Saturday, August 8

प्रशासन

कुवेतका लागि अनुमोदित राजदूत लम्सालले भने : मेरो फोन जुनसुकै बेला उठ्नेछ
प्रशासन, समाचार

कुवेतका लागि अनुमोदित राजदूत लम्सालले भने : मेरो फोन जुनसुकै बेला उठ्नेछ

नेपालअखबार, काठमाडौँ । कुवेतका लागि संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदित भएका राजदूत घनश्याम लम्सालले आफूले जुनसुकै बेला फोन उठाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै लम्सालले कुवेतमा रहेका दूतावासको फोन उठ्ने र आफ्नो मोबाइल पनि उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू भुईमान्छेको सेवा गर्न रुचाउने व्यक्ति रहेको भन्दै समस्यामा परेका नेपालीसँग मजदुरसँग प्रत्यक्ष भेटेर पनि कुराकानी गर्ने बताए । कुवेतसँग श्रम सम्झौतामा केही समस्या रहेकोले आफ्नो कार्यकालमा त्यसलाई पूरा गर्ने अपेक्षा लिएको बताए । उनले कुवेतमा अप्ठ्यारोमा परेकाहरुलाई उद्धारका लागि उद्धार टोली बनाएको र दूतावासलाई जानकारी हुने बित्तिकै उद्धार गरिने बताए । राजदूत लम्सालले कुवेतमा नेपालको व्यापार र पर्यटन विस्तारका लागि आफू सेल्सम्...
विष खुवाएर छोरीको हत्या गरेको अभियोगमा तीन वर्ष कैद
प्रशासन, समाचार

विष खुवाएर छोरीको हत्या गरेको अभियोगमा तीन वर्ष कैद

नेपालअखबार, तनहुँ । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ। अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए। सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए। उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो। सुष्माको भने उपचारपश्चात् निको भएको थियो। सो घटनामा आरोपितका पति मनोज विकले ...
डेङ्गु नियन्त्रणका लागि धरान उपमहानगरका सबै विद्यालय बन्द
प्रशासन, शिक्षा, समाचार, समाज

डेङ्गु नियन्त्रणका लागि धरान उपमहानगरका सबै विद्यालय बन्द

नेपालअखबार, धरान। सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ। मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो। विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए। उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ। बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ। डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्ट...
सुन तस्करी प्रकरणमा १८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा
प्रशासन, समाचार

सुन तस्करी प्रकरणमा १८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा

नेपालअखबार, काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो मानिएको १ क्विन्टल (सय किलो) सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ । दावासहित हालसम्म पक्राउ परेका १८ जनाकै कल डिटेल्स लिने काम सम्पन्न भएको र सोही आधारमा दर्जनौं व्यक्तिहरूलाई निगरानीमा राखेर थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ । दावाको कलडिटेल्सका आधारमा केही राजनीतिक नेतृत्वसमेत निगरानीमा परेको हुन सक्ने स्रोतको दाबी छ । सोही आधारमा केही राजनीतिक व्यक्तित्व तथा उच्च तहका व्यापारिक घरानासमेत तानिनसक्ने देखिएको छ । विभाग स्रोतका अनुसार सुन तस्करीको मुख्य डिजाइनर मानिएका दावासँग सामान्य केरकार र सोधपुछ भइरहेको छ । उनीसँग विस्तृत बयान लिने काम भने बाँकी रहेको र छिटै बयान लिइने विभागस्रोतले जानकारी दिएको छ । ...
परराष्ट्र मन्त्रालयले भन्यो : गलत सूचनाका आधारमा विदेशी सेनामा भर्ना नहुनु
प्रशासन, समाचार

परराष्ट्र मन्त्रालयले भन्यो : गलत सूचनाका आधारमा विदेशी सेनामा भर्ना नहुनु

नेपालअखबार, काठमाडौं । परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान सूचित गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सचेत गराएको हो । विभिन्न सञ्चार माध्यममा रुसी सेनामा नेपालीहरु भर्ना भएको समाचार आएको थियो । ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन सूचित गरिन्छ ।’...
सुन गाल्ने मेसिन सरकारसँग एउटा, तस्करसँग ४ वटा
प्रशासन, समाचार

सुन गाल्ने मेसिन सरकारसँग एउटा, तस्करसँग ४ वटा

नेपालअखबार, काठमाडौं । राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ । केन्द्रीय बैंकको विभागमा सुन गाल्नका लागि एउटा मात्रै मेसिन छ । विभागका अधिकारीहरुका अनुसार सो मेसिनले एक पटकमा १० किलो मात्रै सुन गाल्न सक्छ । झण्डै १० वर्षअघि टक्सार विभागले किनेको सो मेसिनले १० किलो सुनसहितको वस्तु गालेर सुन छुट्ट्याउन मात्रै २० देखि ३० मिनेट लाग्छ । तर, त्यसमा सुनको गुणस्तर छुट्ट्याउन भने अझै धेरै समय लाग्छ । विभागका प्रमुख थानेश्वर आचार्यकाअनुसार टक्सारमा बुझाएको सुन गाल्न करिब १६ पटक २० देखि ३० मिनेटका दरले मात्रै समय लाग्छ । ‘धेरै समयअघि किनेको एउटा मात्रै मेसिन छ,’ आचार्यले भने, ‘थप किन्ने खोजेको हो, तर किन्न सकिएको थिएन । अहिले आएको सुन एक दिनमा गाल्न चाहिं सकिन...
इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने व्यापारीविरुद्ध मुद्दा दायर
प्रशासन, समाचार

इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने व्यापारीविरुद्ध मुद्दा दायर

नेपालअखबार, पर्सा । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९–८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३, चितवनका पाँच र पर्साका एक व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले जानकारी दिए । उनले इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एन्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एन्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर स्टोर्स र जय बजरङ्गवली ट्रेडर्सविर...
नयाँबसपार्कमा यात्रुको झोला तान्ने १० जना प्रहरीकाे नियन्त्रणमा
प्रशासन, समाचार

नयाँबसपार्कमा यात्रुको झोला तान्ने १० जना प्रहरीकाे नियन्त्रणमा

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले शनिबारमात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये चारजना होटल सञ्चालक रहेका छन् । “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने । प्रहरीले उ...
दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अवसर
प्रशासन, समाचार

दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अवसर

नेपालअखबार, काठमाडौं । दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई फारम भर्न ईपीएस कोरिया शाखाले आह्वान गरेको छ । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो । आवेदकले अनलाइनबाट मात्र फारम भर्नुपर्ने छ । ती फारम दर्ता साउन २० गतेदेखि २४ गतेसम्म हुनेछ । भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ । भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ । भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ ।...
गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रशासन, समाचार

गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपालअखबार, काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ । सबैभन्दा लामो समयदेखि गैरहाजिर भएका प्रहरी जवान सप्तरीका नरेन्द्र कुमार साह छन् । प्रहरी चौकी सतिघट्टा झापा दरबन्दी भएका उनी २०७९ चैत २७ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन् । हेर्नुहोस् गैरहाजिर भएका अन्यको विवरण –...