Thursday, October 22

प्रशासन

पिसिआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश
प्रशासन, समाचार

पिसिआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश

नेपाल अखबार, काठमाडौँ। सर्वोच्च अदालतले कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले पीसीआर परीक्षण गर्दा शुल्क नलिने व्यवस्था मिलाउन आदेश जारी गरेको हो । सार्वजनिक सरोकारको रिटअन्तर्गत अधिवक्ता लोकेन्द्र ओली र केशरजंग बस्नेतले दायर गरेको रिटमा निवेदनमा सुनुवाइ गर्दै आधारभूत मौलिक सेवा नागरिकको मौलिक हक भएकाले पिसिआर परीक्षण शुल्क नलिन भनेको हो ।...
ढोरपाटनमा शिकार अनिश्चित
पर्यटन, प्रशासन, समाचार

ढोरपाटनमा शिकार अनिश्चित

नेपाल अखबार,बाग्लुङ । स्थिति सहज भएको भए यतिबेला ढोरपाटन शिकार आरक्षमा शिकार खुला भइसक्थ्यो । पेशेवर विदेशी शिकारी आरक्ष जाने सुरसारमा हुन्थे । कोही पुगिसक्थे । यसपाली आरक्ष सुनसान छ । शिकार हुने÷नहुने अनिश्चित छ । अघिल्लो शिकार याम (फागुन–वैशाख) मा पनि बन्दाबन्दीले शिकार अपर्झट रोकिएको थियो । यात्रा प्रतिबन्धका कारण विदेशी आउने अवस्था रहेन । राजश्व बुझाइसकेका कम्पनीले शिकार खेलाउन पाएनन् । आरक्षमा बर्सेनि (फागुन–वैशाख) र (असोज–मङ्सिर) गरी दुई याममा शिकार खुल्छ । यो यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत साता बल्ल सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ । अघिल्ला वर्षमा भदौ पहिलो साताभित्रै बोलपत्रको प्रक्रिया टुङ्गोमा पुग्थ्यो । असोज दोस्रो सातातिर त शिकार खेल्न शुरु भइसक्थ्यो । कोरोनाले निम्त्याएको अन्योलले तयारी केही समयपछि धकेलिएको विभागले जनाएको छ । विभागका सूचना अधि...
नागरिकताको सिफारिस गराइदिन २४ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ
प्रशासन, समाचार

नागरिकताको सिफारिस गराइदिन २४ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ

नेपाल अखबार,जनकपुर । नागरिकताको सिफारिस गराइदिने भन्दै २४ हजार रुपैयाँ घुस लिने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा कार्यालय सहयोगी दिलिप पञ्जियार रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बिहीबार मध्याह्न एक सेवाग्राहीसँग नागरिकताको सिफारिसबापत २४ हजार रुपैयाँ घुस लिँदालिँदै उनलाई पक्राउ गरेको हो। कार्यालय सहयोगी पञ्जियारलाई कार्यालयबाटै घुसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोको क्षेत्रिय कार्यालय बर्दिबासले जनाएको छ।...
बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार

नेपाल अखबार, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए । शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले ...
अनुगमनका क्रममा व्यापारीलाई १२ लाख ८७ हजार जरिवाना
प्रशासन, समाचार

अनुगमनका क्रममा व्यापारीलाई १२ लाख ८७ हजार जरिवाना

नेपालअखबार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको छ । उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० मूल्यमा बेचिरहेको थिए । उनीहरुबाट बरामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च कटाएर अधिकतम रु ६० प्रतिकिलाको दरले प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्रबन्ध गरिएको छ । अनुगमन टोलीले बिक्रीका लागि राखिएका अखाद्य सामग्री बिक्री गरिरहेको अवस्थामा ११ वटा पसलबाट कर...
बन्द भयो वैदेशिक रोजगार कार्यालयको सेवा
प्रशासन, समाचार

बन्द भयो वैदेशिक रोजगार कार्यालयको सेवा

नेपाल अखबार,काठमाडाैं। कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । आजदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको एक सूचना जारी गर्दै कार्यालयले जनाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको थियो । कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार ९२७ पुरुष र १८९ महिला गरी तीन हजार ११६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । रासस...
नेपाली सेनाको कुटपिटपछि भएको मृत्यु प्रकरण मुद्धामाथि अनुसन्धान सुरु
प्रशासन, समाचार

नेपाली सेनाको कुटपिटपछि भएको मृत्यु प्रकरण मुद्धामाथि अनुसन्धान सुरु

नेपाल अखबार, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका १ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई भदौ ४ गते पक्राउ गरी आवश्यक छानबिन भइरहेको छ । उनलाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् । मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले भदौ २५ गते किटानी जाहेरी दिएका हुन् । आरोपीको मौखिक बयानमा घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात उनको मृत्यु भएको आरोप लगाइएको छ । राजकुमा...
अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा
प्रशासन, समाचार, हाइलाइट-समाचार

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

नेपाल अखबार, चितवन। चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ। मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो। नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए। ‘सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ‘ उनले भने। यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताए। अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उनले डिपिआर निर्माण छिट्टै अघि बढ्ने बताए। ‘प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका...
पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ
प्रशासन, समाचार

पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ

नेपालअखबार, एजेन्सि। प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए । नेपाल आयल निगम थानकोट शाखाका प्रमुख प्रदीप यादवले पेट्रोलमा ६०० लिटरभन्दा बढी तारपिन तेल मिसाएर ल्याएकाले कारवाही गरिएको बताए । दुई साताको अवधिमा आयल निगमले पेट्रोल तथा डिजेलमा मिसावट गर्ने तथा चोरी गर्ने छ चालकलाई पक्राउ गरी कारवाही गरिसकेको छ ।...
बागलुङ प्रहरीद्वारा दश फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

बागलुङ प्रहरीद्वारा दश फरार प्रतिवादी पक्राउ

नेपाल अखबार, बागलुङ। प्रहरी विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका फरार ढोरपाटन नगरपालिकाका ३२ वर्षीय प्रकाश थापा छन्त्याल, लागुऔषध मुद्दामा निसीखोला गाउँपालिकाका दिलकुमारी घर्ती, सार्वजनिक अपराध मुद्दामा बोहोरागाउँका ३२ वर्षीय यामबहादुर घर्ती र सवारी ज्यान मुद्दामा दर्लिङका ३३ वर्षीय बलिराम गुरुङ रहेका छन् । यस्तै सवारी ज्यान मुद्दामा बागलुङ नगरपालिका–१३ का ४२ वर्षीय गणेश रिजाल, सार्वजनिक अपराधमा वडा नं ७ का ३५ वर्षीय यामबहादुर क्षेत्री, काठेखोला गाउँपालिकाका २२ वर्षीय सुजन थापा, २५ वर्षीय सौरभ राना र चोरी मुद्दामा काठेखोलाकै १७ वर्षीय दुई जना पक्राउ परेका हुन् । चोरी मुद्दामा पक्राउ परेका...