Saturday, September 5

प्रशासन

पाेखरामा क्यानडा पठाइदिन्छु भनी ठगेको आरोपमा २ विदेशीसहित ६ जना पक्राउ
अपराध, प्रशासन, समाचार

पाेखरामा क्यानडा पठाइदिन्छु भनी ठगेको आरोपमा २ विदेशीसहित ६ जना पक्राउ

नेपालअखबार, पाेखरा  । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दुई विदेशी र ४ नेपाली नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. १३ पाटनबेसी बस्ते ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षीया सीमा सुनार र काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् । यसैगरी क्यानडाको अलवर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्यप्रदेशको भोपाल नगर ठेगाना भएका ३२ वर्षीय इस्मित कौर पनि पक्राउ परेका जिल्ला प्र...
आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै
प्रशासन, राजनीति, समाचार

आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० ...
पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने
प्रशासन, समाचार

पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने

नेपालअखबार, चितवन । स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने भएको छ । अध्ययनका लागि रेल विभागको महानिर्देशक रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको प्राविधि टोली बुधबार भरतपुर आइपुगेको छ । पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट  जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो । विकल्पमा प्रस्तुत गरिएको २ रुट टिकौली हुँदै आँपटारी र राप्ती तटिय क्षेत्र हुँदै गोलाघाट जोड्ने भनिएको रुटको टोलीले स्थलगत अध्ययन गर्ने जनाएको छ । अध्ययन पूर्व भरतपुर महानगरपालिका सभाहलमा सरोकारवालासँग भएको छलफलले अबको नयाँ रुट निर्माण गर्दा भरतपुर महानगरपालिकाका प्राविधिसहित कम...
ललितपुरको नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ
प्रशासन, समाचार

ललितपुरको नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

नेपालअखबार, काठमाडौं । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।...
बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग
प्रशासन, शिक्षा, समाचार

बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग

नेपालअखबार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका लागि बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी छनौट गरी पठाउन आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३ / २४ मा स्नातक तहको मबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगको भनाई छ । उक्त छात्रवृत्तिमा अध्ययन गर्न योग्यता पुगेका इच्छुक नेपाली उम्मेदवारहरूले माघ १२ गते अपराह्न ३:०० बजेभित्र आफ्नो प्रोफाइलमार्फत अनलाइन आवेदन पेस गर्न आव्हान गरिएको छ । सो सम्बन्धी विस्तृत सूचना आयोगको वेबसाइट https://mec.gov.np मा प्रकाशित गरिएको छ ।...
सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइनबाट दर्ता गर्न सकिने
प्रशासन, समाचार, समाज

सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइनबाट दर्ता गर्न सकिने

नेपालअखबार, काठमाडौं । सामाजिक सञ्जाल नियमन सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको छ । सरकारले गत ११ मंसिरमा ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ जारी गरेको थियो । सोही निर्देशिकाका आधारमा अनलाइनबाट गुनासो दर्ता प्रक्रिया सुरू गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । प्रयोगकर्ताको गुनासो सुनुवाइ सहज बनाउन मन्त्रालयले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाइ स्थापना गरिसकेको छ । सामाजिक सञ्जाल दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाइ स्थापना गरेर अनलाइन गुनासो लिन सुरू गरिएको मन्त्रालयका उपसचिव एवम् इकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिए । मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकन क्लिक गरेर वा सोझै https://mocit.gov.np/socialplatformcomplaint मा गएर गुनासो दर्ता ग...
आजदेखि प्रचारप्रसार निषेध राष्ट्रिय सभा निर्वाचन
प्रशासन, राजनीति, समाचार

आजदेखि प्रचारप्रसार निषेध राष्ट्रिय सभा निर्वाचन

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन । योगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सोबमोजिम आचरण पा...
खाद्यले लक्ष्य अनुसार धान खरिद गर्न सकेन, चामल किन्ने तयारी
प्रशासन, समाचार

खाद्यले लक्ष्य अनुसार धान खरिद गर्न सकेन, चामल किन्ने तयारी

नेपालअखबार, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष लक्ष्य अनुरूप धान खरिद गर्न सकेको छैन । धान खरिद गर्न नसक्दा कम्पनीले करिब २ लाख ३० हजार क्विन्टल चामल खरिद गर्ने तयारी गरेको कम्पनीका अधिकृत देवेन्द्र राईले बताए । कम्पनीले चालु आर्थिक वर्षमा ५ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । तर ४६ हजार ६ सय १५ क्विन्टल मात्रै धान खरिद गर्न सकेको हो । नेपाल सरकारले निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्य पाएर किसानले सरकारीभन्दा निजी क्षेत्रको धान खरिद गर्नेलाई धान बेचेकाले लक्ष्य प्राप्ति हुन नसकेको राईले बताए । कम्पनीले ११ वटा शाखाबाट पछिल्लो पटक ४६ हजार ६ सय १५ क्विन्टल धान खरिद गरेको छ । यो वर्ष खाद्यले देशभरका ११ वटा जिल्लास्थित शाखा कार्यालयबाट धान खरिद गरेको हो । झापाको बिर्तामोड, मोरङको विराटनगर, सिराहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज...
सहसचिवमा सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय
प्रशासन, समाचार

सहसचिवमा सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय

नेपालअखबार, काठमाडौँ । शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले अधिकांश सहसचिवबिच सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय हुने गरेको छ । आफूसँग भएको क्षमता र राज्य शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय पर्ने गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश सहसचिवको सरुवाको पहिलो रोजाइ गृह, अर्थ मन्त्रालय र त्यसपछि उद्योग मन्त्रालय हुने गरेको छ । मन्त्रालयको प्रशासन शाखाका प्रमुख भोजराज घिमिरेले सहसचिव सरुवाको माग गर्न आउँदा गृह र अर्थ मन्त्रालय नै माग्ने गरेको बताए । उनले गृह, अर्थ र उद्योगबाहेकका मन्त्रालय खासै रोजाइमा नपर्ने बताए । उनले भने, “क्षमताको राम्रो अभ्यास गर्न पाइने भएकाले अन्यभन्दा ती तीन मन्त्रालय सहसचिवको रोजाइमा पर्ने गरेको हो ।” उनका अनुसार कर्मचारीको मानसिकता सेवा अवधिमा कम्तीमा एक पटक प्रमुख जिल्ला अधिकारीको अन...
रोकिएन लापसे गरी गाडी चलाउने क्रम, नागढुंगाबाट ७ चालक पक्राउ
प्रशासन, समाचार

रोकिएन लापसे गरी गाडी चलाउने क्रम, नागढुंगाबाट ७ चालक पक्राउ

नेपालअखबार, काठमाडाैं । ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने चालक पक्राउ पर्ने क्रम जारी रहेको बताउँछन्। ‘यसरी सवारी चालउँदा आफू त जोखिममा पर्छन् नै उनीहरुका कारण यात्रु पनि जोखिममा पर्ने हुन्छ,’ भट्टले भने, ‘गाडी चलाउँदा मापसे, लापसे वा अन्य कुनै पनि नशालु पदार्थ लिनुहुन्न भन्ने सन्देश पुगेर पनि यो क्रम रोकिएको छैन।’ लामो समयदेखि जाँच अभियान तीव्र पारिए पनि नशाको तालमा गाडी चलाउन नरोकिनु दुःखद् विषय भएको प्रहरीको भनाइ छ। काठमाडौँको नागढुङ्गामा गरिएको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सव...