Sunday, August 9

प्रशासन

प्रहरी चौकी प्रमुख सम्मको फोन नम्वर अब वेबसाईटमा
प्रशासन, समाचार

प्रहरी चौकी प्रमुख सम्मको फोन नम्वर अब वेबसाईटमा

नेपालअखबार,  पोखरा ।  प्रहरी चौकी प्रमुख सम्मको फोन नम्वर अब वेबसाईटबाट नै हेर्न मिल्ने छ ।    सेवाग्राही र प्रहरीको विचमा विश्वासको वातावरण विकास गरी शान्ती सुरक्षासंग सम्बन्धित महत्वपुर्ण सुचनाहरु आदानप्रदानमा सहज गराउने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश भरी भएका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रहरी चौकी सम्मको कार्यालय र कार्यलय प्रमुखको सम्पर्क नम्वर गण्डकी प्रदेश प्रहरी कार्यालयको वेबसाईटमा हेरी सम्पर्क गर्नसकीने व्यबस्था गरेको छ । सेवाग्राहीले गण्डकी प्रदेश प्रहरी कार्यालयको वेबसाईट https://gandaki.nepalpolice.gov.np मा गई आफ्नो गुनासो वा समस्या कुन प्रहरी कार्यलयमा पुर्याउनुपर्ने सो कार्यालय र कार्यालय प्रमुखको सम्पर्क नम्बर प्राप्त गर्न सक्नेछन । यसबाट सेवाग्राहीले आफुले चाहेको प्रहरी कार्यालय प्रमुखसंग...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध अख्तियारले मुद्दा दायर
प्रशासन, समाचार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध अख्तियारले मुद्दा दायर

नेपालअखबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । गिरीले प्राध्यापक नभई प्राध्यापक हुँ भनी उक्त पदको प्रयोग गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस्‍ भनी बदनियत साथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको अख्तियारको भनाइ छ । डा। गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ज्ञछ बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अ...
भारतीय नक्कली नोटको कारोबार गरेको आशङ्कामा जिफन्टका सचिव पक्राउ
प्रशासन, समाचार

भारतीय नक्कली नोटको कारोबार गरेको आशङ्कामा जिफन्टका सचिव पक्राउ

नेपालअखबार, काठमाडौँ । ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधी पक्राउ परेका हुन् । प्रहरीले पन्त समूहको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए । जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा रमेश पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे अनुसन्धान गरिरहेको मधेस प्रदेशका डिआइजी वसन्त कुँवरले  बताए ।...
बैदेशिक रोजगारमा जानेलाई ठगीबाट जोगिन काठमाडौं प्रहरीको अनुरोध
प्रशासन, समाचार

बैदेशिक रोजगारमा जानेलाई ठगीबाट जोगिन काठमाडौं प्रहरीको अनुरोध

नेपालअखबार, काठमाडाैं । बैदेशिक रोजगारी तथा अध्ययनका लागि जानेहरूमाथि ठगी भएको गुनासोपछि त्यसबाट जोगिन प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै ठगी गर्ने गिरोहहरूबाट जोगिन अनुरोध गरेको हो। ठगी गर्ने गिरोहले ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा विदेश पठाइने भन्दै विज्ञापन प्रकाशन गर्ने र त्यसमार्फत कुनै पनि व्यक्तिलाई सम्पर्क गर्ने गरेको छ। परिसरका अनुसार विदेश पठाइदिने भन्दै गिरोहले पीडित व्यक्तिको राहदानी, नागरिकता लगायत कागजात लिने गरेको छ। त्यस्तै विदेश जान रकम आवश्यक हुने हुँदा आफ्नो खातामा रकम जम्मा समेत गर्न लगाउने गिरोहको शैली छ। त्यसपछि सम्बन्धित खातावाला व्यक्तिको नागरिकता र राहदानी समेत लिएर ती पीडित व्यक्तिकै नामबाट पूरानो सिम हराएको भनी नयाँ सिम लिने गरेको परिसरले जनाएको छ। त्यसरी नयाँ सिम लिएर बैंकिङ एप्स डाउनलोड गरी ओटिपी कोड लिएर...
सडक विभागले स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने
प्रशासन, समाचार

सडक विभागले स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने

नेपालअखबार, काठमाडाैं । सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने गरी स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ। स्थानीय तह अन्तर्गतका पुल हस्तान्तरण तथा बजेट लगायतमा समस्या आएको भन्दै विभागले अब राष्ट्रिय राजमार्गका पुल निर्माणमा मात्रै केन्द्रित हुने तयारी गरेको हो। विभागका प्रवक्ता भीमार्जुन अधिकारीले स्थानीय सडकका पुलको ठेक्का हस्तान्तरण तथा पर्याप्त बजेट नहुने भएपछि आगामी आर्थिक वर्षदेखि स्थानीय तह अन्तर्गतका नयाँ पुल निर्माणको काम नगर्ने गरी छलफल अघि बढेको बताए। ‘आगामी आर्थिक वर्षदेखि स्थानीय तह अन्तर्गतका पुल निर्माणको काम विभागले नगर्ने गरी छलफल गरी बढेको छ, बजेट पनि सोहीअनुसार विनियोजन हुन्छ’, उनले भने, ‘अब स्थानीय सडकमा पर्ने पुल स्थानीय तह, प्रदेश वा स्थानीय पूर्वाधार विभागले गर्नेछन्।’ सडक विभागमा राष्ट्रिय राजमार्गमा प...
सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा
प्रशासन, समाचार

सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा

नेपालअखबार, काठमाडाैं । सशस्त्र प्रहरी बल (एपिएफ) का ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। एपिएफ प्रधान कार्यालय हलचोकले बिहीबार राति ९७ जना एसपीको सरूवा गरेको हो। अहिलेको सरूवा पूर्वानुमान सूचीअनुसार नै गरिएको एपिएफका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिए। गत कात्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो। त्यसअनुसार नै अहिले एसपीको सरूवा भएको हो। सरूवामा एक पटक पनि कमान्डको जिम्मेवारी प्राप्त नगरेका एसपीलाई पहिलो प्राथमिकतका कार्यालयमा सरूवा गरिएको छ। रिजर्भ गण र तालिम शिक्षालयहरूमा कमाण्ड गरेका एसपीलाई दोस्रो प्राथमिकतामा राखेर सरूवा गरेको प्रधान कार्यालयले जनाएको छ। मुख्य गणमा कमान्ड गरेका एसपीलाई भने तेस्रो प्राथमिकतामा राखेर सरूवा गरिएको हो। सरूवा पूर्वानुमान सूचीका...
आज मधेस प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै
प्रशासन, समाचार

आज मधेस प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै

नेपालअखबार, जनकपुरधाम । हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत चार वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । मधेस प्रदेश सरकारले यस पटकको बलिदानी दिवस मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस भवनमा रहेको कवर्डहलमा मनाउने भएको छ । २०६३ सालमा भएको मधेस विद्रोहको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउन मनाउने गरेको छ । माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । यो दिनलाई स्मरण गर्दै प्रदेश सरकारले जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने मधेस प्रदेश सरकारका मन्त्री सञ्जय यादवले जानकारी दिए । समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद तथ...
बेलायतका मेयर पोखरामा, भन्छन्- पोखरा देख्दा रोमाञ्चित भएँ
प्रशासन, समाचार

बेलायतका मेयर पोखरामा, भन्छन्- पोखरा देख्दा रोमाञ्चित भएँ

नेपालअखबार, पोखरा । संयुक्त अधिराज्य बेलायतको साउथ वार्कका मेयर सुनील चोपरा पोखरा आएका छन् । बुधबार उनलाई पोखरा महानगरपालिका वडा १३ मा वडाध्यक्ष किरण बरालसहितका जनप्रतिनिधिले स्वागत गरे । त्यसपछि छलफलका क्रममा उनीहरुले अनुभव आदान–प्रदान तथा विकासका कामबारे कुराकानी गरेका थिए । मेयर चोपराले पोखराको सुन्दरताले आफूलाई मोहित बनाएको र योजनावद्ध विकास गर्ने हो भने यो सहर विश्वकै सुन्दर बन्ने बताए । उनले पोखरा देखेर रोमाञ्चित भएको पनि बताए । वडाध्यक्ष बरालले महानगर तथा वडाले प्राथमिकताका साथ गरिरहेको कामबारे जानकारी गराएका थिए । उनीहरुबीच दुई स्थानीय तहबीच सम्बन्ध जोड्ने विषयमा पनि छलफल भएको छ । चोपराले आपसी भाइचारा कायम गर्न र यहाँको विकासमा सहयोग गर्न तयार रहेको बताएका थिए । पोखरा घुम्न आएका मेयर चोपराले विभिन्न पर्यटकीय ठाउँको भ्रमण गरिरहेका छन् । चोपराले बिहीबार बेलायतका राजकुमार ...
नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि पहल गर्न राजनीतिक दललाई मधेशी आयोगकाे पत्राचार
प्रशासन, समाचार

नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि पहल गर्न राजनीतिक दललाई मधेशी आयोगकाे पत्राचार

नेपालअखबार,काठमाडौं । मधेशी आयोगले प्रमुख राजनीतिक दललाई नागरिकता सम्बन्धी विधेयक, २०७९ प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ । नागरिकता विहिन संघर्ष समितिका पदाधिकारीले आयोगमा पुगेर आयोगका अध्यक्ष डा.विजयकुमार दत्त समक्ष ज्ञापन पत्र बुझाएका थिए । नागरिकता नभएको कारणले गर्दा राज्यको हरेक सेवा सुविधाबाट बन्चित हुनुपरेको समस्याले गर्दा नयाँ राष्ट्रपतिको नियुक्तिपछि नागरिकता विधयेक, २०७९ प्रमाणीकरणमा विशेष भूमिका निर्वाह गरिदिन आग्रह सहितको ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्र बुझेपछि अध्यक्ष दत्तले नागरिकता नहुनुको पीडा आयोगले पनि बुझेको र आयोगले यसमा गर्न सक्ने सबै किसिमको सहयोगबाट पछाडि नहट्नेसमेत प्रतिद्वता जनाएका छन् । ज्ञापन पत्रलाई मध्यनजर गर्दै अध्यक्ष दत्तको निर्देशनमा आयोगले सबै शिर्ष राजनीतिक दललाई विधेयक प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया अग...
नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द
प्रशासन, समाचार

नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द

नेपालअखबार,चितवन । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो ।  गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३०  बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी  कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीन को भित्तो काट्ने क...