Wednesday, June 3

प्रशासन

पहिरो जाँदैछ भनेर कसरी थाहा पाउने? (भिडियो सन्देश)
प्रशासन, समाचार

पहिरो जाँदैछ भनेर कसरी थाहा पाउने? (भिडियो सन्देश)

नेपाल अखबार, काठमाडाैं। पहिरो जानुअघि सधैं संकेत नदेखिए पनि कहिलेकाहीं पूर्वसंकेत देखापर्ने विज्ञले बताएका छन्। विज्ञका अनुसार आफ्नो घरआँगत, बस्ती वरिपरि चिरा परेको देखिए, जमिनमा अस्वाभिवक कटकट गर्ने आवाज आए, बिजुलीका पोल/रुख ढल्ने, पानीको मूल अचानक सुक्ने वा नयाँ मूल देखापर्ने आदि पहिरो जाने लक्षण हुन्। विस्तृत जानकारी यस भिडियोमाः...
घरेलु श्रमको मूल्य तोकेर राष्ट्रिय आयमा गणना गर्न निर्देशन
प्रशासन, समाचार

घरेलु श्रमको मूल्य तोकेर राष्ट्रिय आयमा गणना गर्न निर्देशन

नेपाल अखबार, काठमाडौं । संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक समितिले घरेलु श्रमको मूल्य मापन गरी राष्ट्रिय आयमा गणना गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले घरेलु श्रमको मूल्य मापन गरी राष्ट्रिय आयमा महिलाको योगदान गणना एवं कुल ग्रार्हस्थ उत्पादनमा गणना गर्ने व्यवस्था मिलाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र केन्द्रीय तथ्यांक विभागलाई निर्देशन दिएको हो । हरेक श्रमको मूल्य हुने भन्दै समितिले निर्णयमा भनेको छ ‘यद्यपि परम्परागत सामाजिक एवं साँस्कृतिक अभ्यासले गर्दा घरेलु श्रमको मूल्यांकन भइनरहेको अवस्था छ । जनसंख्याको आधा हिस्सा ओगट्ने महिला, जसमध्ये अधिकांश घरेलु काममा व्यस्त हुनुहुन्छ, उहाँहरुको श्रमको मूल्यको गणना नगरिनु न्यायसंगत छैन ।’ समितिले लामो समयदेखि पदाधिकारीविहीन रहेको राष्ट्रिय महिला आयोगमा शीघ्र पदाधिकारी नियुक्त गर्न पनि...
प्राधिकरणले दियो १ सय १ वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा
प्रशासन, समाचार

प्राधिकरणले दियो १ सय १ वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा

नेपाल अखबार, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १०१ वर्षीयलाई रु दुई लाखबाट खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका– ९ मुग्राीबेंसीका १०१ वर्षीय भूमिहीन लाभग्राही जसबहादुर थापालाई रु दुई लाखमा जग्गा खरीद गरी पूर्जा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीका प्रमुख नवराज शर्माले लाभग्राही थापालाई जग्गाधनी पूर्जा प्रदान गरेका हुन् । आवास निर्माणका लागि जग्गाधनी पूर्जा पाएपछि थापाले साह्रै खुशी लागेको बताए । ‘‘बाजेदेखि नै हाम्रो नाममा जग्गा थिएन, ऐलानी जग्गामा बस्दै आइरहेको थिएँ, बुढेसकालमा जग्गाको पूर्जा पाउँदा साह्रै खुशी भएको छु’, उनले भने । थापाले प्राधिकरणबाट प्राप्त रु दुई लाखबाट सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र दिगो समाधान परियोजनाको सहयोगमा स्थानीयवासी नारायण...
नेपाली पोर्न साइट चलाएको अभियोगमा एक जना पक्राउ
प्रशासन, समाचार

नेपाली पोर्न साइट चलाएको अभियोगमा एक जना पक्राउ

नेपाल अखबार, काठमाडौं । विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट पक्राउ गरेको हो । ब्युरोका सह–निर्देशक नविन्द अर्यालले अनलाइनखबरलाई बताए अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।...
ट्याक्सी सञ्चालन गर्न दिने सरकारको निर्णय
प्रशासन

ट्याक्सी सञ्चालन गर्न दिने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो । निर्णयअनुसार चालकसहित ३ जना यात्रा गर्न पाइने छ भने एकै परिवारका भए ५ जनासमेत सवार हुन पाइने मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।...
सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय
प्रशासन, समाचार

सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ ।  गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् । त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेकाे छ । कूल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दुरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा. खतिवडाले बताए । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हु...
राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग
प्रशासन, समाचार

राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग

नेपाल अखबार, विराटनगर। राजस्व चुहावटसम्बन्धी आरोपमा उच्च अदालत इलाम इजलासले झापाको मेचीनगर–१४ मा रहेको साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग गरेको छ । नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग नाममा गुट्खा उत्पादन गरिरहेको उद्योगमा रु ७३ करोडभन्दा बढी राजस्व चुहावट गरेपछि मालिक रामकृष्ण शर्मा नाम भएका रमेश शर्माका नामबाट चर्चित उद्योगीलाई रु पाँच लाख धरौटी र उद्योगका सुपरभाइजर विष्णुप्रसाद खरेललाई रु ४५ लाख धरौटी माग भएको हो ।रर उच्च अदालतको इलाम इजलासमा भएको थुनछेकको बहसमा न्यायाधीशद्वय विष्णुप्रसाद कोइराला र शिवनारायण यादवको इजलासले सो आदेश दिएको हो । अन्तःशुल्क छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ३६ करोड ५५ लाख ६३ हजार ३३७ रुपैयाँ ४६ पैसा बिगो र त्यति नै जरिवानाको माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । साकम्बरी प्रोडक्ट, माधव इन्टरप्राइजेज र एसएस इन्टरप्राइ...
प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त
प्रशासन, समाचार

प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

नेपाल अखबार, काठमाडाैं। सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो। बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरेको हो। थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन्। सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए। हालका आईजीपी ठाकुर ज्ञवालीले बुधबार अवकास पाउँदैछन्। प्रहरीमा भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका थापाले यसअघिका ५ वटा आईजीपीसँग सचिवालयमा रहेर काम गरिसकेका छन्। डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्। २...
करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा पक्राउ
प्रशासन, समाचार

करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा पक्राउ

नेपाल अखबार, लमही ।   किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिव सहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १ का सचिव धनबहादुर केसी र वडा नं १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं १३ कै हेल्लो टावर नजीकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले जानकारी दिए । उनीहरुले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘‘पक्राउ परेका दुई जना वडा सचिवहरुले २०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौंँ’’, प्रहरी प्रवक्ता खड्काले भने । अभियुक्त तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । जबर्जस्ती करणी मुद्दाका अभियुक्...
बाघको छालासहित एक जना पक्राउ
प्रशासन, समाचार

बाघको छालासहित एक जना पक्राउ

नेपाल अखबार, बुटवल । बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगर रहेका छन् । घर नजिकैको मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले घर्तीलाई बाघको छाला र हड्डीसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताए । पक्राउ परेका घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता वैदवारले भनाइ छ ।...