Thursday, April 23

प्रशासन

बालिका हत्या गर्ने पक्राउ
प्रशासन, समाचार

बालिका हत्या गर्ने पक्राउ

नेपाल अखबार, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो । त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस...
पोखरा–१३ गौडाकोमुखबाट लागूऔषध सहित एकजना पक्राउ
प्रशासन, समाचार

पोखरा–१३ गौडाकोमुखबाट लागूऔषध सहित एकजना पक्राउ

नेपाल अखबार, पाेखरा। पोखरा–१३ को गौडाकोमुखबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित पोखरा–१३ गौडाकोमुख निवासी २५ वर्षीय दिपेश गुरुङलाई शनिवार साँझ ७.०० बजे पक्राउ गरेको हो । गौडाकोमुख स्थित बाटोमा हिडिरहेका गुरुङलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजापाम २३ एम्पुल, फेनरागन २४ एम्पुल, नुरफिन २४ एम्पुल गरी ७१ एम्पुल लागूऔषध र एक थान मोवाइल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले बताउनुभयो । गुरुङलाई आवश्यक कारवाही अगाडि वढाइनुको साथै घटनाको बारेमा थप अनुसन्धान अगाडि वढाइएको वताइएको छ ।...
विश्व पर्यटन दिवसका दिन पर्यटन मन्त्री भट्टराईद्वारा वृक्षरोपण
प्रशासन, समाचार

विश्व पर्यटन दिवसका दिन पर्यटन मन्त्री भट्टराईद्वारा वृक्षरोपण

नेपाल अखबार, काठमाडाैं। कोरोना संक्रमणले देश ठप्प छ, स्वदेशी तथा विदेशी पर्यटक हिड्डुल गर्ने त कुरै भएन तर पनि आज ‘४१ औं विश्व पर्यटन दिवस’ नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदैछ । यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाईदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षरोपण गर्नुभएको छ । सो अवसरमा मन्त्री भट्टराईले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताउनुभयो । कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताउनुभयो । राज्यको आम्दानीको स्...
शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

नेपाल अखबार, काठमाडाैं। यात्रा गर्नेबित्तिकै कोरोनाको शंका गरेर परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ। संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको ५ दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र यस अवधिमा कोरोना संक्रमणका कुनै लक्षण देखापरे स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे। तर दुई सातासम्म कोरोना संक्रमणका कुनै लक्षण देखिएन भनेचाहिँ पीसीआर परीक्षण गर्न आवश्यक नहुने उनले बताए। अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न अनुरोध गरे। लकडाउन खुलेलगत्तै विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौं उपत्यक...
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ
अर्थ, प्रशासन, समाचार

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ

नेपाल अखबार, कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो । डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । थापाका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
नीतिगत रुपमा कोरोना महामारी सम्वोधन गर्न प्रधानमन्त्रीको कार्यालयलाई संसदीय समितिको निर्देशन
प्रशासन, समाचार

नीतिगत रुपमा कोरोना महामारी सम्वोधन गर्न प्रधानमन्त्रीको कार्यालयलाई संसदीय समितिको निर्देशन

नेपाल अखबार, काठमाडाैं। प्रतिनिधि सभा अन्र्तगतको महिला तथा सामाजिक समितिको बैठकले कोभिड १९ लगायतका महामारी सम्वोधनका लागि कानूनी, रणनीतिगत व्यवस्थापन गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले महामारीका ब्यवस्थापनका सन्र्दभमा लैगिंक पाटोलाई समेत विशेष ध्यान दिन निर्देशन दिएको छ । महामारी र सामाजिक प्रभाव विषयक कार्यसूची माथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवम् समाजशास्त्रका अध्येता, विज्ञहरुसंग भएको छलफलपछि सो निर्देशन दिइएको हो । समितिले कोभिड–१९ का कारण खाद्यान्नको माग र आपूर्तिमा सन्तुलन नमिल्दा मूल्य वृद्धि भएको, विश्वश्रम बजारमा ८० प्रतिशतले रोजगारी कटौती हुदा ४० लाख नेपालीहरुको रोजगारी प्रभावित हुन सक्ने जस्ता समस्या औंल्याउदै त्यसबाट उत्पन्न हुने परिस्थितिको व्यवस्थापन गर्न सरकारको ध्या...
लोक सेवाले लिने भयो रोकिएका परीक्षा, नयाँ तालिका सार्वजनिक
प्रशासन, समाचार

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, नयाँ तालिका सार्वजनिक

नेपाल अखबार, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ । व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ । यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ । नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुने छ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा ...
सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे
प्रशासन, समाचार

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

नेपाल अखबार, स्याङ्जा। कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचाररत रहेकै समयमा राति पानी परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । भदौ २८ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेकै बेला सङ्क्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले थप सचेत हुनेपर्ने देखिन्छ । अस्पतालबाट भागेका ती य...
बारामा नक्कली नोट १२ लाख १६ हजार रुपैयाँसहित दुई जना पक्राउ
प्रशासन, समाचार

बारामा नक्कली नोट १२ लाख १६ हजार रुपैयाँसहित दुई जना पक्राउ

नेपाल अखबार, बारा। बारा प्रहरीले एक हजार दुई सय १६ थान नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ। सिम्रौनगढ नगरपालिका–९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिप कुमार रहेका छन्। उक्त स्थानमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो। थप अनुसन्धानको गर्ने क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको तथा मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मोबाइल लिई फरार भएका व्यक्तिहर...
वामदेवलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न सर्वोच्चले रोक
प्रशासन, समाचार

वामदेवलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न सर्वोच्चले रोक

नेपाल अखबार, काठमाडौं । सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको रिट दायर गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । वरिष्ठ अधिवक्ता त्रिपाठी र  बद्रीराज भट्टले प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रियसभामा नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदरको मागसहित सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए । सोही रिटमा बुधबार भएको बहसमा न्यायाधीश भट्टराईले यस्तो आदेश दिएका हुन् । असोज ५ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष समेत रहेका गौतमको मनोनयन बदर गर्न माग गर्दै  रिट निवेदन दर्ता भएको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल कम्युनिस्ट पार्टी कार्यालय र वामदेव गौतमलाई विपक्षी बनाएर दायर भएको सो निव...