Monday, April 20

प्रदेश ४

महालक्ष्मीको १० औं साधारणसभा सम्पन्न
अर्थ, प्रदेश ४, समाचार

महालक्ष्मीको १० औं साधारणसभा सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर २ मा हरेको महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रञ्जिता थापाको अध्यक्षतामा भएको साधारण सभामा वडाध्यक्ष रहमतुल्ला मियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाको गतिविधी तथा प्रगती प्रतिवेदन सचिव जुना परियार र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इश्वरी भट्टले प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाध्यक्ष रहमतुल्ला मियाँ, सोड नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी थापा मगर, महालक्ष्मी माध्यामिक विद्यालयका ब्यवस्थाप समितिका अध्यक्ष डिलबहादुर अधिकारी, शिक्षक अर्जुन रेग्मी, मिलन महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षभुवन कुमारी बाँनिया, स्थानीय बुद्धिजिवी हिरालाल बोहोरा, देवि महिला समुहका अध्यक्ष तारा विक लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रमकै अवसरमा सोड नेपालका अध्य...
सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे आन्दाेलनकाे घाेषणा
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे आन्दाेलनकाे घाेषणा

गाेरखा । सडक कालोपत्रे गर्न माग गर्दै सिरानचोक गाउँपालिका ६ का स्थानीयले शनिबार ३ घण्टा चक्काजाम गरेका छन् । गोरखा बारपाक सडक अन्तरगत मसानेठाँटीदेखि खहरेसम्मको खण्ड ठेक्का सम्झौता गरेको ३ बर्ष बित्दा समेत काम नभएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । उनिहरुले शनिबारदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने गरी कार्यक्रम नै घोषणा गरेका छन् । जसका लागि कञ्चनकुमार श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति समेत गठन गरेका छन् । सडक अवरुद्ध गराउने कार्यक्रममा गोरखा क्षेत्र नम्बर २ ख का साँसद प्रकाशचन्द्र दवाडी समेत शनिबार नयाँसाँघु पुगेका थिए । उनिहरुले सडक कालोपत्रेको काम सुरु नहुञ्जेल आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । ‘३ बर्ष भयो सम्झौता भएको, तर अहिलेसम्म नाप्न पनि आएनन’ आन्दोलन समितिका अध्यक्ष श्रेष्ठले भने ‘अब हामी चुप लागेर बस्दैनौ, काम सुरु नहुञ्जेल आन्दोलन चलाउछौ ।’ स्थानीयले शनि...
छेवेटारमा काँग्रेसको बनभोज
प्रदेश ४, राजनीति, समाचार

छेवेटारमा काँग्रेसको बनभोज

गाेरखा । नेपाली काँग्रेसको बनभोज कार्यक्रम सम्पन्न भएको छ । काँग्रेसको गोरखा नगरपालिका १० वडा समितिको आयोजनामा छेवेटारमा कार्यक्रम भएको हो । वडा सभापति हिराकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सचिव न्यौपानेले वर्तमान सरकार जनताका काममा भन्दा पार्टी विवादमा फसेको बताएका छन् । ‘नेकपा सरकार पार्टीको विवादमा फसेको छ, भ्रष्ट्राचार र कमिसनमा डुबेको छ, जनताको समस्यामा कुनै मतलब छैन’ उनल भने ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ, दिनदिनै हजारौ विदेशी मान्छे विना निर्वाध भित्रिएका छन् तर सरकारले रोकथामका लागि कुनै चासो दिएको छैन ।’ कार्यक्रममा बोल्दै महासमिति सदस्य एवं नगरप्रमुख राजनराज पन्तले बिभिन्न विद्ययकका नाममा सरकारले जनताको स्वतन्त्रता खोस्ने प्रयास गर...
गोरखा क्याम्पस एल्मुनाईको अध्यक्षमा मास्के
प्रदेश ४, शिक्षा, समाचार

गोरखा क्याम्पस एल्मुनाईको अध्यक्षमा मास्के

गोरखा । गोरखा क्याम्पस एल्मुनाई एशोसियसन गोरखाको अध्यक्षमा भगवानबाबु मास्के चयन भएका छन् । शनिबार एल्मुनाईले आयोजना गरेको पूर्वविधार्थीको पुर्नमिलन तथा पुर्नगठन कार्यक्रमबाट मास्के अध्यक्षमा चयन भएका हुन् । जसको उपाध्यक्षमा सम्झना देवकोटा, सचिवमा इन्द्रकुमारी देवकोटा बस्नेत, सहसचिवमा तोरणबहादुर खड्का, कोषाध्यक्षमा दुर्गा अधिकारी चयन भएका छन् । त्यस्तै एल्मुनाईको सदस्यहरुमा गिरीराज लामिछाने, यादवप्रसाद शर्मा, राजकुमार श्रेष्ठ, रुद्रप्रसाद उप्रेती, शिव केसी, पार्वती पाठक, कल्पना तिमिल्सिना र सर्मिला ढकाल रहेका छन् । एशोसियसनका अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमी ब्यवस्था मन्त्री लेखबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरीशरण आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नेपाल रेडक्...
नेपाल मेराे दाेस्राे देश : कतारी राजदुत (भिडियाे सहित)
प्रदेश ४, विदेश, समाचार, हाइलाइट-समाचार

नेपाल मेराे दाेस्राे देश : कतारी राजदुत (भिडियाे सहित)

गाेरखा । नेपालका लागि कतारका राजदुत युसूव विन मोहम्मद अल हैल नेपालमा लगानी गर्दा आत्मसन्तुष्टी मिलेको बताएका छन् । गोरखा नगरपालिका, कतार रेडकृसेन्ट र युएनडिपीको संयुक्त लगानीमा वडा नम्बर २, ४ र ६ मा बिभिन्न योजनाकाे उद्घाटन गर्न गोरखा आएका उनले कतारको विकासका लागि नेपालीहरुको योगदान महत्वपूर्ण रहेको बताउदै उनले नेपालमा कतारले लगानी गर्ने योजना बनाएको समेत सुनाए । ‘कतारपछि नेपाल मेरो दोस्रो देश हो, यहाँका युवाले हाम्रो देशमा पसिना बगाएको गुन अब हामी तिर्न चाहान्छौ’ राजदुत युसूफले भने ‘अब नेपालको विकासमा सरकारसंग सहकार्य गर्न कतार तयार छ ।’ सोही क्रममा राजदुत युसूफले वडा नम्बर २ का महिलाहरुसंग समेत छलफल गरेका छन् । छलफलका क्रममा उनले महिलाहरुलाई आत्मनिर्भर बन्ने बाटोमा लाग्न समेत आग्रह गरे । हेर्नुस भिडियाे https://www.youtube.com/watch?v=8qe6EorrEjg...
त्रिपक्षिय लगानीमा बन्यो गोरखा नगरपालिकामा नौ योजना
अर्थ, प्रदेश ४, शिक्षा, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

त्रिपक्षिय लगानीमा बन्यो गोरखा नगरपालिकामा नौ योजना

गोरखा । त्रिपक्षिय लगानीमा गोरखा नगरपालिकामा बिभिन्न नौ योजना सम्पन्न भएका छन् । गोरखा नगरपालिका, कतार रेडकृसेन्ट र युएनडिपीको संयुक्त लगानीमा वडा नम्बर २, ४ र ६ मा बिभिन्न योजना निर्माण भएका हुन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सिञ्चाई लगायतका क्षेत्रमा लगानी भएका सो आयोजनाहरुको बिहिबार उद्घाटन भएको छ । योजनाहरुको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त र नेपालका लागि कतारका राजदुत युसूव विन मोहम्मद अल हैलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । गोरखा नगरपालिका २ ताप्लेमा निर्माण सम्पन्न भएको कोखे आहाले शहरी स्वास्थ्य चौकी, मदरसा भवन, २ र ४ मा सम्पन्न दुई खानेपानी आयोजना, सिञ्चाई र गोरखा अस्पतालमा निर्माण भएको फोहोर ब्यवस्थापन गृहको संयुक्त रुपमा उद्घाटन भएको हो । ९ योजनामा गोरखा नगरपालिकाले १ करोड ५९ लाख ७५ हजार १ सय ४०, कतार रेडकृसेन्टले १ करोड ३४ लाख ७१ हजार ७ सय २१ र यूएनडिपीले ५...
चार महिनादेखि दुबईमा अलपत्र यमकुमारी घर फर्किइन
प्रदेश ४, विदेश, समाचार, समाज, हाइलाइट-समाचार

चार महिनादेखि दुबईमा अलपत्र यमकुमारी घर फर्किइन

गोरखा । मानसिक सन्तुलन गुमाएर दुबईको अस्पतालमा अलपत्र परेकी गोरखा ८, आँपश्वाराकी यमकुमारी थापा नेपाल फर्केकी छिन् । ४ महिनाअघिदेखि दुबईको एक अस्पतालमा अलपत्र परेकी थापा बुधबार बिहान नेपाल आइपुगेकी हुन् । एक्कासी रक्तचापको समस्या आई त्याहाको रसिद अस्पतालमा शल्यक्रिया गरेकी उनको ४ महिनादेखि मानसिक सन्तुलनमा समस्या आएको थियो । उनी बुधबार बिहान १० बजे नेपाल एअरलाईन्सको उडानबाट नेपाल आइपुगेकी छोरी सृजना थापाले जानकारी दिइन् । उनलाई त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा श्रीमान लालबहादुर थापा, छोराहरु सन्तोष, दिनेश, छोरी सिर्जना थापा, ज्वाई रोशन राना र भाइ अतुल थापाले स्वागत गरेका थिए । विगत चार महिनादेखि मानसिक सन्तुलन गुमाएर अस्पतालमा अलपत्र बनेको खबर केहि दिनअघि बिभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका थिए । सो को आधारमा युएईमा रहेका सामजिक संघसंस्थाहरुले उनको उद्दारका लागि पहल गरेक...
तनहुँको व्यायसमा ट्रक दुर्घटना
प्रदेश ४, समाचार, समाज

तनहुँको व्यायसमा ट्रक दुर्घटना

तनहुँ – तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना भएको छ । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
गण्डकी सरकारको आँखा नेपाल ट्रस्टको जग्गामा
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

गण्डकी सरकारको आँखा नेपाल ट्रस्टको जग्गामा

गण्डकी मन्त्रिपरिषद बैठकले प्रदेश राजधानी पोखरामा नेपाल ट्रष्टको नाममा रहेको रत्नमन्दिर र हिमागृह लगायतका जग्गा प्रदेश सरकारले पाउनुपर्ने बताउँदै आएको छ। गण्डकी मन्त्रीपरिषदले नेपाल ट्रष्टको जग्गा सार्वजनिक भएकै दिन नेपाल ट्रष्टबाट प्रदेश सरकारको मातहतमा ल्याउने आवश्यक प्रकृया र ती सम्पदाहरुको मर्मत, सम्भार संरक्षण संचालन तथा व्यवस्थापन गर्नको लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पेश गर्न एउटा कार्यदल गठन गरेको छ। कार्यदलको संयोजकत्वमा प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेल रहेका छन्। यसैगरी सदस्यमा प्रदेशका मुख्यन्यायधीवक्ता राजेन्द्र घिमिरे, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, विषय विज्ञको भनेर गोरखाका डा धु्रव रेग्मी (रिटायर उपसचिव), पर्यटन विज्ञ जुद्ध गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका यामप्रसाद पोखरेल लगायत छ...
आगामी शनिबार रंगशालामा ‘लाइभ इन गोरखा’ हुने
पर्यटन, प्रदेश ४, मनोरञ्जन, समाचार

आगामी शनिबार रंगशालामा ‘लाइभ इन गोरखा’ हुने

गोरखा । आगामी शनिबार सदरमुकाममा ‘लाइभ इन गोरखा’ कार्यक्रम हुने भएको छ । सदरमुकामको खेलकुद मैदानमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ब्याण्डहरुको साँगितिक प्रस्तुती रहने बताइएको छ । गोरखा कालिका साँस्कृतिक कला केन्द्रको आयोजना तथा दारी ग्याङ्ग गोरखाको सहआयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित गायक कर्ण दासको समेत प्रस्तुती रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको कला केन्द्रका अध्यक्ष विक्रम तामाङले बताए । ‘साँस्कृतिक कार्यक्रम मार्फत आन्तरिक पर्यटक भित्राउने हाम्रो लक्ष्य हो’ तामाङले भने ‘यसले भ्रमण बर्षलाई सफल बनाउन समेत टेवा पुग्छ भन्ने विश्वास छ ।’ कार्यक्रममा नेपालय ब्याण्ड चितवन, गोरखा तारा साजन गुरुङ, गोरखा मल्टिट्यालेण्ट ग्रुप, द म्युजिकल मन्त्र, डिज्याष्टर ब्य...