Wednesday, July 15

प्रशासन

बिलासी वस्तुको आयात  भदौ १४ सम्म प्रतिबन्ध
प्रशासन, समाचार

बिलासी वस्तुको आयात भदौ १४ सम्म प्रतिबन्ध

नेपालअखबार, काठमाडाैं । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्‍याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो । जसअनुसार कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ । मन्त्रालयको सुचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, १ सय ५० सीसी भन्दा बढीका सबैखाले मोटरसाइकललगायतका बिलासी बस्तुको सामान छन् । मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु व...
यातायात कार्यालय सानोभर्‍याङबाट ६ बिचौलिया पक्राउ
प्रशासन, समाचार

यातायात कार्यालय सानोभर्‍याङबाट ६ बिचौलिया पक्राउ

नेपालअखबार, काठमाडाैं । प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योञ्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन्। जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबर्जस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो। पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ल...
जग्गाधनीलाई थाहै नदिई जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर
प्रशासन, समाचार

जग्गाधनीलाई थाहै नदिई जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

नेपालअखबार, कर्णाली । जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद-बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो । वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतले साविक जर्बुटा वडा नं ३ (क) कित्ता नं ३१११ रहेको ६ कट्ठा आफ्नो जग्गा २०७७ असार ८ गते खरिद–बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप सावद, कम्प्युटर शाखामा कार्यरत गणेश विक, खरिदार रजिष्ट्रेशन कृष्णबहादुर थापा, दीपेन्द्र श्रेष्ठ र मोठ तथा जग्गा नामसारी फाँटका तीर्थराज महतारा, वीरेन्द्रनगर–१२ तत्कालीन कार्यवाहक अध्यक्ष रामकुमार दर्लामी, वडा सचिव उत्तम अधिकारी र सुनिता रान...
आज  पनि प्रतिनिधि सभा बैठक बस्ने
प्रशासन, समाचार

आज  पनि प्रतिनिधि सभा बैठक बस्ने

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज  पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै,  गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सभामुख अग्निप्रसाद सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको  छ। गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ छल...
इदको अवसरमा आइतबार सार्वजनिक बिदा
प्रशासन, समाचार

इदको अवसरमा आइतबार सार्वजनिक बिदा

नेपालअखबार, काठमाडौं । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ । उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।...
काठमाडौं महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध
प्रशासन, समाचार

काठमाडौं महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध

नेपालअखबार, काठमाडाैं ।  यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । सूचनामा लेखिए अनुसार महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न पाइने छैन । साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न लगाउन पाइने छैन । महानगरपालिकाले असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित व्यवस्थापन गर्ने पनि जनाएको छ । मानव सेवा आश्रमको आवश्यक परेमा महानगरपालिकामा सम्पर्क गर्न पनि भनिएको छ । हेर्नुहोस् काठमाडौं महानगरपालिकाको सूचना...
सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने
प्रशासन, समाचार

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने

नेपालअखबार,  काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगर सभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ । सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए। प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागेको हो । चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । सङ्केत चिह्नमा  गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला ...
टिचिङ अस्पतालले बीमा सेवालाई निरन्तरता दिने
प्रशासन, समाचार

टिचिङ अस्पतालले बीमा सेवालाई निरन्तरता दिने

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने बताए। उनकाअनुसार अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी सोधभर्ना अविलम्ब बोर्डले पठाउने भएपछि स्वास्थ्य बीमा सेवाले निरन्तरता पाउने भएको छ। यसअघि अस्पतालले स्वास्थ्य बीमा बोर्डले बिमितको उपचारबापतको रकम उपलब्ध नगराएपछि आज असार १५ गतेदेखि बीमा कार्यक्रम स्थगित गर्ने जानकारी गराएको थियो। रासस...
नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक जिम्मेवारीकाे वरिष्ठ क्याप्टेन ज्वारचनलाई
प्रशासन, समाचार

नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक जिम्मेवारीकाे वरिष्ठ क्याप्टेन ज्वारचनलाई

नेपालअखबार, काठमाडौँ   नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक पदमा सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई अस्थायी महाप्रवन्धकको जिम्मेवारी दिईएको हो । नेपाल एयरलाइन्सको नेतृत्व खाली रहेको अवस्थामा संस्थालाई नेतृत्व गर्न मन्त्रिपरिषद्‍बाट उनलाई अस्थायी महाप्रवन्धक नियुक्त गरिएको हो ।...
खोँचमा फसेकाको उद्दार तथा प्राथमिक उपचारको नमुना अभ्यास
प्रदेश ४, प्रशासन, समाचार

खोँचमा फसेकाको उद्दार तथा प्राथमिक उपचारको नमुना अभ्यास

नेपालअखबार, पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा मनोरञ्जनको रुपमा, केही विशेष काम र आत्महत्याको शिलशिलामा खोँच वा भिरमा फसेका घाईते तथा मृतकको उद्दार सम्बन्धि सिमुलेशन अभ्यास सम्पन्न भएको छ । आजभोली सर्वाधिक चलेको मोबाईल टिकटक बनाउन पनि खोच वा भिरमा फस्ने घटनाहरु भएको पाईन्छ । यस्ता गलत काम नगर्न सन्देश दिदै त्यस्ता घटना भईहाले नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरिएको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारका अन्तरीक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमूख अतिथि मन्त्री विश्वकर्माले प्रहरीद्वारा विपद् उद्दारका कार्यहरुको उच्च मुल्यांकन गरिरहेको बताउदै उत्कृष्ट सिमुलेशन प्रदर्शन गरेकोमा धन्यवाद प्रकट गरेक...