Friday, April 24

प्रशासन

चुनावमा एक हप्ता विदा दिने त्रिविको तयारी
प्रशासन, समाचार

चुनावमा एक हप्ता विदा दिने त्रिविको तयारी

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा एक हप्ता विदा दिने तयारी गरेको छ । जाडोको विदामा समायोजन गर्ने गरी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा विदा दिने सुझाव आएकोले त्यसैगरी विदा दिने तयारी भइरहेको शिक्षाध्यक्ष शिवलाल भूसालले जानकारी दिए । चुनावका बेला विद्यार्थीहरु पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरुमा मतदान केन्द्रहरु परेको भएकोले एक हप्ता विदा दिने तयारी रहेको भूसाल बताउँछन् । उनले भने ‘त्यसबेला विद्यार्थी पनि जान आउन परो । क्याम्पसहरुमा पोलिङ सेन्टरहरु परेकोले एक हप्ता विदा दिने तयारी हो ।’ उनको भनाई अनुसार विदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भइनसके पनि मंसिर १ देखि ६ सम्म विदा हुने सम्भावना रहेको छ । विद्यार्थीहरुले जाडो बिदा चुनावको समयमा दिन आग्रह गरेपनि प्राध्यापकहरुले चुनावको समयमा लामो विदा दिन नहुने सुझाव दिएप...
पोखरा महानगरपालिकाले प्रयोजन विपरीत सञ्चालनमा रहेका भूमिगत पार्किङहरू खालि गराउन सुरु
प्रशासन, समाचार

पोखरा महानगरपालिकाले प्रयोजन विपरीत सञ्चालनमा रहेका भूमिगत पार्किङहरू खालि गराउन सुरु

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिकाले प्रयोजन विपरीत सञ्चालनमा रहेका भूमिगत पार्किङहरू खालि गराउन सुरु गरेको छ । यसअघि भूमिगत पार्किङ सहित महानगरपालिकाबाट कर छुटको सुविधा लिएर निर्माण गरिएका व्यापारिक भवनहरूले ती पार्किङहरूलाई पार्किङको रूपमा नभई व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि महानगरपालिकाले पटक पटक हटाउन अनुरोध गरेको थियो । अधिकांशले महानगरपालिकाको अनुरोध बमोजिम पार्किङ खाली गरेको भए पनि अटेर गरी व्यवसाय सञ्चालन गरिरहेका कतिपय भवनहरूमा महानगरपालिकाले मङ्गलवार डोजर नै चलाएको हो । पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्र पुल स्थित गरिमा विकास बैङ्क रहेको भवन लगायत स्थानहरूमा महानगरपालिकाले डोजर चलाएको हो । सेलवेज टावरको बेसमेन्टमा सञ्चालनमा रहेको विगबजार भने स्थानान्तरणको क्रममा रहेकाले सोका लागि ७२ घण्टाको अल्टिमेटम दिइएको छ । ‘महानगरपालिकाको निर...
जुम्लामा कात्तिक २० देखि मदिरा बिक्रीमा रोक
प्रशासन, समाचार

जुम्लामा कात्तिक २० देखि मदिरा बिक्रीमा रोक

नेपालअखबार,  जुम्ला। जुम्लामा ४ मङ्सिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि २० कात्तिकदेखि नै मदिरा बिक्रीमा रोक लगाइएको छ । जिल्लामा निर्वाचन आचारसंहिता पालनाको विषयमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिउन्जेलसम्म मदिरा बिक्री रोक्ने निर्णय गरेको हो । शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवन रोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले जानकारी दिइन् । उनका अनुसार चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा आमसभा, नारा जुलुस, भीडभाड लगायतका गतिविधिमा रोक लगाइएको छ । ४ मङ्सिरको निर्वाचनका लागि मतपत्रबाहेक सबै ५४ प्रकारको सामग्री जिल्लामा आइसकेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । उनका अनुसार मतपेटिका पनि ल्याइसकिएको छ ।...
आचारसंहिता उल्लङ्घनविरुद्ध एकैदिन ९ स्पष्टीकरण
प्रशासन, समाचार

आचारसंहिता उल्लङ्घनविरुद्ध एकैदिन ९ स्पष्टीकरण

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घन विरुद्ध परेका उजुरीका आधारमा आज एकैदिन नौ वटा स्पष्टीकरण सोधेको छ । आयोगले लाभको पदमा रहेका, निर्वाचनका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेल्लाबेग्लै पत्र पठाएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताए । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा  नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा ...
निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ : आयोग
प्रशासन, समाचार

निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ : आयोग

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको छ । संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको निर्वाचनका समयमा भरपूर उपयोग होस् भन्ने हेतुले आयोगले निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७७’ कार्यान्वयनमा ल्याएको छ । आम मतदाताले सुसूचित भई विवेकपूर्ण निर्णय मतदानमार्फत गर्न सक्षम हुन् भन्ने ध्येयले नै उक्त नीति ल्याइएको हो । यही भावनालाई आत्मसात् गर्दै ...
जरिवाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम बन्दसूचीबाट हट्यो
प्रशासन, समाचार

जरिवाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम बन्दसूचीबाट हट्यो

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहितामा उलंघनमा परी जरिवाना नबुझाएका ३६९ सहित ५५० जनाको नाम बन्दसूची हटाउने निर्णय गरेको छ । उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा  र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जना उम्मेदवारहरूमध्ये ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको उल्लेख छ । जसमा निर्वाचन कानून तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना रहेका छन्  । उम्मेदवारहरूका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट थप १८१ जनाको नाम सूचीबाट हटाइएको छ ।  १८१ जनामध्ये लाभको पदमा बहाल रहेका एक जना र कालोसूचीमा रहेका एकजना व्यक्तिको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । ‘प्रतिनिधि सभा स...
फेसबुक पेज र ग्रुप हटाउन आयोगको निर्देशन
प्रशासन, समाचार

फेसबुक पेज र ग्रुप हटाउन आयोगको निर्देशन

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गर्ने केही फेसबुक पेज तथा ग्रुप हटाउन निर्देशन दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘नो, नट अगेन, नो नट अगेन र नो. नट अगेन नामका  फेसबुक पेज र ग्रुपहरुबाट निर्वाचन सम्बन्धी भ्रामक श्रव्यदृश्य सामग्री प्रकाशन भएको पाइएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। झूटा फेसबुक पेज तथा ग्रुपहरू सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय कारोवार ऐन र  निर्वाचन (कसूर तथा सजाय) ऐनको प्रतिकूल रहेको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उल्लेखित कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहे...
स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी
प्रशासन, समाचार

स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी

नेपालअखबार,  काठमाडाैं  । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आशन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानूनको दृष्टिमा नमिल्ने कुरा भएको समेत आयुक्त भण्डारीले स्पष्ट गर्नुभयो । आयुक्त भण्डारीले भन्नुभयो, ‘स्पष्टीकरण सोध्नु नै आचारसंहि...
निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार
प्रशासन, समाचार

निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

नेपालअखबार, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ ।आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ । रासस...
अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन
प्रशासन, समाचार

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

नेपालअखबार, सुर्खेत। सुर्खेतको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ। राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापरबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन बिहीबारदेखि गणना हुने गरी ३५ दिने समयसीमा तोकेको हो। अलपत्र योजनाका काम ३५ दिनभित्र पुनः सुरू नगरेमा सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने लगायतका कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। 'राज्यले करोडौंको लगानी रहेको आयोजनाका काम गर्ने जिम्मा दिइसकेपछि आलटाल, ढिलासुस्ती गर्ने र सम्पर्कमा नआइ राज...