Tuesday, August 11

राजनीति

मधेश प्रदेश सभा बैठक २८ गते बस्ने
राजनीति, समाचार

मधेश प्रदेश सभा बैठक २८ गते बस्ने

नेपालअखबार,काठमाडौँ । मधेश प्रदेशका प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले असोज २८ गतेका लागि प्रदेश सभाको बैठक बोलाएका छन् । असोज २८ गते एक १ बजे प्रदेश सभाको बैठक बस्ने मधेस प्रदेश सभाको सचिवालयले जनाएको छ । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले असोज २८ गते विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री सिंहले राजीनामा नदिए पनि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी अर्को सरकारका लागि ५८ जना प्रदेश सभा सदस्यको नाम प्रदेश प्रमुखलाई बुझाई सकेका छन् । प्रदेश सरकार गठन गर्नका लागि ५४ जना सांसद चाहिन्छन् । सतिश सिंह जनमत पार्टीबाट नै मुख्यमन्त्री बनेका थिए । जेनजी आन्दोलनपछि जनमत पार्टीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो । सो निर्देशनअनुसार फेसबुकबाट उनले राजीनामा घोषणा गरेका थिए । तर पछि उनले फेसबुकको राजीनामा मान्य नहुने भन्दै मुख्यमन्त्रीमा कायम रहेको बताएका थिए...
शशांकले भने देउवालाई तत्काल कार्यवाहक सभापति तोक्नुस्
राजनीति, विचार, समाचार

शशांकले भने देउवालाई तत्काल कार्यवाहक सभापति तोक्नुस्

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए । नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए । मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे । ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस्,’ उनले भने, ‘एक जनालाई कार्यवाहक सभापति दिनुस् । उनले गठन गर्दछन् । र उनले मित...
राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिसँग आज छलफल गर्ने
राजनीति, समाचार

राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिसँग आज छलफल गर्ने

नेपालअखबार,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। शनिबार बिहान १० बजे शीतलनिवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तय भएको स्रोतले जानकारी दिएको छ। जेनजीका एक प्रतिनिधिले पनि छलफलका लागि राष्ट्रपति कार्यालय बोलाइएको जानकारी दिए। उनका अनुसार सुदन गुरूङ लगायत जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू छलफलमा सहभागी हुनेछन्। राष्ट्रपति पौडेलले शुक्रबार सरकार र दलहरूसँग छलफल गरेका थिए। छलफलमा आगामी फागुनमा हुने तय भएको चुनावमा लाग्न आग्रह गरेका थिए। निर्वाचन घोषणा भइसक्दा पनि सरकारले दलहरूसँग संवाद नगरेपछि प्रधानमन्त्रीकै आग्रहमा राष्ट्रपति पौडेलले सरकार र दलहरूबीच संयुक्त रूपमा छलफल गरेका थिए।...
चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
राजनीति, विश्व, समाचार

चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा शतप्रतिशत अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् । ट्रुथ सोसलमा स्टाटस लेखेर ट्रम्पले चिनियाँ वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय नोभेम्बर महिनाको एक तारिखदेखि लागु हुने छ । यो निर्णय लागु गरेर अमेरिकाले अत्यावश्यक सफ्टवेयर निर्यातमा पनि नियन्त्रित गर्ने ट्रम्पले उल्लेख गरेका छन् । यसै हप्ता चीनले दुर्लभ खनिज ‘रेयर अर्थ मेटल’को निर्यातमा कडाइ गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप ट्रम्पले चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाएको बताइएको छ । चीनले दुर्लभ खनिज ‘रेयर अर्थ’ खनिजको निर्यातमा कडाइ गरेपछि ट्रम्पले गत शुक्रबार चीनले ‘शत्रुतापूर्ण रवैया’ अपनाएको र विश्वलाई ‘आफ्नो वशमा राख्ने कोसिस’ गरेको भनेर आलोचना गरेका थिए । विश्...
गाजाबाट आंशिक इजरायली सेना फिर्ता
राजनीति, विश्व, समाचार

गाजाबाट आंशिक इजरायली सेना फिर्ता

नेपालअखबार,काठमाडौं ।  इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौताको घोषणाले गाजाका जनतामा खुशी ल्याएको छ।  यसैबीच इजरायली सेना गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता हुन थालेका छन्। गाजाका बासिन्दाहरूले बीबीसीलाई बताएअनुसार इजरायली सेना गाजा शहरको उत्तरपश्चिमको बाहिरी इलाकाबाट फिर्ता गएका छन्। पूर्वमा रहेको पहेँलो रेखा तिर फर्किएका छन्। इजरायली सेनाले सम्झौताको एक भागको रूपमा यो कदम चालेको हो। तर सम्झौताअन्तर्गत इजरायली सेना फिर्ता हुने धेरै क्षेत्रमा बख्तरबंद सवारी साधन र ट्याङ्कहरू तैनाथ छन्। यसमा दक्षिणी गाजाको खान युनिस र तटीय क्षेत्र पनि समावेश छन्। स्थानीयहरूले शुक्रबार बिहान तटीय क्षेत्रमा तैनाथ ट्याङ्कहरूले गोली चलाएको र सयौँ विस्थापित मानिसलाई रशिद स्ट्रिट हुँदै उत्तरतिर आफ्नो घर फर्कनबाट रोकेको बताएका छन्। युद्धविरामको घोषणा भए पनि शुक्रबार उत्तरी र दक्षिणी गाजाका...
युवा संघको अल्टिमेटम मोटरसाइकल र्‍यालीको अनुमति दिन सरकारलाई
राजनीति, समाचार

युवा संघको अल्टिमेटम मोटरसाइकल र्‍यालीको अनुमति दिन सरकारलाई

नेपालअखबार,काठमाडौं। नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघले २४ घण्टाभित्र मोटरसाइकल र्‍यालीको अनुमति दिन सरकारलाई अल्टिमेटम दिएको छ। युवा संघका अध्यक्ष क्षितिज थेबेले २४ घण्टाभित्र (आगामी आइतबारसम्म) मोटरसाइकल र्‍याली गर्ने अनुमति नदिए सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। मोटरसाइकल र्‍याली आयोजना गर्न काठमाडौं   प्रशासनले रोक  लगाएपछि शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थेबेले यस्तो चेतावनी दिएका हुन्। युवा संघ सडकमा ओर्लिएर आन्दोलित भए सरकारले रोक्न नसक्ने उनको भनाइ छ। युवा संघले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने घोषणा गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले र्‍याली आयोजनाको अनुमति दिएन। र्‍याली रोकेर सरकारले मौलिक हकमा बन्देज लगाएको अध्यक्ष थेबेको भनाइ छ । मोटरसाइकल र्‍याली शान्ति स्थापना र नागरिकको रक्षाका लागि आयोजना गरिएको...
राष्ट्रपतिले सर्वदलीय बैठक प्रधानमन्त्रीसहितको  बोलाए
राजनीति, समाचार

राष्ट्रपतिले सर्वदलीय बैठक प्रधानमन्त्रीसहितको बोलाए

नेपालअखबार,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका हुन् ।भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई  प्रधानमन्त्रीलाई सुझाव दिएका थिए  भने प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।...
प्रहरीबाट लुटिएका हतियार कहाँ छन्, गृहमन्त्रीलाई शतप्रतिशत थाहा छ : महेश बर्तौला
राजनीति, समाचार

प्रहरीबाट लुटिएका हतियार कहाँ छन्, गृहमन्त्रीलाई शतप्रतिशत थाहा छ : महेश बर्तौला

नेपालअखबार, काठमाडौं। नेकपा एमालेका नेता महेश बर्तौलाले जेनजी विद्रोहको क्रममा प्रहरीबाट लुटिएका हतियार कहाँ छ भन्ने बारे अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई शतप्रतिशत थाहा भएको जिकिर गरेका छन् । विहीबार सामाजिक सञ्जालमा एक स्टाटसमा नेता बर्तौलाले गृहमन्त्री अर्यालले आन्दोलनमा घुसपैठको नेतृत्व गरेको आरोप पनि लगाएका छन् । ‘प्रहरीबाट लुटिएका बन्दुक, गोली लगायतका हतियारहरू कहाँ र कोसँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रहेको हुनुपर्दछ’ उनले लेखेका छन्, ‘किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरी शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन् ।’ उनले राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनुपर्ने लेखेका छन् । न...
राजदूत लम्सालले इराकका राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
राजनीति, समाचार

राजदूत लम्सालले इराकका राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

नेपालअखबार,काठमाडौं । इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रत्युत्तरमा इराकी राष्ट्रपतिले राजदूत लम्सालप्रति बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । लम्साल कुवेतका लागि नेपालका आवासीय राजदूत हुन् । उनलाई इराकको पनि गैरआवासीय राजदूतको जिम्मेवारी छ ।...
इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको दाबी
राजनीति, विश्व, समाचार

इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको दाबी

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन् । यसको अर्थ बन्धकहरूलाई चाँडै रिहा हुने उनले उल्लेख गरेका छन् । उनले ऐतिहासिक घटनाको लागि कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू हप्ताको अन्त्यतिर मध्य पूर्वको यात्रा गर्नसक्ने पनि बताएका छन् । इजरायल र हमासले सोमवार इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा गाजा युद्धविरामको बारेमा अप्रत्यक्ष वार्ता सुरु गरेका थिए ।  अक्टोबर ७, २०२३ मा युद्ध सुरु भएदेखि, इजरायली हवाई आक्रमणले गाजा पट्टीलाई तहसनहस भएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार कम्तीमा ६७ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ८ सय ४१ जना घाइते भएका छन् ।...