Saturday, October 10

प्रशासन

भूमिहीनलाई लालपुर्जा दिने प्रक्रिया सुरू, धमाधम हुँदैछ जग्गा नापजाँच
प्रशासन, समाचार, समाज

भूमिहीनलाई लालपुर्जा दिने प्रक्रिया सुरू, धमाधम हुँदैछ जग्गा नापजाँच

नेपालअखबार, उदयपुर। उदयपुरको कटारी  नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ। राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित ढङ्गले बसोबास गरेकाहरूलाई  नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान हुने अध्यक्ष तामाङले बताए। यसपटक कटारी नगरभित्रका सबै वडाको जग्गा नापी गरिने नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। नापी सुरु भएपछि भूमिहीनहरूमा पुनः उत्साह थपिएको छ। ‘नापीको काम सुरु भएको छ यसपटक समस्या समाधान हुने आशामा छौँ,’ भूमि अधिकारमञ्च कटारीका अध्यक्ष बालकृष्ण थापाले भने। कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले नगरभित्र जग्गा नापीको काम सुरु भएकाले अव भने भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थितले लालपुर्जा पाउने गरी काम अघि बढेको बताए। उदयपुरमा कटारीब...
वाइडबडी खरिद प्रकरणमा अख्तियारले बोलायो ३ विदेशी कम्पनी
प्रशासन, समाचार

वाइडबडी खरिद प्रकरणमा अख्तियारले बोलायो ३ विदेशी कम्पनी

नेपालअखबार, काठमाडौं । वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४३ अनुसार नेपाल वायु सेवा निगमको ए–३३०–२०० विमान खरिदमा भएको भ्रष्टाचारको अनुसन्धानका लागि उनीहरूलाई सूचना प्रकाशित भएको १५ दिनभित्र राहदानीसहित हाजिर हुन निर्देशन गरिएको छ । ‘हालैको तस्बिरसहित कोठा नं. १०८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल कार्यालयमा व्यक्तिगत रूपमा हाजिर हुनुपर्ने जानकारी गराइन्छ, सूचनामा भनिएको छ, ‘यस सूच...
नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान
प्रशासन, समाचार

नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान

नेपालअखबार, काठमाडौँ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरिएको हो । पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने निर्देशनालयले जनाएको छ ।...
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
प्रशासन, समाचार

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो । आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ । यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहर...
भारतले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने
अर्थ, प्रशासन, समाचार

भारतले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने

नेपालअखबार, काठमाडौँ । भारत सरकारले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने भएको छ । हाल ६३० मेगावाटभन्दा बढी बिजुली किनिरहेको भारतले थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो । भारत सरकारले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम न्यूएजले उल्लेख गरेको छ । समाचारमा भारत सरकारले नेपालबाट राष्ट्रिय ग्रीडको प्रयोग गरेर सिधा खरिद गर्नेछ । यससँगै भारततर्फ नेपालबाट भारतले कूल ६७० मेगावाट बिजुली किन्नेछ । नेपालबाट थप ४० मेगावाट नवीकरणीय ऊर्जा किन्ने निर्णयसँगै भारत सरकारले प्राकृतिक ग्यास खरिदलाई समेत स्वीकृत गरेको समाचारमा उल्लेख छ ।...
कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क?
प्रशासन, समाचार, समाज

कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क?

नेपालअखबार, बागलुङ। बागलुङबजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ। बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ। बसपार्क निर्माण भएको दुई वर्ष पूरा भइसक्दा पनि बसपार्क कहिले सञ्चालनमा आउँछ भन्ने पत्तो छैन। नगर विकास कोषबाट करोडौँ ऋण लिएर बसपार्क निर्माण गरिएको थियो।अहिलेसम्म उक्त ऋण चुत्ता भइसकेको छैन। नगरपालिकाले हरेक वर्ष करिब ६० लाख भुक्तानी गर्दै आएको छ। निर्माणसम्पन्न भएको बसपार्क वर्षौंसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ। बसपार्क सञ्चालनमा नआउँदा एकातिर बजारमा यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको छभने अर्कोतिर बसपार्क प्रयोगबिना नै भत्किने जोखिम बढेको छ। पाँच वर्षअगाडि ठेक्कामा गएको बसपार्क विसं २०७८ मा निर्माण सम्पन्न भएको थियो। पाँच दशमलव पाँच प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्ने गरी नगर विकास ...
प्रदेशले दबाब बढाएपछि विधेयकको मस्यौदा पठाउन सबै मन्त्रालयलाई कानुन मन्त्रालयको ताकेता
प्रशासन, समाचार

प्रदेशले दबाब बढाएपछि विधेयकको मस्यौदा पठाउन सबै मन्त्रालयलाई कानुन मन्त्रालयको ताकेता

नेपालअखबार, काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधान बमोजिम बनाउन बाँकी आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुनहरूको विधेयक मस्यौदा प्राथमिकता क्रम निर्धारण गरेर पठाउन मन्त्रालयहरूलाई आग्रह गरेको छ । प्रदेश सरकारले कानुन हस्तान्तरणका लागि दबाब बढाइरहेका बेला मन्त्रालयले मस्यौदा सूची पठाउन ताकेता गरेको हो । कानुन मन्त्री धनराज गुरुङले मंगलबार मन्त्रलायहरुलाई पत्राचार गर्दै संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ तथा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० ले समेत संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनको पहिचान गरी त्यस्ता कानुन निर्माणको प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई सिफारिस गरेको स्मरण गराएका छन् । साथै उनले आगामी संसद्को अधिवेशनमा पेस गरिने विधेयक प्राथमिकताको सुची एकीकृत रूपमा तयार गरी उक्त सूची संघीय सं...
टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज सुनुवाइ
प्रशासन, समाचार

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज सुनुवाइ

नेपालअखबार, काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।...
पाँच कम्पनी कालोसूचीमा
प्रशासन, समाचार

पाँच कम्पनी कालोसूचीमा

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । एउटा कम्पनी तीन वर्षसम्मका लागि, एउटा दुई वर्षसम्मका लागि र अरु तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी पुतलीसडक तीन वर्षसम्म कालोसूचीमा परेको छ । भारत कन्सट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, मैनाचुली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति मदन कुमार अधिकारी र सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति दिपेन्द्रबहादुर शाही छन् । यसैगरी मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वर दुई वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा/हेना/सुनामी जेभी विदुर–७ नुवाकोट एक वर्षसम्म क...
वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !
अर्थ, प्रशासन, समाचार

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

नेपालअखबार, काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहेको स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर ल्याइएका ३ सय ट्रक सुपारी, १० कन्टेनर रक्सी, ठुलो परिमाणका छोकडा, मरिचलगायतका मालसामानहरू गोप्य रूपमा राखिएका छन् । सेटिङकर्ताहरूले अर्बौँ रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर राजस्व नै नतिरी बाहिर निकाल्ने प्रपञ्च गरिरहेको र त्यसो भएमा राज्य कोषमा करोडौंको राजस्व गुम्ने छ । ती सामानहरू भन्सारमा रहेका तीनवटा च्यानलमध्ये रेड (रातो) च्यानलबाट बाहिर ननिकाली ग्रीन (हरियो) तथा यल्लो (पहेलो) च्यानलबाट बाहिर निकाल्ने प्रयास भइरहेक...