परराष्ट्र मन्त्रालयले चिनियाँ राजदुतसंग लियो स्पष्टीकरण
नेपालअखबार, काठमाडौं । कूटनीतिक मर्यादा विपरीत सार्वजनिक रुपमा भाषण गरेका चिनियाँ राजदूत छन् सोङलाई परराष्ट्र मन्त्रालय बोलाएर स्पष्टीकरण लिइएको छ । परराष्ट्र सचिव भरतराज पौडेलले चिनियॉं राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण मांग गरेको परराष्ट्र स्रोतले जनाएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादस्पद् अभिव्यक्ति गत हप्ता दिएका थिए । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कूटनीतिक मर्यादा विपरीत नेपाल–भारतबीचको सम्बन्ध र व्यापारमा खलल पु¥याउनेगरी टिप्पणी गरेका थिए ।
चिनियाँ राजदूतको यस विवादास्पद अभिव्यक्ति पछि उनको चर्को आलोचना भएको थियो । प्रतिनिधि सभा र राष्ट्रीय सभा दुवै सदनमा चिनियाँ राजदूतको अभिव्यक्ति प्रति कडा आलोचना गर्दै सांसदहरूले राजदूतलाई चिन फिर्ता पठाउने मांग सम्म गरेका थिए । यस्तै संसदको अन्तर्राष्ट्रीय स...










