Wednesday, July 8

हाइलाइट-समाचार

अवसरबाट बञ्चित भयौ ः महिला जनप्रतिनिधि
प्रदेश ४, समाज, हाइलाइट-समाचार

अवसरबाट बञ्चित भयौ ः महिला जनप्रतिनिधि

गोरखा । स्थानीय तहको निर्वाचन भएको झण्डै साढे २ बर्ष बितिसकेको छ । नयाँ संबिधानले स्थानीय तहको हरेक वडामा महिला तथा दलित समुदायबाट प्रतिनिधत्व सुनिश्चित ग¥यो । तर निर्वाचनबाट हरेक वडामा निर्वाचित भएर आएका महिला तथा दलित सदस्यहरुले भने आफुहरु अवसरबाट बञ्चित बन्नुपरेको दुखेसो पोखेका छन् । ‘हाम्रो भुमिका कार्यक्रममा आसन ग्रहण बन्ने मात्रै हो ?’ प्रश्न गर्दै गोरखा नगरपालिका ३ कि महिला सदस्य सिता दानीले भनिन् ‘हैन भने खोई के हो हाम्रो अधिकार, कहाँ हुन्छ हाम्रो भुमिका ।’ सोमबार नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच महिला र दलित जनप्रतिनिधिसंग गरेको अन्तरकृया कार्यक्रममा उनिहरुले यस्तो दुखेसो गरे । ‘वडामा के हुन्छ हामीलाई थाहै हुदैन’ वडा नम्बर ८ कि सदस्य राधिका कट्टेलले भनिन् ‘अवसर पाउने ठाउँमा पुरुषलाई नै अघि बढाउछन्, हामी हेरेको हे¥यै ।’ त्यस्तै नगरकार्यपालिका सदस्य समेत रहेकी...
नारायणकाजी श्रेष्ठलाई प्रश्‍न : उमेदवारी अर्थमन्त्री बन्‍न हो ?
प्रदेश ४, राजनीति, हाइलाइट-समाचार

नारायणकाजी श्रेष्ठलाई प्रश्‍न : उमेदवारी अर्थमन्त्री बन्‍न हो ?

०७४ प्रतिनिधीसभाको निर्वाचनमा पराजय भइसकेपछि पाँच वर्षे कार्यकालमा फेरि संसद नछिर्ने बताउँदै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको लागि अन्य सदस्य पदमा उमेदवारी दिए । उनको उमेदवारीलाई भावी अर्थमन्त्रीको रुपमा लिइएको चर्चा नेकपा वृत्तमा नै हुने गरेको छ । सचिवालय सदस्य समेत रहेका श्रेष्ठले उमेदवारी दर्ता गरेपछि प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गए । त्यहाँ उनलाई पत्रकारले प्रश्‍न सोधे, "अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि तपाई अर्थमन्त्री बन्‍ने भनेर उमेदवारी दिनु भएको हो ?" घुमाउरो तरिकाले जवाफ दिँदै श्रेष्ठले भने, “आज मनोनयन मात्रै गरिएको हो, के बन्‍ने हो भनेर सोचेर अगाडि बढ्ने होइन्, पार्टीले दिएको भूमिका अनुसार उमेदवारी दिइयो, मतदाताले मत दिए राष्ट्रियसभा...
कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । जसअनुसार प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्पसङ्ख्यक/अपाङ्गता, प्रदेश नं ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) लाई उम्मेदवार चयन गरेको छ । यसैगरी प्रदेश नं ४ बाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य, विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसङ्ख्यक/अपाङ्गता, प्रदेश नं ६ बाट डिल्लीराम पाठक (सुर्खेत) अन्य, सावित्री पौडेल (सुर्खेत) महिला र प्रदेश नं ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य, तुलसी देवकोटा (कैलाली) चयन भएका छन् । कां...
नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेदवार, अरु को–को छन् ? (लिष्ट सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेदवार, अरु को–को छन् ? (लिष्ट सहित)

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रिय सभाका १६ उम्मेदवारमध्ये पूर्वएमालेले ९ र पूर्वमाओवादीले ७ सिट राखेका छन्। गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार छन्। उनी पूर्वमाओवादी हुन् भने अहिले नेकपाका सचिवालय सदस्य छन्। महिलामा भगवती न्यौपाने पूर्वएमालेकी तर्फबाट उम्मेदवार भएकी छिन्।  प्रदेश १ मा रिक्त ३ सिटमध्ये पूर्वएमालेले २ सिट राखेको छ। महिलातर्फ इन्दु गौतम र अन्यबाट देवेन्द्र दाहाल पूर्वएमालेका हुन्। दलिततर्फका गोपी अच्छामी पूर्वमाओवादीका हुन्।  त्यस्तै, प्रदेश २ बाट महिलातर्फकी उम्मेदवार तुलसा दाहाल पूर्वएमालेकी हुन् भने दलिततर्फका राधेश्याम पासवान पूर्वमाओवादी हुन्।  त्यस्तै, प्रदेश ३ बाट महिलातर्फकी उम्मेदवार गंगा बेलबासे पूर्वमाओवादीकी हुन्। उनी नारायणकाजी श्रेष्ठ निकट पूर्वशिक्ष...
टर्च र झण्डा बोकेर एकिकरण मार्ग खोज्दै गोरखाबाट पैदल हिड्यो नेपाली सेना (हेर्नुस १० फोटोमा)
ग्यालरी, धर्म/संस्कृति, पर्यटन, समाचार, समाज, हाइलाइट-समाचार

टर्च र झण्डा बोकेर एकिकरण मार्ग खोज्दै गोरखाबाट पैदल हिड्यो नेपाली सेना (हेर्नुस १० फोटोमा)

मोहसिन अलि मियाँगोरखा । पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो । ‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो । शुक्रबार बिहान साढे ८ बजे गोरखा दरबारको हनुमान चौतारीबाट सेनाको टोली त्यसतर्फ निस्किएको हो । टोलीलाई एक विशेष कार्यक्रमका बिच पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे लगायतले टर्च र झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका हुन् । टर्च, नेपालको झण्डा बोकेर पृथ्वीनारायण शा...
कस्मिर लडाईमा मारिएका अर्जुनको गाउँ गोरखाको रिप पुग्दा… (चार फोटो सहित)
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

कस्मिर लडाईमा मारिएका अर्जुनको गाउँ गोरखाको रिप पुग्दा… (चार फोटो सहित)

मोहसिन अलि मियाँगोरखा । ‘साह्रै मिजासिला थिए अर्जुन’ गहभरी आँशु बनाउदै ठूलीआमा नन्दकुमारी थापाले भनिन् ‘राम्ररी बस्नुस् है भन्दै १२ दिनअघि विदा भएर गएका, अहिले यस्तो खबर सुन्नुप¥यो ।’ गोरखा नगरपालिका ५ रिप ढाडगाउँका अर्जुन थापा जम्बु कस्मिरको लाइन अफ कन्ट्रोलको भिडन्तमा मारिएपछि अहिले उनको गाउँ शोकमा डुबेको छ । कैयौं सपना बोकेर ४ बर्षअघि भारतिय सेनामा भर्ती भएका थापा बुधबार कश्मिरमा गोली हानाहानमा मारिएका थिए । उनको मृत्युको खबरले सन्नटा छाएको रिप पुग्दा अर्जुनको घरमा ताला नलागेपनि ढोका भने खुल्ला थिएन । पल्लो घरमा छिमेकी जम्मा भएका थिए । तर बोल्ने हिम्मत कसैसंग थिएन । उमेरले भरखर २५ काटेका अर्जुनले बिहे पनि यसै साल गरेका थिए । ‘अस्ति भरखरै असार २२ गते दुलेगौंडाबाट दुलही ल्याएका’ ठूलिआमा नन्दकुमारीले सम्झिइन् ‘आमा नभएर होला, मलाई आमालाई जस्तै माया ग¥थ्यो, साह्रै हसिला बाबु ।’ ...
मन्त्रिपरिषदले ग¥यो महत्वपूर्ण १४ निर्णय (निर्णय सहित)
समाचार, हाइलाइट-समाचार

मन्त्रिपरिषदले ग¥यो महत्वपूर्ण १४ निर्णय (निर्णय सहित)

पुस १४ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय सरकारले बिहिबार सार्वजानिक गरेको छ । सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजानिक गरेका हुन् । हेर्नुस यस्ता छन् सरकारले सार्वजानिक गरेका १४ निर्णय ।
गोरखा ५ ठूलोरिपका अर्जुनको कस्मिर भिडन्तमा मृत्यु
प्रदेश ४, विदेश, समाज, हाइलाइट-समाचार

गोरखा ५ ठूलोरिपका अर्जुनको कस्मिर भिडन्तमा मृत्यु

मोहसिन अलि मियाँ गोरखा । कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा मृत्यु हुने नेपाली गोरखाका रहेको पुष्टी भएको छ । मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका ५ ठूलोरिपका २६ वर्षीय अर्जुन थापामगर रहेको बताइएको छ । थापा ५ बर्ष अघि भारतिय सेनामा भर्ती भएका थिए । बुधबार भारितय सेनाले परिवारलाई अर्जुन मृत्युको बारेमा खबर गरेका थिए । सो लगत्तै बुधबार नै परिवार एवं आफन्त उनको शव लिन काकडभित्ता गएको उनका नातेदार सुजित थापा मगरले सिभिलखबरलाई जानकारी दिए । भारतिय सेनाको टोलीले काकडभित्तासम्म उनको शव ल्याइदिने र परिवारको जिम्मा लगाउने खबर आएको थापा मगरले बताए । २ बर्षअघि आमा गुमाएका अर्जुनले ६ महिना अघि मात्रै विहे गरेका थिए । बिहे गरेर उनि पहिलो छुट्टी गएको नातेदार थापा मगरले बताए । उनले गोरखा नगरपालिका ९ लक्ष्मीबजारको द्रब्यशाह बहुमुखी क्याम...
कास्मिरमा भिडन्त : गोरखाका अर्जुन थापामगरकाे ज्यान गयाे
प्रदेश ४, विदेश, हाइलाइट-समाचार

कास्मिरमा भिडन्त : गोरखाका अर्जुन थापामगरकाे ज्यान गयाे

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा एक नेपालीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगर रहेकाे भारतिय सञ्चार माध्यमहरुले जनाएका छन । तर मृतक थापा मगरकाे घर गाेरखाकाे कुन स्थान हाे भन्ने हालसम्म खुलेकाे छैन । बुधबार जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो ।...
शुरु भयो भ्रमण वर्ष २०२०
अर्थ, समाचार, हाइलाइट-समाचार

शुरु भयो भ्रमण वर्ष २०२०

२० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार आैपचारिक कार्यक्रम गरी भ्रमण वर्षकाे सुरुवात गरिएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन कार्यक्रममा भ्रमण वर्षको सुरुवात भएको घोषणा गरेकी थिइन।...