Sunday, August 9

प्रशासन

नौ जना फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

नौ जना फरार प्रतिवादी पक्राउ

नेपालअखबार, काभ्रे । जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ  फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका नौ प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न अदालत पेस गरिएको प्रहरीले जनाएको हो । चौँरीदेउराली गाउँपालिका–१ का ३० वर्षीया हीरा लामालाई बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष तीन महिना कैद तथा रु १० हजार जरिवाना फैसला गरेको थियो । लामालाई सोमबार घरबाटै पक्राउ गरी अदालत पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार सोमबारै बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष कैद तथा रु १२ हजार पाँच...
चितवनका १८ क्रसर उद्योग बन्द, विद्युत लाइनसमेत काटियो
प्रशासन, समाचार

चितवनका १८ क्रसर उद्योग बन्द, विद्युत लाइनसमेत काटियो

नेपालअखबार, चितवन । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गराएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको हो । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकाकाका पाँच वटा क्रसर उद्योग बन्द गराएको छ । महानगरपालिका वडा नं. १ मा उक, वडा नं. २९ मा तीन, वडा नं. २६ मा एक क्रसर बन्द गराइएको छ । यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका. माडी नगरपालिका र कालिका नगरपालिकाका एक/एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ । बन्द गराइएका क्रसरमा दिइएको विद्युत लाइनसमेत काटिएको छ । क्रसर उद्योगलाई बैधानिक रुपमा सञ्चालन गर्न दर्ता, नवीकरणसहितका कागजात लिएर प्रशासनमा उपस्थित हुने भनिएको छ । ‘दर्ता नवीकरणसहितको मापदण्ड पुगेका क्रसर उद्...
पेट्रोलियम पदार्थको मूल्य घटाउँदै सरकार
अर्थ, प्रशासन, समाचार

पेट्रोलियम पदार्थको मूल्य घटाउँदै सरकार

नेपालअखबार, काठमाडौं । मूल्य घटाउने निर्णय गर्न निगम सञ्चालक समितिको बैठक बस्दै छ । मूल्य घटाउन निर्देशन दिन आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री दाहालले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए । ४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि आयल निगमले अझै मूल्य नघटाएपछि कार्यकारी निर्देशक थानीलाई नै बोलाएर निर्देशन दिएको बताइन्छ ।...
वन मुद्दाका फरार अभियुक्त पक्राउ
प्रशासन, समाचार

वन मुद्दाका फरार अभियुक्त पक्राउ

नेपालअखबार, सुर्खेत। सुर्खेत प्रहरीले वन मुद्दाका फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –२ ठउरीका ३९ वर्षीय विनोद गिरी रहेका छन् । गिरीलाई आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । उनलाई डिभिजन बन कार्यालय सुर्खेतले वन मुद्दामा २२ असोज २०७७ मा २५ हजार ३१२ रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका उनलाई डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।...
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान, नगरपालिकामा विदा
प्रशासन, समाचार

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान, नगरपालिकामा विदा

नेपालअखबार, काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार (आज) डेमो उडान हुँदैछ । यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने उल्लेख गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०:३० मा डेमो उडान गर्नेछ । जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट लगायत नेताहरू सवार हुनेछन् । साथै एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री समेत जहाजमा रहने छन् । तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरण...
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान
प्रशासन, समाचार

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ । आज एक सूचना जारी गर्दै आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।...
आजदेखि चरा गणना सुरु
प्रशासन, समाचार

आजदेखि चरा गणना सुरु

नेपालअखबार, भरतपुर । नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा ३५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए । उनका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उनले बताए । चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दै गएको उनको भनाइ छ । हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तको प्रभाव पनि चराको बासस्थानमा परेको डा बरालले बताए । चितवनमा भने भोलिदेखि चरा गणना सुरु हुने वर्ड एजुकेशन सोसाइटी सौराहाका ...
गृहमन्त्री रविकाे नागरिकता र राहदानीसम्बन्धी सबै कागजात सात दिनभित्र अदालतमा झिकाउन आदेश
प्रशासन, समाचार

गृहमन्त्री रविकाे नागरिकता र राहदानीसम्बन्धी सबै कागजात सात दिनभित्र अदालतमा झिकाउन आदेश

नेपालअखबार, काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभा सदस्यका हुन अयोग्य रहेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि यो विवाद छिटो निरूपण हुनुपर्ने बताएको छ। साथै लामिछानेका नागरिकता र राहदानीसम्बन्धी कागजातहरू समेत सात दिनभित्र मगाएको छ। कायम मुकायमप्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा र प्रकाशमान राउतको संवैधानिक इजलासले छिटो निरूपण गर्नुपर्ने विवाद भएकाले माघ ११ गतेलाई पूर्ण सुनुवाइको पेशी तोक्न आदेश गरेको हो। पूर्ण सुनुवाइ भनेको फैसलाका लागि गरिने अन्तिम सुनुवाइ हो। माघ ११ गतेसम्म रिट निवेदक र विपक्षी सबैले बहस नोट पनि पेश गरिसक्नुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ। उक्त इजलासले रिटमा अन्तरिम आदेश नदिए पनि आउँदा दिनमा पेशी तोक्दा अग्राधिकार दिन भने आदेश गरेको छ। अग्राधिकार...
गृहमन्त्री लामिछानेको मुद्दामा बहस सकियो
प्रशासन, समाचार

गृहमन्त्री लामिछानेको मुद्दामा बहस सकियो

नेपालअखबार, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे जारी बहसमा न्यायाधीशहरुले सरकारी र निवेदकतर्फका वकिलहरुसँग प्रश्न गरेका छन् । न्यायाधीशहरुले विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिक बन्ने प्रक्रियाबारे प्रश्न गरेका हुन् ।  सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको मुद्दाबारे बहस चलिरहेको हो । बहसका क्रममा निवेदकको तर्फबाट अधिवक्ता रमन कर्णले बहस गर्दा नागरिकता सम्बन्धी ऐनमा स्वतः खारेज हुने व्यवस्था भएपनि पुनः प्राप्तिको व्यवस्था नभएको उल्लेख गरे । सो क्रममा न्यायाधीश सिंहले ‘कुनै नागरिक स्टेटलेस हुन सक्छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा कर्णले स्टेटलेस नहुने तर पुनः प्राप्तिका लागि प्रक्रिया पुरा गर्नुपर्ने बताए । सो क्रममा सरकार...
संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा
प्रशासन, समाचार

संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा

नेपालअखबार, काठमाडौं । संघीय संसद सचिवालयका सहसचिव डा.रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो । रिक्त पद पुर्तिका लागि बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रवक्ताको भूमिकामा रहेका डा. पाण्डेलाई सचिवमा बढुवा गरेको हो ।...