Thursday, August 6

प्रशासन

छामछुमकै भरमा ‘सवारी पास’
पत्रपत्रिका, प्रशासन, समाचार

छामछुमकै भरमा ‘सवारी पास’

नेपालअखबार, काठमाडौँ । सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै काठमाडौँको टेकुस्थित सवारी परीक्षण कार्यालयमा मात्रै भेहिकल फिटनेस टेस्ट लेन छ । कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसालका अनुसार २०७८ सम्म भेहिकल फिटनेस टेस्ट लेन बिग्रिएर थन्किएको थियो । उनले भने “भेहिकल फिटनेस टेस्ट लेन त्यस्तो मेसिन हो, जसले कुनै पनि सवारीसाधनको परीक्षण गर्दा सवारीको अवस्था कस्तो छ भन्ने प्रस्ट खुल्छ । यसबाट राम्ररी काम लिने हो भने सवारीसाधनको अवस्था बिग्रिएर हुने ८० प्रतिशत दुर्घटना चाहिँ रोक्न सकिन्छ ।” यातायात मन्त्रालय ...
राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने
प्रशासन, समाचार

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने

नेपालअखबार, काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो । मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ । आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन । सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष-विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ । आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, शिक्षक, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्ष...
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
प्रशासन, समाचार, स्वास्थ्य

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

नेपालअखबार, पर्सा । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो । सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए । उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् । संयोजक यादवले गत...
मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू
प्रशासन, समाचार

मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म अचचार संहिता जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन । आचारसंहिताले कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा शेयर गर्न समेत हुँदैन । केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधान प्रयोग गर्न पाउने छैनन् ।...
माघ १ गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : मन्त्री यादव
प्रशासन, समाचार

माघ १ गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : मन्त्री यादव

नेपालअखबार, काठमाडौँ ।  खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ ।” उनले लक्ष्यभन्दा पहिले नै  सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने दाबी गरे । काठमाडौँका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत गर्न र खानेपानी मिटर जडान गर्न निर्देशन दिए । त्यस अवसरमा मेलम्ची खानेपानीको आपूर्ति निर्वाधरूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको थियो । मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँका...
ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी
अर्थ, प्रशासन, समाचार

ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी

नेपालअखबार, काठमाडौं  । उद्योग,  वाणिज्य  तथा  आपूर्तिमन्त्री  रमेश  रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई  समयसापेक्ष  पूर्वाधार  विकास  गर्न  प्रतिबद्ध  रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको आपूूर्ति सहज बनाई राष्ट्रिय विपत्  जस्ता  समस्यामा  पनि  निगमले  सामाजिक  उत्तरदायित्व जिम्मेवारी अन्तर्गत सहयोग उपलब्ध गराएको बताएका हुन् । निगमले  पछिल्लो  समयमा  करिब  ५०  अर्ब  ऋण  चुक्ता  गरी  नाफा  आर्जन  गर्न  सफल  भएको  भन्दै  मन्त्री  रिजालले  विस्तारै  परम्परागत  कामभन्दा  समय  सुहाउँदो  नवप्रवर्धनका  काममा  लाग्नुुपर्ने बताए । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको ड्रिलिङ कार्यलाई निरन्तरता दिन समन्वय गरिरहेको मन्त्री रिजालले जानकारी दिए । “भविष्यमा  पेट्रोलियम  पदार्थमाथिको  निर्भरतालाई  केही  हदसम...
सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय
प्रशासन, समाचार

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

नेपालअखबार, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ । यसअघि गत पुस १३ गते  न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार बुधबारका लागि सवाजय निर्धारणका लागि पेसी तोकिएअनुसार ८ वर्ष कैद सजाय र जरिवानाको फैसला भएको हो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचार...
राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरिंदै
प्रशासन, राजनीति, समाचार

राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरिंदै

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज जाँचबुझ गरिंदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको आज र भोलि बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।...
आज बलात्कार मुद्दामा दोषी ठहर सन्दीपलाई सजाय तोक्न पेसी
प्रशासन, समाचार

आज बलात्कार मुद्दामा दोषी ठहर सन्दीपलाई सजाय तोक्न पेसी

नेपालअखबार, काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । यता लामिछाने जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताउँदै आएका छन् ।...
रूस जाने तयारीमा परराष्ट्रमन्त्री
प्रशासन, राजनीति, समाचार

रूस जाने तयारीमा परराष्ट्रमन्त्री

नेपालअखबार, काठमाडाैं। रूसी सेनामा भर्ना भएका नेपालीहरूको अवस्थाबारे बुझ्न परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन्। उनले आफ्नो भ्रमणबारे सबै तयारी पूरा गर्न रूसस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दियो। ‘कुन दिन जाने भन्ने ठ्याक्कै तय भएको छैन,’ स्रोतले भन्यो,‘केही दिनमै रूस जानेगरी मन्त्रीज्यूले तयारी गरिरहनुभएको छ।’ रूसी सेनामा भर्ना भएकामध्ये १० जनाको मृत्यु भइसकेको छ। मंगलबार कञ्चनपुरमा कृष्णपुर नगरपालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्दै परराष्ट्रमन्त्री साउदले रूसी सेनामा भर्ना भएका र उद्धार गरिदिनुपर्‍यो भनेर ११५ जनाको आवेदन आइसकेको जानकारी गराएका छन्। उनले २ सयभन्दा धेरै नेपाली रूस गरेको हुन सक्ने अनुमान आफूहरूले गरेको पनि बताएका छन्। उनले जोखिमपूर्ण ठाउँमा नेपाली पठाउने नेपाल सरकार...