मोदी गाउँ पालिकाकामा भूमिहिनहरुको लागी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपालअखबार, पर्वत । राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतको आयोजना र मोदी गाउँपालिकाको ब्यबस्थापनमा एक दिने अभिमुखीकरण तालिमको कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय भुमि आयोगले पर्वत जिल्लाका जलजला बाहेका सवै पालिकामा यही भाद्र १ देखि भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको सुचना प्रकाशित गरीसकेको हुदा मोदी गाउँपालिकाका सवै वडामा यहि भाद्र १०गते देखि १६ गते संम्म भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिने भएको छ।
पर्बत भूमि आयोगका अध्यक्ष उदय प्रसाद सुवेद मोदी गाउँ पालिका वडा अध्यक्ष हिरा देवि शर्मा मोदी गाउँ पालिकाका उप अध्यक्ष बिमल लामिछाने भूमि आयोगको सदस्य देबि कुमारी क्षेत्री साथै सबै राजनीतिक दल को उपस्थित रहेको थियो । ८ वटा का अध्यक्ष लगायत सचिवहरुको लागी एक दिने अन्तरक्रिया कार्यक्रममा रहेको थियो ।
यस एक दिने अन्तरक्रिया कार्यक्रमको प्रस्तुतक...










