Saturday, October 24

प्रशासन

इदको अवसरमा आइतबार सार्वजनिक बिदा
प्रशासन, समाचार

इदको अवसरमा आइतबार सार्वजनिक बिदा

नेपालअखबार, काठमाडौं । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ । उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।...
काठमाडौं महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध
प्रशासन, समाचार

काठमाडौं महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध

नेपालअखबार, काठमाडाैं ।  यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । सूचनामा लेखिए अनुसार महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न पाइने छैन । साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न लगाउन पाइने छैन । महानगरपालिकाले असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित व्यवस्थापन गर्ने पनि जनाएको छ । मानव सेवा आश्रमको आवश्यक परेमा महानगरपालिकामा सम्पर्क गर्न पनि भनिएको छ । हेर्नुहोस् काठमाडौं महानगरपालिकाको सूचना...
सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने
प्रशासन, समाचार

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने

नेपालअखबार,  काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगर सभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ । सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए। प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागेको हो । चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । सङ्केत चिह्नमा  गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला ...
टिचिङ अस्पतालले बीमा सेवालाई निरन्तरता दिने
प्रशासन, समाचार

टिचिङ अस्पतालले बीमा सेवालाई निरन्तरता दिने

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने बताए। उनकाअनुसार अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी सोधभर्ना अविलम्ब बोर्डले पठाउने भएपछि स्वास्थ्य बीमा सेवाले निरन्तरता पाउने भएको छ। यसअघि अस्पतालले स्वास्थ्य बीमा बोर्डले बिमितको उपचारबापतको रकम उपलब्ध नगराएपछि आज असार १५ गतेदेखि बीमा कार्यक्रम स्थगित गर्ने जानकारी गराएको थियो। रासस...
नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक जिम्मेवारीकाे वरिष्ठ क्याप्टेन ज्वारचनलाई
प्रशासन, समाचार

नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक जिम्मेवारीकाे वरिष्ठ क्याप्टेन ज्वारचनलाई

नेपालअखबार, काठमाडौँ   नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक पदमा सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई अस्थायी महाप्रवन्धकको जिम्मेवारी दिईएको हो । नेपाल एयरलाइन्सको नेतृत्व खाली रहेको अवस्थामा संस्थालाई नेतृत्व गर्न मन्त्रिपरिषद्‍बाट उनलाई अस्थायी महाप्रवन्धक नियुक्त गरिएको हो ।...
खोँचमा फसेकाको उद्दार तथा प्राथमिक उपचारको नमुना अभ्यास
प्रदेश ४, प्रशासन, समाचार

खोँचमा फसेकाको उद्दार तथा प्राथमिक उपचारको नमुना अभ्यास

नेपालअखबार, पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा मनोरञ्जनको रुपमा, केही विशेष काम र आत्महत्याको शिलशिलामा खोँच वा भिरमा फसेका घाईते तथा मृतकको उद्दार सम्बन्धि सिमुलेशन अभ्यास सम्पन्न भएको छ । आजभोली सर्वाधिक चलेको मोबाईल टिकटक बनाउन पनि खोच वा भिरमा फस्ने घटनाहरु भएको पाईन्छ । यस्ता गलत काम नगर्न सन्देश दिदै त्यस्ता घटना भईहाले नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरिएको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारका अन्तरीक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमूख अतिथि मन्त्री विश्वकर्माले प्रहरीद्वारा विपद् उद्दारका कार्यहरुको उच्च मुल्यांकन गरिरहेको बताउदै उत्कृष्ट सिमुलेशन प्रदर्शन गरेकोमा धन्यवाद प्रकट गरेक...
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित
प्रशासन, समाचार

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

विलम विष्ट,   काठमाण्डाै  ।  सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । अधिकारीमाथि निगमको जहाज साउदी अरब सञ्चालन गर्न जम्बो टोलीलाई भ्रमणमा लगेको, सार्वजनिक प्रतिस्पर्धा नगराइ एउटा संस्थालाई मात्र सहभागी गराइ सोझै टिकट बिक्री गर्ने गरेकोलगायतका आरोप लागेको छ । गएको मङ्सिर ८ गते सरकारले उहाँलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।...
सर्वोच्च अदालतकाे अन्तरिम आदेश :  जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन
प्रशासन, समाचार

सर्वोच्च अदालतकाे अन्तरिम आदेश : जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो । उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । जग्गाको बर्गीकरण गर्ने आधारको रुपमा रहेको भू-उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण नभइसकेको र अनिश्चितकालसम्म जग्गा धितो बन्धी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्न जाने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ । अदालतको यो ...
पूर्वमन्त्री विक्रम पाण्डेले पाए भ्रष्टाचार मुद्दामा सफाइ
प्रशासन, समाचार

पूर्वमन्त्री विक्रम पाण्डेले पाए भ्रष्टाचार मुद्दामा सफाइ

नेपालअखबार, काठमाडाैं । विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेलाई  भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिने फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा पाण्डेसहित २१ जनाविरुद्ध ८ अर्ब असुल हुनुपर्ने दाबी गर्दै मुद्दा दायर गरेको थियो ।...
विद्यार्थीको मृत्युपछि फरार डोजर चालक पक्राउ
प्रशासन, समाचार

विद्यार्थीको मृत्युपछि फरार डोजर चालक पक्राउ

नेपालअखबार, गुल्मी । गुल्मीमा सडक खन्ने क्रममा फालेको ढुंगाले लागेर विद्यार्थीको मृत्यु भएपछि फरार डोजर चालक पक्राउ परेका छन् । गत जेठ २६ गते बिहान गुल्मी मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी १४ वर्षका गगन रायमाझी स्कुल जादै गर्दा बा २ क ९४६७ नम्बरको डोजरले फालेको ढुंगाले लागेर मृत्यु भएको थियो । विद्यार्थीको मृत्यु भएपछि फरार रहेका रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ निवासी शेरबहादुर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए । बिकलाई आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका डोजर चालक बिकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए । रासस...