्था र राजनीतिक दलको होडबाजि चलेको खबर छापिएका छन् । प्रदेश सरकार र नेपाल प्रहरी समेत छाउपडि गोठ भत्काउन लागि परेका तस्बिरहरु संचार माध्ययममा छापिएका छन् । एकजना उपल्लो महिला नेतृलाई फोन गरेर समय माँग्दा उनले समेत छाउगोठ भत्काउन जान लागेकाले फर्केपछि भेटौँ है भनेपनि छाउपडि जस्ता कुरीतिविरुद्ध लामो समय कार्य गरेका हिसाबले यस बिषयमा नलेखि रहन सकिन । महिनाबारी हुनु भनेको पाप हो र यो बेला महिला अछुत हुन्छन् भन्ने मानसिकताबाट छाउपडि प्रथा मानिदै आईएको छ । यो बेला महिला अपवित्र हुन्छन् भन्ने आम हिन्दु मानसिकता छ । त्यसैले महिनाबारी भएका समयमा महिलाले अरुलाई नछुने, घरमा अलग्गै कोठामा अछुत झै भएर बस्ने, घरको पानी, खाना लगायत अन्य सामग्री नछुने र धार्मिक कार्यमा सहभागि नहुँने सँस्कार छ । यो सँस्कार मे...
यस्तो छ कोरोना भाइरसको संक्रमण रोक्ने ७ प्रदेशको तयारी
प्रदेश, स्वास्थ्य, हाइलाइट-समाचार

यस्तो छ कोरोना भाइरसको संक्रमण रोक्ने ७ प्रदेशको तयारी

काठमाडौं– नेपालमा कोरोना भाइरसको आशंकामा हालसम्म ६ जनाको परीक्षण गरीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये एकजनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यस्तै ४ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको र एक जनाको भने रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । कोरोना भाइरस संक्रमित व्यक्तिको उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, आर्मी अस्पताल, पाटन अस्पतालमा आइसोलेसन सहितको वार्डको व्यवस्थापन गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट हुन सक्ने स्वास्थ्य आपतकाल तथा यसको खोखिम न्युनिकरणका लागि मेडिकल डाक्टर सहितको टोली पोखरा, लुम्बिनी र चितवनमा समेत खटाएको जनाएको छ । यस्तै प्रदेश १ को इलामको पशुपति नगरमा हे...
गोरखा सहितका जिल्लामा सिडिओ हेरफेर, कुन जिल्लामा को ? (सूची सहित)
समाज, हाइलाइट-समाचार

गोरखा सहितका जिल्लामा सिडिओ हेरफेर, कुन जिल्लामा को ? (सूची सहित)

गाेरखा । सरकारले विभिन्न जिल्लाका सिडिआेको सरुवा गरेको छ। गृहमन्त्रालयले १५ जना सहसचिव र १२ जना प्रमुख जिल्ला अधिकारीसहित ३२ कर्मचारीको सरुवा गरेको हाे । आइतबार मन्त्रिस्तरको निर्णयअनुसार गृहमन्त्रालयले उनीहरुको सरुवा सूची सर्वाजनिक गरेको हो ।  Download
११ बुँदे प्रस्ताव पारित गर्दै सकियाे नेकपा केन्द्रीय कमिटी बैठक, के छ प्रस्तावमा ?
प्रदेश ३, राजनीति, समाचार, हाइलाइट-समाचार

११ बुँदे प्रस्ताव पारित गर्दै सकियाे नेकपा केन्द्रीय कमिटी बैठक, के छ प्रस्तावमा ?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो । बैठकमा महासचिव विष्णु पौडेलले सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय व्यक्त गरेका थिए । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको छ । आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय बैठकले गरेको छ । भवन बनाउनका लागि पार्टीका सम्पूर्ण सदस्यहरुको न्यूनतम एकदिनको तलव वा आम्दानी बराबरको सहयोग गर्न पनि बैठकले अपिल गरेको छ । नेकपाले पारित गरेका प्रस्ताव यस्ता छन्–...
गोरखा नगर र रश्मोर काउन्सिलबीच भगिनी सम्बन्ध, राजदुतावासमा विशेष कार्यक्रम (भिडिओ सहित)
पर्यटन, विदेश, समाचार, हाइलाइट-समाचार

गोरखा नगर र रश्मोर काउन्सिलबीच भगिनी सम्बन्ध, राजदुतावासमा विशेष कार्यक्रम (भिडिओ सहित)

गाेरखा । बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ । बेलायतस्थित नेपाली दूतावासको पहल र स्थानीय काउन्सिलसंगको सहकार्यमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र रश्मोर काउन्सिलका मेयर सु कार्टरले गत बिहीबार रश्मोर काउन्सिल भवनमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौतापत्रमा सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको छ । यसैगरि दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत सहयोग गर्दै अघि बढ्ने उल्लेख गरिएको छ । मेयर पन्तका साथमा नेपालबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा भगिन...
गौतम बुद्धको नाममा निर्माणाधिन रंगशालामा मुस्लिम समुदायको सहयोग
अर्थ, खेलकुद, प्रदेश ३, समाज, हाइलाइट-समाचार

गौतम बुद्धको नाममा निर्माणाधिन रंगशालामा मुस्लिम समुदायको सहयोग

गोरखा । चितवनका मुस्लिम समुदायले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग र श्रमदान गरेका छन् । चितवनका बिभिन्न स्थानमा रहेका ६ वटा मस्जिद ब्यवस्थापन समितिको पहलमा संलकन गरिएको रकम शुक्रबार रंगशालामा पुगेर फाण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई उनिहरुले हस्तान्तरण गरेका हुन । चितवनको नारायणगढमा रहेको बर्कातीया मस्जिद, मक्कि मस्जिद बेलचोक, भरतपूरको नुरी मस्जिद, न्यूरोडको मदनी मस्जिद, मनहरी मस्जिद र झनझने मस्जिदमा संलकन भएको २७ हजार १ सय ८५ रुपैया मुस्लिम समुदायले रंशाला निर्माण सहयोगका लागि हस्तान्तरण गरिएको बर्कातीया मस्जिद ब्यवस्थापन समितिका सचिव आजम खानले जानकारी दिए । ‘रंगशाला सबैको सम्पती हो, यो अभियानमा सहयोग गर्नु हामी सबैको दायित्व र जिम्मेवारी पनि हो’ सचिव खानले भने ‘बुद्धको नाममा बन्दै गरेको रंगशालामा...
छेवेटार टिपर घटनामा १५ लाखको सहमती ः के–के भयो शुक्रबार दिनभर !
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

छेवेटार टिपर घटनामा १५ लाखको सहमती ः के–के भयो शुक्रबार दिनभर !

मोहसिन अलि मियाँगोरखा । बिहानै झिसमिसेमा बजारसम्म दुध पु¥याउन जानु गोरखा नगरपालिका १० अमलापानीकी ५२ बर्षिया मनमाया तामाङको दैनिकी थियो । टर्च लाइट बाल्दै तिन माना दुध झोलामा हालेर उनि बिहान ६ बजे गाउँ नजिकैको छेवेटार बजार पुग्ने गर्थिन । शुक्रबार पनि उनको दिनचर्या उस्तै गरी सुरु त भयो तर अन्त्य हुन पाएन । घाम नझुल्किदै घरबाट निस्केकी तामाङलाई दुध बोकेर बजार निस्कदा बाटोमै टिपरले किच्यो र घटनास्थलमै ज्यान गयो । घरै नजिक रहेको गोरखकाली क्रसर उद्योगको परिसरबाटै पैदल हिडेकी तामाङको ग १ ख ८०२७ नम्बरको टिपरले एकाबिहान ज्यान लिएको हो । उनका ३ छोरा र ३ छोरी छन् । २५ वटा सवारीमा आगजनी र तोडफोडएकाबिहानै क्रसरभित्र टिपरको ठक्करबाट तामाङको ज्यान गएको सुचना केहि समयमै गाउँमा फैलियो । एक्कासी घटनास्थलमा वरपरका झण्डै ५ सय मानिस भेला भए । घटनास्थलमा स्थानीय भेला मात्रै भएनन् एकैछिनमा क्रसरलाई रण...