Tuesday, September 1

प्रशासन

दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अवसर
प्रशासन, समाचार

दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अवसर

नेपालअखबार, काठमाडौं । दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई फारम भर्न ईपीएस कोरिया शाखाले आह्वान गरेको छ । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो । आवेदकले अनलाइनबाट मात्र फारम भर्नुपर्ने छ । ती फारम दर्ता साउन २० गतेदेखि २४ गतेसम्म हुनेछ । भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ । भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ । भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ ।...
गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रशासन, समाचार

गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपालअखबार, काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ । सबैभन्दा लामो समयदेखि गैरहाजिर भएका प्रहरी जवान सप्तरीका नरेन्द्र कुमार साह छन् । प्रहरी चौकी सतिघट्टा झापा दरबन्दी भएका उनी २०७९ चैत २७ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन् । हेर्नुहोस् गैरहाजिर भएका अन्यको विवरण –...
पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा
प्रशासन, समाचार

पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा

नेपालअखबार, काठमाडाैं। रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । सन २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सिबिटी) सञ्चालन गर्न लागिएको इपिएस कोरिया शाखाले जनाएको छ । इपिएस शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग (एचआरडी) बाट यस्तो परीक्षा सञ्चालन हुँदै छ । यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्नेछ । एचआरडीबाट प्राप्त नाम समावेश भएकामध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेभएका छन् । इपिएस कोरिया शाखाका अनुसार इपिएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र १ जनवरी २०१० पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपमा नेपाल फर्किएकाले मात्र पुनः रोजगारीका लागि अवसर पाउने भएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।...
आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ बन्द
प्रशासन, समाचार

आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ बन्द

नेपालअखबार, पोखरा । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी दिएको हो । महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए । बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ । ‘क्युमा बस्ने लामो दूरीका बसमात्रै बाहिर राखिन्छ । बाँकी सबैलाई  सडकमा पार्किङ नगर्न सूचना जारी गरेका छौं’, तिमिल्सिनाले भने । पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार...
नेपाल प्रहरीका ६४ वरिष्ठ सई इन्सपेक्टर बढुवामा सिफारिस
प्रशासन, समाचार

नेपाल प्रहरीका ६४ वरिष्ठ सई इन्सपेक्टर बढुवामा सिफारिस

नेपालअखबार, काठमाडाैं। नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई  इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो। ६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो सूचीको दोस्रो नम्बरमा छन्। यस्तो छ सूचीः  ...
उपत्यकामा थुप्रिएको फोहर उठ्न थाल्यो
प्रशासन, समाचार

उपत्यकामा थुप्रिएको फोहर उठ्न थाल्यो

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए । केही दिन अघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि निर्वाधरुपमा फोहर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले राससलाई जानकारी दिए । उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पुर्‍याउन थालेको छ । शुक्रबारदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्डसाइट पुग्न थालेपछि काठमाडौँ उपत्यकाको सडकमा थुप्रिएका फोहर एक/दुईभित्रै उठाइसक्ने उनको भनाइ छ...
नार्कले किसानलाई दिने सेवामा ध्यान दिन निर्देशक भट्टराईको निर्देशन
प्रशासन, समाचार

नार्कले किसानलाई दिने सेवामा ध्यान दिन निर्देशक भट्टराईको निर्देशन

नेपालअखबार, काठमाडौं । नेपाल कृषी अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नार्कबाट किसान एवं सरोकारवालालाई दिइने सेवा, सुविधा चुस्तदुरुस्त तथा गुणस्तरीय बनाउँन तर्फ ध्यान दिन निर्देशन दिएका छन् । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज नार्कका निर्देशक तथा बिभिन्न केन्द्र महाशाखाका प्रमुखसंगको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । कार्यालयको बिभिन्न सेवाको पारदर्शिता एवं सेवाको बारेमा बिभिन्न निर्णय गर्दै बैठकले प्रभावकारी कार्यान्वयन गर्दै अगाडी बढनुपर्ने उनले बताए । नार्कको सबै अनुसन्धान केन्द्रलाई सफा, सुन्दर बनाउँने, साथै बाथरुमदेखी कार्यालय कक्ष, ल्याब, सफा राख्ने, नियमित स्टाफ बैठक अनिवार्य गर्ने, कार्यक्रमको बारेमा सबै कर्मचारीका बीचमा नियमित छलफल गर्ने, बार्षिक कार्यक्रम र बजेट सबैले देख्ने ठाउँमा टाँस गर्ने लगायतका निर्णय गर्दै बैठकले प...
सर्वोच्चले सञ्चारसचिव राउतलाई विदेश जानबाट रोक लगायो
प्रशासन, समाचार

सर्वोच्चले सञ्चारसचिव राउतलाई विदेश जानबाट रोक लगायो

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई विदेश जानबाट रोक लगाएको छ । ललिता निवास प्रकरणमा उनलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपनि विदेश जान भने रोक लगाएको हो । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासले ललितानिवास प्रकरणमा प्रहरी हिरासतमा रहेका राउतका तर्फबाट उषा राउतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा यस्तो आदेश दिएको हो । आदेशमा राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको स्थिति नदेखिएकाले तारेखमै राखेर अनुसन्धान गर्न आदेश दिइएको  उल्लेख छ । यद्यपि राउतलाई अनुसनधान गर्ने निकाय र मुद्दा दायर भएपछि सम्बन्धित अदालतको आदेशमा बाहेक देशबाहिर जान भने प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख गरिएको छ ।...
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
प्रशासन, समाचार

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

नेपालअखबार, काठमाडाैं। भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले  बताए । क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ । छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई पनि निलम्बन गरिएको महानिर्देशक पौडेलले बताए । उनले भने–‘दुई कर्मचारीसहित ३ जनालाई निलम्बन गरेका छौँ, थप छानबिन हुँदै छ ।’...
निःशुल्क फोहर उठाउँछ तनहुँको भानु नगरपालिका
प्रशासन, समाचार

निःशुल्क फोहर उठाउँछ तनहुँको भानु नगरपालिका

नेपालअखबार, तनहुँ। तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउँछ। नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ। नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। ‘घर–घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ,’ उनले भने, ‘नगरपालिकाभित्र फोहरमैलाको दुर्गन्ध फैलन नदिन निःशुल्क फोहर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ।’ नगरपालिकाले उठाएको फोहोरमैला वडा नम्बर १ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिन्छ।सबै वडाबाट सङ्कलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए । सो जग्गा नगरपालिकाले फोहर व्यवस्थापनकै लागि खरिद गरेको हो।...