Monday, May 11

प्रशासन

आजदेखि विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द
प्रदेश १, प्रशासन

आजदेखि विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

नेपाल अखबार, विराटनगर। मोरङको विराटनगर महानगरपालिकाले आज (सोमबार) देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना बढेपछि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। मेयर भीम पराजुलीको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले यस्तो निर्णय गरेको हो। नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय महानगरपालिकाले गरेको छ। बैठकले उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल गरी थप नगरभित्र थप कडाइ गर्ने निर्णयसमेत गरेको छ। प्रदेश १ मा आइतबार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा संक्रमण देखिएको हो।...
पूर्वडीआईजी कोइरालालाई माफी दिने प्रधानन्यायाधीशको फैसला हुने भयो पुनरवलोकन
प्रशासन

पूर्वडीआईजी कोइरालालाई माफी दिने प्रधानन्यायाधीशको फैसला हुने भयो पुनरवलोकन

नेपाल अखबार, काठमाडाैं। श्रीमती हत्यासम्बन्धी पूर्वडीआईजी रञ्जन कोइरालामाथिको मुद्दामा फेरि सुनुवाइ हुने भएको छ। उनलाई साढे ११ वर्ष कैद छुट दिने केही दिनअघिकाे प्रधान्यायाधीश समेतको फैसला पुनरवलोकन मुद्दामा निस्सा दिँदै मुद्दामाथिको सुनुवाइ पुनः अगाडि बढाउने सर्वोच्चले निर्णय गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरवलोकनको निवेदन दिएपछि सर्वोच्चले पछिल्लो निर्णय गरेको हो। आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरवलोकनका लागि परेको निवेदनमा निस्सा दिँदै मुद्दा पुनः खुल्ला गरेको हो। अब फेरि कम्तीमा तीन सदस्यीय इजालसले नै पुनरवलोकन गरी अर्को फैसला गर्नेछ। यसअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले गत बिहीबार मात्रै जेलमुक्त भएका सशस्त्र प्रह...
सरकारले भन्यो-रोजगारीमा जापान जान पाइने लोभमा पैसा नबुझाउनू
प्रशासन, समाचार

सरकारले भन्यो-रोजगारीमा जापान जान पाइने लोभमा पैसा नबुझाउनू

नेपाल अखबार, काठमाडौं । सरकारले जापान रोजगारीमा पठाइदिने भन्दै भएको प्रचारमा ध्यानाकर्षण भएको जनाएको छ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै केही जापानी भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरुले विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत भ्रमपूर्ण प्रचार गरिरहेको बताएको छ । त्यस्ता नाममा रकम समेत असुलेको जानकारी प्राप्त भएकाले मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । ‘नेपाली नागरिकहरुलाई एसएसडब्ल्यू प्रणाली अन्तर्गत जापान रोजगारीमा पठाउने गरी सन् २०१९ मार्चमा नेपाल सरकार र जापान सरकारबीच भएको सहकार्यको समझदारीमा व्यवस्था भएबमोजिमका प्रक्रियाहरु अगाडि बढेका छन्,’ मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जापानमा रोजगारी प्राप्त गर्न नभई नहुने दूई पूर्वशर्तहरुमध्ये जापानिज भाषा परीक्षा उत्तीर्ण...
भाेलिदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा
प्रदेश २, प्रशासन, समाचार, स्वास्थ्य

भाेलिदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा

नेपाल अखबार, वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो । वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने...
अख्तियारद्वारा २६ वटा स्टिङ अपरेसन : वडाध्यक्षदेखि अधिकृत तहका कर्मचारीसम्म पक्राउ
प्रशासन, समाज

अख्तियारद्वारा २६ वटा स्टिङ अपरेसन : वडाध्यक्षदेखि अधिकृत तहका कर्मचारीसम्म पक्राउ

नेपाल अखबार, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले गत आर्थिक वर्ष २०७६/०७७ मा २६ वटा स्टिङ अपरेसन गरेको छ । घुस खाने मनसायले  गरिएको डिलको सूचना अख्तियारसँग आएप्छि अख्यितारले बिषेश टोली खटाएर  रकमसहित रगेहात प्रकाउ गर्ने रणनीति अन्र्तगत बुटवल कार्यलयले अहिले २६ बटा स्टिङ  अपरेस गर्न सफल भएको छ । जसमा बार्ड अध्यक्षदेखि अधिकृतस्तरका कर्मचारीहरु पक्राउ  परेका छन् । कार्यालय प्रमुख सहसचिव डा. भिष्मकुमार भुसालका अनुसार कार्यालयले गरेको २६ वटा स्टिङ अप्रेसनबाट ३ जना वडा अध्यक्ष, १ जना बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष, ७ जना अधिकृत स्तरका कर्मचारी, २ जना प्रधानाध्यापक, ७ जना नायव सुब्बा, ९ जना खरिदार, ६ जना श्रेणी बिहिन र अन्य ५ जनागरी ४० जनालाई मुद्दा चलाएको छ । स्टिङ अपरेसनबाट ५६ लाख ४६ हजार ३५५ रुपैंया बरामद गरेको छ । कार्यालय २०७६/०७७ मा ७० प्रतिशत बढी मुद्दा फस्र्यौट...
प्रदेश प्रहरीको काम अनलाइनबाट, प्रहरी कर्मचारी क्वारेन्टाइनमा
प्रशासन, समाचार

प्रदेश प्रहरीको काम अनलाइनबाट, प्रहरी कर्मचारी क्वारेन्टाइनमा

नेपाल अखबार, विराटनगर । प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टिमा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेका छन् । बुधबार २७ वर्षीय एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य प्रहरी कर्मचारी क्वारेन्टाइनमा बसेर कार्यालयको काम भर्चुअल माध्ययमबाट गरिरहेका छन् । कार्यालयको फाँटहरुमा एकजना कर्मचारी राखेर भर्चुअल माध्ययमबाट काम गरिरहेका छौं’, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले भने, ‘अझै केही दिन कार्यालयको काम अनलाइन र सञ्चार सेटबाट नै हुन्छ ।’ पोखरेलले बुधबार प्रदेश प्रहरी कार्यालयका थप १२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । १२ जनाको रिपोर्ट आएपछि थप १५० जनाको नमुना संकलन गर्न लागिएको उनले बताए । ‘आज १५० जनाको स्वाब संकलन हुन्छ’, उनले भने, ‘थप परीक्षण पनि गर्छाैं ।’ संक्रमित प्रहरीमा रुघाखोक...
गृह प्रवक्ता शर्मासहित २६ सह–सचिवको सरुवा
प्रशासन, समाचार

गृह प्रवक्ता शर्मासहित २६ सह–सचिवको सरुवा

नेपाल अखबार, काठमाडौँ । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको समेत सरुवा भएको छ । गृहका सहसचिव शर्माको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा भएको छ । त्यस्तै, गृहका सहसचिव मदन भुजेलको आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडा सरुवा भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको रक्षा मन्त्रायलयमा सरुवा भएको छ । यसैगरी गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ । हेर्नुहोस् को कहाँ सरुवा भए ? गण्डकी प्रदेशका प्रदेश सचिव किरण राज शर्माको सञ्चार तथा सूचना प्रविधि मन्त्रायलयमा सरुवा भएको छ । बागमती प्रदेशका सहसचिव विनोद प्रकाश सिंहको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । बागमती प्रदेशका सहसचिव मुकुन्द प्रसाद पौड्यालको राष्ट्रिय सूचना आयोगमा ...
कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट लिने तयारी
प्रशासन, शिक्षा

कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट लिने तयारी

नेपाल अखबार, काठमाडाैं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने योजना बनाएको छ। परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको बताए। ‘सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने भनेपछि असोज पहिलो साता परीक्षा लिनेगरी योजनाबनाइरहेका छौँ’, उनले भने, ‘चाँडै परीक्षा तालिका सार्वजनिक गर्नेछौं।’ लकडाउनका कारण बैशाखमा हुने तय भएको कक्षा १२ को परीक्षा रोकिएको थियो। यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ। पौडेलले परीक्षाका अन्य विधिबाट नसोचिएको र पूरानै तरिकाबाट परीक्षाबाट लिने तयारी भएको जानकारी दिए। केन्द्र तोकिएका विद्यालयहरुलाई निर्मलीकरण गरेर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने उनले जानकारी दिए।...
आजदेखि  लकडाउन हट्यो
प्रशासन, समाचार, हाइलाइट-समाचार

आजदेखि लकडाउन हट्यो

नेपाल अखबार, पाेखरा। आजदेखि लकडाउन हट्यो । कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन गएरातिदेखि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन हटाउने निर्णय गरेको हो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा भने सरकारले गर्न सक्नेछ । सरकारले लकडाउन खुला गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र भने अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहनेछन् । यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ भने सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयह...
त्रिविका क्याम्पसहरु खुले
प्रशासन, शिक्षा, समाचार

त्रिविका क्याम्पसहरु खुले

नेपाल अखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि   लकडाउन अन्त्य   भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो । गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय...