Monday, August 3

कृषि

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य
अर्थ, कृषि, समाचार

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

नेपालअखबार,  काठमाडौं । बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो । संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको छ । नयाँ निर्णयअनुसार अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ । पछिल्लो ८ दिनमा यो मूल्य वृद्धि तेस्रो पटक हो । २५ भदौमा संघले कुखराको प्रतिककेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्‍याएको थियो । त्यस लगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुर्‍याइएको थियो । पछिल्लो पटक मूल्यवृद्धि भएको ६ दिनपछि संघले पुनः ब्रोइलरको मूल्य १० रुपैयाँ बढाएको हो । व्यवसायीहरुकाअनुसार जिउँदो कुखुराको कोल्ड ...
काँक्रो खेतीबाट मनग्य आम्दानी
अर्थ, कृषि, समाचार, समाज

काँक्रो खेतीबाट मनग्य आम्दानी

नेपालअखबार, कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्ने गरेका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहजरूपमा चलाएका छन् । “एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ”, उनले भने, “स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।” उनका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन् । पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । बजारको मागअनुसार काँक्रोका जात खेतमा रोप्ने गरेको उनले बताए । “अरु किसानभन्दा पहिला नै बजारमा काँक्रो पुर्याइसक्छौँ”, उनले भने, “त्यही भएर मूल्य अधिक पा...
चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा
कृषि, समाचार, समाज

चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा

नेपालअखबार, भाेजपुर। भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन्। भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ। सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् । चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको  भेडापालक कृषक गोविन्द बस्नेतले बताए। चरन क्षेत्रको अभावको कारण भेडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। ‘चरन क्षेत्रको अभाव छ, व्यवसाय सङ्कटमा पर्दै गयो,’ बस्नेतले भने, ‘सामुदायिक वनलाई शुल्क तिरेर भेडा चराउनु पर्छ । त्यही पनि सहजरुपमा पाइँदैन।’ बर्खाको समयमा माथिल्लो भेगमा गोठ लैजाने भएकाले केही सहज भए पनि हिउँदको समयमा भने धेरै समस्या हुने गरेको उनको छ। लेकाली भेगमा गोठ लैजाँदा डाँडा पाखामा चराउन सहज नै भए पनि तल्लो भेगमा झारेपछि भेड...
कृषि अनुसन्धानको गुणस्तरका लागि नार्कलाई अनुसन्धान प्रणालीको रुपमा विकास गर्नुपर्ने
कृषि, समाचार

कृषि अनुसन्धानको गुणस्तरका लागि नार्कलाई अनुसन्धान प्रणालीको रुपमा विकास गर्नुपर्ने

नेपालअखबार, काठमाडौं । कृषि अनुसन्धानको गुणस्तरका लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको रुपमा विकास गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन् । कृषि वैज्ञानिक समाज नेपाल (सास नेपाल) को आयोजनामा नार्कको केन्द्रिय कार्यालय खुमलटार, ललितपुरमा ‘नेपालका प्रमुख कृषि नीतिहरूः नीतिगत प्रावधान, अन्तर र अगाडिको बाटो’ बिषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बिज्ञहरुले यस्तो जोड दिएका हुन् । कृषि अर्थशास्त्र समाजका महासचिव एवं नार्कका सेवानिवृत्त वरिष्ठ बैज्ञानिक डा. देवेन्द्र गौचनले राष्ट्रिय कृषि अनुसन्धान कोषलाई कार्यान्वयनमा ल्याई कृषि अनुसन्धानलाई प्रतिस्पर्धी बनाउनुपर्ने जनाएका छन् । संविधानले कृषि प्रसार गर्ने मुख्य जिम्मेवारी स्थानिय सरकारलाई अधिकार दिएता पनि आर्थिक स्वतन्त्रता र दक्ष जनशक्तिको अभाव तथा संघीय सरकार प्रतिको जवाफदेहीता न्युन भएका कारण पनि...
मौरी–भँवराको कमीले अलैँचीमा समस्या
कृषि, समाचार, समाज

मौरी–भँवराको कमीले अलैँचीमा समस्या

नेपालअखबार, काठमाडौँ  । सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ । यसका साथै विषादीको बढ्दो प्रयोग र जलवायु परिर्वतनको असर पनि अलैँची खेतीमा परेको छ । जसका कारण अलैँची किसान वार्षिक करोडौँ रुपियाँ बराबरको घाटा बेहोर्न बाध्य भएका छन् । वनस्पतिविद्का अनुसार विश्वमा जङ्गली फूलका ९० प्रतिशत प्रजाति, खाद्यबाली ७५ प्रतिशत र कृषिबाली ३५ प्रतिशत जीव परागसेचनमा निर्भर रहने गरेको छ । त्यस्ता जीवको सङ्ख्यामा कमी आएसँगै अलैँची उत्पादनमा कमी आएको आकलन गरिएको छ । जीव परागसेचनको ८० प्रतिशतभन्दा बढी परागसेचन किराहरूबाटै हुने गर्छ । किराबाट हुने परागसेचनमा पनि सबैभन्दा बढी करिब ८० प्रतिशत हिस्सा मौरीले ओगट्ने प...
चीनमा ६६ हजार हेक्टर बढी खेतीयोग्य जमिन सिँचाई गर्ने परियोजना सम्पन्न
कृषि, विदेश, समाचार, समाज

चीनमा ६६ हजार हेक्टर बढी खेतीयोग्य जमिन सिँचाई गर्ने परियोजना सम्पन्न

नेपालअखबार,  चीन । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिँचाई निर्माण परियोजना सम्पन्न भएको छ । शनिबार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको हो । परियोजना सन् २०१४ मा सुरु भएको थियो । गुइपिङ सहरको पर्ल नदी बेसिनमा यो परियोजना अवस्थित छ । यो परियोजना बाढी नियन्त्रण, ढुवानी सुविधा, बिजुली उत्पादन र सिँचाई प्रदान गर्न देशको एक महत्त्वपूर्ण साबित हुने बताइएको छ । ८ अर्ब युआन (करिब १ अर्ब १ करोड अमेरिकी डलर) को कुल लगानीमा सिँचाई परियोजना सम्पन्न भएको हो । चीनले अर्थतन्त्रलाई स्थिर गर्ने, गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने काममा जोड दिइरहेको छ ।...
खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण गरिने
कृषि, समाचार

खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण गरिने

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘नेपालमा साना किसानहरूको जीविकोपार्जन र खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण’ बारे सञ्चालन हुने परियोजनाका बारेमा पहिलो चरणको बैठक सम्पन्न गरेको छ । नार्क अन्तरगतको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र र फिड दी फ्यूचर इनोभेसन ल्याबले संयुक्त रुपमा सो परियोजना सञ्चालन गर्दैछ । माटोमा लागेको विभिन्न रोगका कारण खाद्य सुरक्षामा चुनौती देखिएको भन्दै नार्कले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गर्न लागेको हो । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले माटोजन्य रोगको समस्या बढ्दै गइरहेको अवस्थामा यस परियोजनाको प्रतिफलले किसानलाई ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भट्टराईले माटोजन्य रोगले उत्पादनमा निकै समस्या भईरहेकाले यसको निराकरणका लागि विशेष अध्ययन नै गर्नुपर्ने देखिएकाले यो परियोजना सञ्चालन ग...
धानको उत्पादन बढाउँन सरकारले सहयोग गर्ने–कृषि मन्त्री भुसाल
कृषि, राजनीति, समाचार, हाइलाइट-समाचार

धानको उत्पादन बढाउँन सरकारले सहयोग गर्ने–कृषि मन्त्री भुसाल

नेपालअखबार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउँन चैते धानको उत्पादन बढाउँनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सरकारले सिचाई, बिउँविजन, यन्त्र लगायतका प्रबन्ध मिलाउँन तयार रहेको मन्त्री भुसालले बताए । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज (बुधबार) आयोजना गरेको अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री डा. भुसालले यस्तो बताएका हुन् । चैते धानको उत्पादन बढाउँनका लागि कृषि र सिचाई मन्त्रालयका बीचमा समन्वय गरी योजना निर्माण भईरहेको बताउँदै उनले योजना निर्माण पश्चात आक्रमक रुपमा योजनाहरु लागु गरी धान उत्पादन अहिलेको भन्दा बढी गर्ने बताए । ‘देशैभरी रहेका खाली जग्गाको हामीले उपयोग गर्छौ । हामीलाई चाहिने भन्दा बढी नै धान उत्पादन हामी गर्न खोजेका छौं । त्यसका लागि...
बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति
कृषि, समाचार, समाज

बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

नेपालअखबार, गलकोट ( बागलुङ) । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको बताइएको छ । रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । केन्द्रका अनुसार मृत्युको दुई दशमलव ६३ प्रतिशतमात्रै भैँसी रहेको तथ्याङ्क छ भने अन्य क्षति गाईगोरुमा देखिएको हो । केन्द्रले सङ्कलन गरेको तथ्याङ्क अनुसार स्थानीय गाईगोरु र भैँसीको करिब ३० देखि ४० हजार र उन्नत जातको रु एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा तीन करोडभन्दा बढीको पशुधनमा क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए । उनका अनुसार अमेरिकन स्वाइन फिबरबाट समेत बागलुङका बङ्गुरपालन किसानले ला...
चितवनको केरामा ‘ओइलाउने’ रोग
कृषि, समाचार, समाज

चितवनको केरामा ‘ओइलाउने’ रोग

नेपालअखबार, चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ। ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको हो। कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार विभिन्न व्याक्टेरियाका कारण ओइलाउने रोग लाग्ने गर्दछ । ‘अहिलेसम्म कार्यालयमा चारवटा बगैँचामा यस्तो समस्या आएको सूचना आएको छ,’ उनले भने। अहिले नयाँ बिरुवा रोपिएको बगैँचामा यो रोग देखिएको उनको भनाइ छ। पुराना बालीका अवशेष, रोगी बिरुवा, गाना तथा कृषि औजार, मौरी तथा अन्य कीराको माध्यमबाट व्याक्टेरिया केरामा सजिलैसँग सर्ने उनले बताए। यो व्याक्टेरियाले गुभोको पातबाट आक्रमण सुरु गर्ने उनले जानकारी दिए। सरसफाइ तथा बगैँचाको उचित...