पूर्वडीआईजी कोइरालालाई माफी दिने प्रधानन्यायाधीशको फैसला हुने भयो पुनरवलोकन
नेपाल अखबार, काठमाडाैं। श्रीमती हत्यासम्बन्धी पूर्वडीआईजी रञ्जन कोइरालामाथिको मुद्दामा फेरि सुनुवाइ हुने भएको छ।
उनलाई साढे ११ वर्ष कैद छुट दिने केही दिनअघिकाे प्रधान्यायाधीश समेतको फैसला पुनरवलोकन मुद्दामा निस्सा दिँदै मुद्दामाथिको सुनुवाइ पुनः अगाडि बढाउने सर्वोच्चले निर्णय गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरवलोकनको निवेदन दिएपछि सर्वोच्चले पछिल्लो निर्णय गरेको हो।
आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरवलोकनका लागि परेको निवेदनमा निस्सा दिँदै मुद्दा पुनः खुल्ला गरेको हो।
अब फेरि कम्तीमा तीन सदस्यीय इजालसले नै पुनरवलोकन गरी अर्को फैसला गर्नेछ।
यसअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले गत बिहीबार मात्रै जेलमुक्त भएका सशस्त्र प्रह...
