Thursday, October 22

प्रशासन

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता

नेपाल अखबार,काठमाडाैं। रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ। मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन सम्झौता भएको रोयटर्सले जनाएको छ। ट्रिनिटी फर्मास्युटिकलको माध्यमबाट नेपालमा उक्त कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने जनाइएको छ। रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ। यस भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ। रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा पनि परीक्षण ग...
पोखरा खानेपानी सुधार आयोजनाको काम शुरु
प्रशासन, समाचार, समाज

पोखरा खानेपानी सुधार आयोजनाको काम शुरु

नेपाल अखबार, पाेखरा । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीले यस आयोजनाको काम पाँच महिनाभन्दा बढी समय ठप्प भएकामा अहिले एक जापानिज र ७० जना नेपाली मजदूरले काम शुरु गरेका छन् । अन्य जापानी प्राविधिक नहुँदा आयोजनाको काममा समस्या भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा निर्माणाधीन आयोजनाको काम आगामी दशैँपछि भने पूर्ण क्षमतामा शुरु हुने जनाइएको छ । यही अक्टोबर २ तारिखमा जापानिज प्राविधिक आउने निश्चित भएपछि नेपाली र जापानी मजदूर तथा प्राविधिकहरुबाट आयोजनाको काम बन्दाबन्दीअघिकै गतिमा अघि बढ्ने भएको हो । परराष्ट्र मन्त्रालय तथा खानेपानी संस्थानबाट सहजीकरणपछि आयोजनाको जिम्मा लिएको जापानी निर्माण कम...
नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुरु
प्रशासन, समाचार

नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुरु

नेपाल अखबनर, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोनाभाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ । निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो । यस्तै भर्ना छनौटसम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ । यस्तै लोकसेवा आयोगको वेबसाइटमा समेत हेर्न सकिनेछ । सेनाले थप जानकारी लिनु परेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१ सम्पर्क गर्न समेत सूचीत गरेको छ ।...
नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा
प्रशासन, समाचार

नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

नेपाल अखबार, बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताउनुुभयो । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उहाँले बताउनुुभयो । नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा रु एक करोड ७३ लाख खर्च भएको सार्वजनिक गरेको थियो । कोरोना नियन्त्रणमा अनियमितता भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले यही असोज ९ गते प्रतिवेदन सार्वजनिक गर्दै कोरोना नियन्त्रण तथा अन्य शीर्षकमा रु ५३ लाख १५ हजार ७२१ अनियमितता गरेको ठ...
बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न गृहमन्त्रीको निर्देशन
प्रशासन, समाचार, हाइलाइट-समाचार

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न गृहमन्त्रीको निर्देशन

नेपाल अखबार, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफुले निर्देशन दिइसकेको बताएका छन् । बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठुलो अपराध भएको टिप्पणी गरे । उनले यस्तो मिलापत्र गराउनेहरुलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यक परे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संशोधन गरिने बताए । उनले बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भिर रहेको बताए । सो क्रममा प्रहरी महानिरीक्ष...
बालिका हत्या गर्ने पक्राउ
प्रशासन, समाचार

बालिका हत्या गर्ने पक्राउ

नेपाल अखबार, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो । त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस...
पोखरा–१३ गौडाकोमुखबाट लागूऔषध सहित एकजना पक्राउ
प्रशासन, समाचार

पोखरा–१३ गौडाकोमुखबाट लागूऔषध सहित एकजना पक्राउ

नेपाल अखबार, पाेखरा। पोखरा–१३ को गौडाकोमुखबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित पोखरा–१३ गौडाकोमुख निवासी २५ वर्षीय दिपेश गुरुङलाई शनिवार साँझ ७.०० बजे पक्राउ गरेको हो । गौडाकोमुख स्थित बाटोमा हिडिरहेका गुरुङलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजापाम २३ एम्पुल, फेनरागन २४ एम्पुल, नुरफिन २४ एम्पुल गरी ७१ एम्पुल लागूऔषध र एक थान मोवाइल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले बताउनुभयो । गुरुङलाई आवश्यक कारवाही अगाडि वढाइनुको साथै घटनाको बारेमा थप अनुसन्धान अगाडि वढाइएको वताइएको छ ।...
विश्व पर्यटन दिवसका दिन पर्यटन मन्त्री भट्टराईद्वारा वृक्षरोपण
प्रशासन, समाचार

विश्व पर्यटन दिवसका दिन पर्यटन मन्त्री भट्टराईद्वारा वृक्षरोपण

नेपाल अखबार, काठमाडाैं। कोरोना संक्रमणले देश ठप्प छ, स्वदेशी तथा विदेशी पर्यटक हिड्डुल गर्ने त कुरै भएन तर पनि आज ‘४१ औं विश्व पर्यटन दिवस’ नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदैछ । यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाईदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षरोपण गर्नुभएको छ । सो अवसरमा मन्त्री भट्टराईले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताउनुभयो । कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताउनुभयो । राज्यको आम्दानीको स्...
शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

नेपाल अखबार, काठमाडाैं। यात्रा गर्नेबित्तिकै कोरोनाको शंका गरेर परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ। संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको ५ दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र यस अवधिमा कोरोना संक्रमणका कुनै लक्षण देखापरे स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे। तर दुई सातासम्म कोरोना संक्रमणका कुनै लक्षण देखिएन भनेचाहिँ पीसीआर परीक्षण गर्न आवश्यक नहुने उनले बताए। अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न अनुरोध गरे। लकडाउन खुलेलगत्तै विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौं उपत्यक...
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ
अर्थ, प्रशासन, समाचार

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ

नेपाल अखबार, कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो । डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । थापाका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...