Saturday, September 5

प्रशासन

नेपाली सेनामा खुल्यो साढे ३ हजार जनालाई जागिर
प्रशासन, समाचार

नेपाली सेनामा खुल्यो साढे ३ हजार जनालाई जागिर

नेपालअखबार, काठमाडाैं। नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ। सेनाले सूचना प्रकाशन गर्दै सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी मागेको हो। देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ। सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने  वा उम्मेदवार स्वयंम भर्ना केन्द्रमा उपस्थित भई फाराम भर्ने र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्नेछ।...
श्री एअरलाईन्सले पायो काठमाडौँ–सुर्खेतका लागि उडान अनुमति
प्रशासन, समाचार

श्री एअरलाईन्सले पायो काठमाडौँ–सुर्खेतका लागि उडान अनुमति

नेपालअखबार, सुर्खेत । श्री एअरलाईन्सले काठमाडौँ–सुर्खेतका लागि उडानको अनुमति पाएको छ । सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुङ्गेलले श्री एअरलाईन्सले बिहीबार उडानको अनुमति पाएको रातोपाटीलाई जानकारी दिए । सुर्खेतका लागि श्री एअरलाईन्सले बुद्ध एअरभन्दा पहिला नै परीक्षण उडान गरेको थियो । यद्यपि उडान अनुमति भने पाएको थिएन । ‘अनुमति पाएर पनि अब अर्को हप्तादेखि उडान गर्छु भनेर उहाँहरूले भनिरहनुभएको छ,’ ढुङ्गेलले भने, ‘यहाँ अफिस सेटअप गर्दै हुनुहुन्छ । कतिखेर राख्ने भन्ने कुरा पनि अहिले भएको छैन ।’ ७८ सिटे उक्त जहाज सुर्खेत आउने–जाने गरेसँगै सुर्खेत–काठमाडौँको भाडामा केही सस्तो पर्ने अपेक्षा गरिएको छ । उक्त जहाजका लागि सुर्खेत विमानस्थलमा भने फुल क्यापेसिटी छैन । ढुङ्गेलका अनुसार रनवे अलि सानो भएकाले समस्या चाहिँ छ । सुर्खेत विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले १ हजार २५५ मिटरको छ ।...
सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, सबैभन्दा धेरै आयकर तिर्ने टेलिकम
अर्थ, प्रशासन, समाचार

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, सबैभन्दा धेरै आयकर तिर्ने टेलिकम

नेपालअखबार, काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सम्मान गरिएका करदाता कम्पनीहरू : सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) निर्यात कारोबार : डाबर नेपाल प्रालि विषेश उद्योग : एसियन पेन्ट्स कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पर्यटन : मनोकामना दर्शन प्रालि वस्तु व्यापार : भाटभटे...
बारामा मेला दुई पक्षबिच विवाद हुँदै झडप, प्रहरीले भीडलाई तितरबितर पार्न हवाई फायर
प्रशासन, समाचार, समाज

बारामा मेला दुई पक्षबिच विवाद हुँदै झडप, प्रहरीले भीडलाई तितरबितर पार्न हवाई फायर

नेपालअखबार, बारा । बारा जिल्लामा मेला लगाउने विषयमा दुई पक्षबिच विवाद हुँदै झडप भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न हवाई फायर गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले सोमबार राति ८ राउन्ड गोली फायर गरेको हो । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार राति करिब १० बजे जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीमा झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबिच विवाद भएको थियो । यस क्रममा ढुंगामुढा हानाहान तथा झडप समेत हुँदा उक्त स्थानमा तत्काल प्रहरी टोली खटाउँदा अवस्था तनावग्रस्त रहेको र केही व्यक्ति घाइते समेत भएकाले झडपलाई सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर बनाइएको थियो । त्यसको केही समयपछि करिब ११ः४५ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाईफायर गर...
सबै अदालतलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन
प्रशासन, समाचार

सबै अदालतलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन

नेपालअखबार, काठमाडाैं। राष्ट्रिय सूचना आयोगले हरेक तीन–तीन महिनामा सार्वजनिक गर्नुपर्ने सूचना देशभरका अदालतलाई प्रकाशन गर्न र सूचना अधिकारी तोक्न निर्देशन दिएको छ। आयोगको गत कात्तिक २४ गतेको बैठकले प्रत्येक तीन–तीन महिनामा गर्नु पर्ने स्वतः प्रकाशन गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमार्फत सबै अदालतलाई सूचनाको हकसम्नधी ऐनअनुसार उक्त निर्देशन दिएको हो । आयोगले सूचना अधिकारी तोक्न वा स्वतः प्रकाशन हुन बाँकी रहेका सूचना सार्वजनिक गर्न, अदालतहरुमा सूचना अधिकारी तोकी निजको नाम र सम्पर्क नम्बर तथा इमेल सार्वजनिक गर्न निर्देशन दिएको हो। हालै सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको सम्मेलनका क्रममा कतिपय अदालतमा कानुन बमोजिम तोकिनुपर्ने सूचना अधिकारी नतोकिएको र स्वतः प्रकाशन गर्नपर्ने सूचना सार्वजनिक नभएपछि  आयोगले उक्त निर्देशन दिएको हो।...
मंसिर १ गतेदेखि फेरिने भयो जयनगरबाट बिजलपुरासम्म चल्ने रेलको समय तालिका
प्रशासन, समाचार, समाज

मंसिर १ गतेदेखि फेरिने भयो जयनगरबाट बिजलपुरासम्म चल्ने रेलको समय तालिका

नेपालअखबार ,जयनगर। नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ। भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए। मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको उनको भनाइ छ। दैनिक आउजाउ गरी छपटक सञ्चालन भइरहेको रेल भङ्गाहा (बिजलपुरा)–जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ। जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ। ‘चिसो मौसमका कारण यात्रुको सुविधा र स्वास्थ्यलाई मध्यनजर गरी समय मात्र परिवर्तन गरिएको छ,’ महाप्रबन्धक झाले भने। परिवर्तन गरिएको नयाँ तालिकाअनुसार रेल से...
कोरला नाकामा अस्थायी संरचना तयार
प्रशासन, समाचार, समाज

कोरला नाकामा अस्थायी संरचना तयार

नेपालअखबार, मुस्ताङ । चार वर्षपछि पुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ। लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीनले  दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरूले २० फिट लम्बाइ र दश फिुट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको जानकारी दिए। ‘कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन्। नेपालमा थिएन। चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो,’ उनले भने, ‘चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन्।’ चीनल...
पोखराबाट  २ लाखको पटका बरामद
प्रशासन, समाचार

पोखराबाट २ लाखको पटका बरामद

नेपालअखबार, पोखरा । पोखरामा टिकटकमा बसेर पटकाको मार्केटिङ गरेको थाहा पाएपछि कास्की प्रहरीले ठुलो परिमाणमा पटका तथा आतिसबाजी बरामद गरेको छ । पोखराका विभिन्न ठाउँबाट पटका, आतिसबाजी र खुर्सानी बमहरू बरामद भएको हो । आतिसबाजी ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा बरामद भएको छ । यस्तै, आलु बम २५ वटा, बुलेट बम ३ वटा, सोली बम ५ वटा, झिरझिरे ८० वटा, एटम बम १४ वटा, डवल बम १० वटा समातिएको छ । गमला बम १७ वटा, चक्र बम २५ वटा, खुर्सानी बमको ९८ सेट, सानो पटका ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । उता ठाउँ ठाउँमा खेलाइएको लङ्गुर बुर्जा उर्फ खोरखोरे पनि बरामद भएको छ । खोरखोरेका ३०५ वटा गोटी, बाल्टी, जग, म्याट लगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । २ लाख भन्...
जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै
प्रशासन, समाचार, समाज

जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै

नेपालअखबार,धनुषा । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरू हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रेलमार्ग निर्माण हुन लागेको छ। रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली आगामी मङ्सिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ। विभागले भङ्गहा (विजलपुरा)–बर्दिबास रेलमार्ग उपखण्ड एवं पूर्वपश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो।मङ्सिर १५ गतेपछि बालीनाली लगाएमा किसानलाई त्यसको क्षतिपूर्ति नदिने विभागले जनाएको छ। भारतको जयनगरबाट महोत्तरीको बर्दिबासम्म रेल सञ...
अपांगमैत्री सडक बनाउँदै खैरहनी नगरपालिका
प्रशासन, समाचार, समाज

अपांगमैत्री सडक बनाउँदै खैरहनी नगरपालिका

नेपालअखबार, खैरहनी। पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपांगमैत्री बनाउन थालेको छ। नगरपालिकाले शारीरिक रूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो। खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक र चैनपुर चोकबाट माथि लदारी पुलसम्म जाने सडकलाई अपांगमैत्री बनाउन लागेको नगर प्रमुख शशीकुमार खनियाले जानकारी दिएका छन्। ती सडकलाई नगर गौरवका योजनामा समावेश गरेर अपांगमैत्री बनाउन लागेको उनले बताए। नगरपालिकाको क्षेत्राधिकार पर्ने आठ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपांगमैत्री सडक निर्माण गर्ने नगरपालिकाको...